»
Home
»
Introduction
»
Activities
»
»
»
»
International Links
»
Tax Structures
»
Economic Indicators
»
General Information
»
Business Code of Conduct
»
Publications
»
Photo Gallery
»
Secretariat
»
Downloads
»
Membership
»
Keyword
Category















नेपाल भारत बीचको विद्युत व्यापार संझौता (पिटिए) नेपालका लागि आवश्यक - नेउवामहासंघ (२०७१/४/९)


बहुप्रतिक्षित नेपाल भारत बीचको विद्युत व्यापार संझौता (पिटिए) लाई लिएर बाहिर आएका विभिन्न टिकाटिप्पणी प्रति नेपाल उद्योग वाणिज्य महासंघको ध्यानाकर्षण भएको छ ।

पर्याप्त सम्भाव्यताका बीच पनि चर्को विद्युत अभाव झेलिरहेको नेपालका लागि विद्युत विकास अपरिहार्य हो भन्ने महासंघको धारणा छ । उपभोग नभै वर्षौदेखि त्यसै खेर गैरहेको जलश्रोतको उपयोग गरि मुलुकको विकास अगाडी बढाउनै पर्दछ । यस क्षेत्रको विकासका लागि सवै प्रकारका लगानी र सवै वजार संरचना हेरिनु र प्रयोग गरिनु पर्दछ भन्ने विश्वास यस महासंघको छ । आफूलाई आवश्यक परेका वेलामा विदेशबाट वस्तु वा सेवा आयात गर्ने र मुलुकभित्र प्रयोग हुने भन्दा बढी वस्तु र सेवा भए निर्यात गर्ने कुरा अन्तराष्ट्रिय व्यापारको आधारनै हो । नेपालको विद्युत क्षेत्र पनि यहि दायरामा पर्नु पर्दछ । नेपालले आयात गर्नुपर्दा श्रोत र निर्यात गर्नुपर्दा बजार हुन सक्ने प्रमुख मुलुक भनेको भारतनै हो । नेपालमा जलविद्युत क्षेत्रको विकासका लागि भारतसंगै सम्झौता हुनु पर्दछ भन्ने मान्यता यस महासंघले राख्दै आएको प्रष्ट पार्दछौं ।

उर्जा अभावका कारण आम नागरिकले पाउन नसकेको सुख सुविधा देखि लिएर नेपालले औद्योगिक विकासमा भोग्नु परेको समस्या र त्यसबाट बढ्दै गएको पछौटेपना र परनिर्भरता सवैका सामुन्ने छर्लंङ छ । नेपालकै उर्जा आवश्यकता पुरा गर्न र अर्वौ लगानीका नयां परियोजना अगाडी बढाउन वहुप्रतिक्षित नेपाल भारत बीचको विद्युत व्यापार सम्झौतालाई दुवै पक्षको हितलाई केन्द्र विन्दुमा राखेर अगाडी बढाउनु पर्ने महासंघको धारणा छ ।

प्रस्तावित सम्झौताको तथाकथित मस्यौदालाई लिएर विभिन्न टिकाटिप्पणी भएका छन् । सम्झौताका वुंदाहरुमा छलफल र वहस हुनु स्वभाविक भएपनि विद्युत व्यापार सम्झौताकै विरुद्धमा जनमत खडा गर्न खोजिनु हुंदैन भन्ने हाम्रो मान्यता छ । सम्झौताको मस्यौदामा नेपालको अहितका वुंदाहरु भए त्यसलाई सच्याउनु पर्दछ र यथाशक्य चांडो यस्तो सम्झौता हुनु पर्दछ भन्ने मान्यता यस महासंघको रहेको छ ।

 © Copyright 2005-2014. All Rights Reserved. FNCCI.
Best Viewed in 1024 x 768.