»
Home
»
Introduction
»
Activities
»
»
»
»
International Links
»
Tax Structures
»
Economic Indicators
»
General Information
»
Business Code of Conduct
»
Publications
»
Photo Gallery
»
Secretariat
»
Downloads
»
Membership
»
Keyword
Category















उद्योग वाणिज्य संघ सुनसरीको ३३ औं वार्षिक साधारण सभा महासंघका अध्यक्ष पाण्डेद्वारा बजेटको प्रभावकारी कार्यान्वयनमा जोड (२०७१/३/३०)


नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष प्रदीपजंग पाण्डेले आयआर्जन, उत्पादन वृद्धि तथा रोजगारी सृजना हुने उद्योग व्यवसायको विकासमा विशेष जोड दिनु भएको छ । महासंघको सदस्य उद्योग वाणिज्य संघ सुनसरीको ३३ औं वार्षिक साधारण सभाको आज धरानमा समुद्घाटन गर्नुहुंदै प्रमुख अतिथि एवं महासंघका अध्यक्ष पाण्डेले मुलुकभित्र उद्योग व्यवसायको विकासमा सरकारले आवश्यक वातावरण निर्माण गरिदिनु पर्ने बताउनु भयो । Discussion Program

मुलुकभित्र आवश्यक वातावरण निर्माण हुन सकेमा उत्पादन वृद्धि, रोजगारी सृजना तथा आयआर्जन बढाउने उद्योग व्यवसायको विस्तार गर्न निजी क्षेत्र तयार रहेको पनि उहांले स्पष्ट पार्नुभयो । अध्यक्ष पाण्डेले सरकारको वार्षिक वजेटमा पूंजीगत खर्चको तुलनामा साधारण खर्च वर्षेनी बढ्दै जानु चिन्ताको विषय हो भन्नु भयो । उहांले विकास वजेट वढाउंदै जानु पर्नेमा जोड दिंदै यस वर्षको सरकारको बजेटले निजी क्षेत्रले दिएका सुझावहरु धेरैहदसम्म समेटेकोमा त्यसको स्वागत गर्नुभयो । वजेटको प्रस्वावनामानै अर्थतन्त्रमा निजी क्षेत्रको दरिलो उपस्थिति भनि निजी क्षेत्रको महत्वलाई बोध गरि विशेष संवोधन भएकोमा स्वागत गर्नुहुंदै अध्यक्ष पाण्डेले वजेटको प्रभावकारी कार्यान्वयनमा निजी क्षेत्रलाई साथ लिएर जान आग्रह समेत गर्नुभयो ।

निजी क्षेत्रले लामो समयदेखि माग गर्दै आएका र संसदमा थन्किएर रहेका केही विधेयकहरु जस्तो औद्योगिक व्यवसाय ऐन, सेज ऐन, एण्टी डम्पिड ऐन, विद्युत ऐन आदि सरकारले छिटो ल्याउने प्रतिवद्धता गरेकोमा त्यसको प्रशंसा समेत गर्नुभयो । प्रमुख अतिथि अध्यक्ष पाण्डेले आफ्नो नेतृत्वले महासंघका सवै सदस्यहरुलाई एक साथ अगाडी लैजाने विश्वास दिलाउनुहुंदै निजी क्षेत्रका उद्यमी व्यवसायीहरुले स्थानीयतहमा भोगिरहेका समस्या एवं गुनासाहरुलाई महासंघले यथाशीघ्र संवोधन गर्ने प्रतिवद्धता जनाउनु भयो ।

महासंघका उपाध्यक्ष किशोर प्रधानले एक जिल्ला एक उत्पादन, एक गाउं एक उत्पादनमा सरकारसंग सहकार्य गर्न पाएकोमा खुशी प्रकट गर्नुहुंदै आगामी दिनमा महासंघले सरकारसंग वनजन्य क्षेत्रमा सहकार्य गर्न चाहेको प्रस्ताव राख्नु भयो । उपाध्यक्ष प्रधानले स्थानीय क्षेत्रमा रहेका सम्भाव्यताको पहिचान गरि आवश्यक कार्यक्रम ल्याउन सदस्य संघहरुलाई आग्रह पनि गर्नुभयो । दीगो र भरपर्दो परियोजना आउन सकेमा लगानीको लागि महासंघले पहल गर्ने उहांले वताउनु भयो । स्थानीय क्षेत्रको आर्थिक विकासका लागि नेतृत्व लिन सदस्य उद्योग वाणिज्य संघहरुलाई आग्रह पनि गर्नुभयो ।

उद्योग वाणिज्य संघ सुनसरीका अध्यक्ष सरोज श्रेष्ठको अध्यक्षतामा सम्पन्न वार्षिक साधारण सभाको समुद्घाटन कार्यक्रममा स्थानीय निकायका पदाधिकारीहरु, विभिन्न उद्योग वाणिज्य संघका पदाधिकारीहरु, राजनीतिक दलका स्थानीय प्रतिनिधिहरु, संघका पदाधिकारी लगायतले वार्षिक साधारण सभाको सफलताको कामना गर्नु भएको थियो ।

 © Copyright 2005-2014. All Rights Reserved. FNCCI.
Best Viewed in 1024 x 768.