»
Home
»
Introduction
»
Activities
»
»
»
»
International Links
»
Tax Structures
»
Economic Indicators
»
General Information
»
Business Code of Conduct
»
Publications
»
Photo Gallery
»
Secretariat
»
Downloads
»
Membership
»
Keyword
Category















मित्रराष्ट्र भारतका महामहिम प्रधानमन्त्री श्री नरेन्द्र मोदीको नेपाल भ्रमणबाट नेपाली निजी क्षेत्र उत्साहित (२०७१/४/२०)


मित्रराष्ट्र भारतका महामहिम प्रधानमन्त्री श्री नरेन्द्र मोदीले यही साउन १८ र १९ गते दुई दिन गर्नु भएको नेपालको औपचारिक भ्रमणलाई नेपाल उद्योग वाणिज्य महासंघले दुई देश बीचको आर्थिक, व्यावसायिक, सामाजिक सांस्कृतिक सम्बन्धलाई नयां अध्यायतर्फ लैजाने एक प्रमुख प्रस्थान विन्दू (turning Point) को रुपमा लिंदै भ्रमण सफल भएको र यसले दुई देशको सम्बन्धमा निश्चित कार्यदिशा दिन सफल भएको विश्लेषण गरेको छ । महासंघले यस भ्रमणलाई ऐतिहासिक भ्रमणको रुपमा लिएको छ । भ्रमणका क्रममा दुई देश बीचको आर्थिक, सामाजिक, सांस्कृतिक, राजनीतिक सम्बन्धलाई प्रगाढ वनाउन तथा नेपालको सवै प्रकारको विकास प्रयासलाई सघाउने महामहिम भारतीय प्रधानमन्त्रीको प्रतिवद्धताको महासंघ हार्दिक स्वागत गर्दछ ।

आफ्नो भ्रमण पुरा गरि स्वदेश फर्कनु केही घण्टा अगाडी साउन १९ गते सोमवार नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष श्री प्रदीपजंग पाण्डेको नेतृत्वमा महासंघ सहित विभिन्न व्यवसायिक संघ संस्थाका पदाधिकारी सम्मिलित नेपाली निजी क्षेत्रको टोलीसंग करिव आधाघण्टा होटल हायातमा गर्नुभएको भेटघाट र सोक्रममा नेपालको आर्थिक विकासमा आफ्नो देशका तर्फबाट सक्दो सहयोग गर्ने भनि प्रधानमन्त्रीको प्रतिवद्धताको महासंघ स्वागत गर्दछ । यसले नेपाली निजी क्षेत्रलाई थप उत्साहित समेत बनाएको छ । नेपालको हालको चरम उर्जा संकट समाधान गरि भविष्यमा उर्जालाई नेपालको आर्थिक विकासको आधार वनाउन दुई देश बीचको व्यापार घाटा कम गर्न र नेपालका सम्भावनायुक्त क्षेत्रमा भारतीय लगानी भित्रयाउन आफूले पहल गर्ने भनि भारतीय प्रधानमन्त्रीले नेपाली निजी क्षेत्रलाई दिनु भएको आश्वासनलाई महासंघले अत्यन्त महत्वपूर्ण रुपमा लिएको र नेपालको विकासमा यसले दूरगामी महत्व राख्ने ठहर महासंघको छ । उक्त भेटमा निजी क्षेत्रको तर्फबाट व्यापार, पारवहन, विद्युत विकास, अन्तरदेशिय प्रशारण लाइन, पूर्वाधार विकास, कृषि, यूवा, महिला उद्यमी विकास जस्ता महत्वपूर्ण विषयमा आपसी सहयोगका मुद्दाहरु उठाइएको थियो ।

नेपालको संविधान सभालाई पहिलो विदेशी सरकार प्रमुखको रुपमा गत आइतवार ४५ मिनेट लामो संवोधन गर्ने क्रममा महामहिम भारतीय प्रधानमन्त्री मोदीले नेपालको जलश्रोत, पर्यटन, जडीवूटी तथा अर्गानिक कृषि, नेपाल र भारत बीच जोड्ने महाकाली पुल निर्माण, उर्जा लगायतमा सहयोग गर्ने प्रतिवद्धता जनाउनु नेपालका लागि अत्यन्त सुखद हो । नेपाली निजी क्षेत्रको प्रतिनिधिमुलक संस्था महासंघले महाकाली पुल निर्माणको माग वर्षौदेखि उठाउंदै आएको स्मरण गराउंदै यसले साकार रुप लिएमा समग्र सुदूरपश्चिमाञ्चलको आर्थिक रुपान्तरण हुने हाम्रो विश्वास छ । भारतीय महामहिम प्रधानमन्त्री मोदीले नेपाल र भारत दुवै देशलाई समृद्ध पार्न र आपसी सम्बन्ध प्रगाढ पार्न ल्याउनु भएको HIT (Highway, Information Way, Transmission Way) र फो–सी (Cooperation, Communication, Constitution, Cultural)को शुत्र कार्यान्वयन हुनेमा नेपाली निजी क्षेत्रले विश्वास लिएको छ । साथै महामहिम प्रधानमन्त्रीबाट संघीय गणतान्त्रिक नेपालको संविधान निर्धारित समयभित्रै जारी गर्न संविधानसभा सफलभई अस्त्रबाट शास्त्रमा कसरी रुपान्तरण हुन सकिंदो रहेछ भन्ने वलियो संदेश विश्वलाई दिन नेपाल सफल हुनेमा आफू र आफ्नो देश विश्वस्त रहेको भन्ने भनाईको महासंघ ह्रदयदेखिनै स्वागत गर्दछ ।

भ्रमणक्रममा, निजी क्षेत्रले विभिन्न समयमा उठान गर्दै आएको द्विपक्षीय व्यापारसंग सम्बन्धित मुद्धाहरु रेलसेवा र अन्य सवारी साधनको आवतजावत, अतिरिक्त वन्दरगाह प्रयोग जस्ता विषयमा एलओई(लेटर अफ एक्सचेन्ज) अनुमोदन, प्रयोगका लागि सम्झौता भइसकेका पांचवटा सीमा क्षेत्रमा अन्तरदेशिय रेल संचालन, एकिकृत भंसार जांच चौकीमा रेल पुर्‍याउने, नेपालको आग्रह अनुसार भारतीय पक्षबाट पहिलो चरणमा रक्सौल अमलेखगन्ज पेट्रोलियम पाइपलाइन निर्माण, दोश्रो चरणमा काठमाडौंसम्म पाइप लाइन विस्तार, भारतमा नेपाली वस्तुको आयात निर्यातको ट्रान्शसिपमेन्ट, पांच सिमा विन्दूहरुमा अन्तरदेशीय रेल्वे, हालसम्म प्रारंभिक सहमती भैसकेका लेटर अफ ऐक्सचेन्ज चांडो टुंगयाउने प्रतिवद्धता महासंघले दिंदै आएको सुझाव अनुरुपनै छन् । यी सहमतीबाट नेपाली निजी क्षेत्र थप उत्साहित भएको छ ।

भ्रमण अन्त्यमा जारी भएको प्रेस विज्ञप्तिमा उल्लेख भएको दुई देश बीच संझौता कार्यान्वयनका लागि गठित संयन्त्रहरु नियमित रुपमा बस्ने र भएका संझौता कार्यान्वयन गरिने प्रतिवद्धताको निजी क्षेत्र स्वागत गर्दछ । दुई देश बीच वर्षौंदेखि सहमती भई कार्यान्वयन हुन नसकेको पञ्चेश्वर आयोजना कार्यान्वयनलाई अघि बढाउने निर्णय एवं नेपालमा ठूला जलविद्युत र पूर्वाधार विकासका परियोजनाका लागि रु १ खरवको लाइन अफ क्रेडिट जस्ता घोषणाको हामी प्रशंसा गर्दछौं । अन्तरदेशिय प्रशारण लाइनका साथै नेपालको जलश्रोतको दोहन गर्न सकिएमा दुवै देशका जनतालाई फाइदा हुने विश्वास हाम्रो छ । महामहिम भारतीय प्रधानमन्त्रीले नेपाल र भारत बीच जन्मजात सम्बन्ध भएको र दुई देशको संस्कृतिलाई जोडेर पर्यटनको विकासको पहल थाल्न गरेको अनुरोधको हामी स्वागत गर्दछौं । लुम्विनी, पशुपतिनाथ, जनकपुरधाम जस्ता क्षेत्रहरुलाई भारतको पर्यटन बजारसंग जोड्न सके निश्चयनै नेपालको कायापलट सम्भव छ भन्ने कुरा महासंघले विगत वर्षहरुदेखिनै राख्दै आएको हो । उच्चस्तरमा यो कुरा स्वीकार भएबाट हामी अत्यन्त हर्षित भएका छौं ।

नेपाल र भारत बीचको दुईपक्षिय सम्बन्ध प्रगाढ वनाउन र त्यसबाट दुवै मुलुकका जनताको भलाई हुनेकुरा महासंघले विगतदेखिनै उठाउंदै आएको छ । यो भ्रमण र यसको परिणामले महासंघले उठाएका मुद्धाहरु सही भएको पुष्टि भएको छ ।

विद्युत व्यापार सम्झौता र विद्युत विकास सम्झौताको काम निर्धारित समयभित्रै पुरा हुने छ भन्ने हामीले विश्वास लिएका छौं । महामहिम भारतीय प्रधानमन्त्रीको यो भ्रमणबाट समृद्धिको नयां ढोका खोल्नुको साथै दुवै देशको आर्थिक प्रगति, रोजगारी सृजना, गरिवी निवारणमा सहकार्यको वातावरण बनाउने विश्वास महासंघले लिएको छ र यस विषयमा निजी क्षेत्रको समेत सहभागितामा यथाशीघ्र गम्भीर गृहकार्य गरी साकार रुप दिन महासंघ नेपाल सरकारसंग आग्रह गर्दछ । साथै दुई देशको आर्थिक र व्यवसायिक सम्बन्धका क्षेत्रमा गहन छलफल गर्न र सरकारमा सुझाव दिनका लागि गठित FNCCI-CII संयुक्त आर्थिक परिषद ९व्भ्ऋ० ता संयन्त्रयहरुको भरपुर उपयोगका लागि समेत महासंघ आग्रह गर्दछ ।

भ्रमणका क्रममा भारतीय महामहिम प्रधानमन्त्रीले नेपाल र नेपाली जनताप्रतिको आफ्नो प्रगाढ सद्भावको छाप छोडेर जानु भएको छ भने नेपाली जनताको माया र विश्वास जितेर जानु भएको छ । अवका दिनमा भएका निर्णय र सहमतीलाई कार्यान्वयन गर्नुपर्ने चुनौती छ र यसमा आफ्नो तर्फबाट सवै प्रकारको सहयोग गर्न महासंघ तत्पर छ ।

 © Copyright 2005-2014. All Rights Reserved. FNCCI.
Best Viewed in 1024 x 768.