»
Home
»
Introduction
»
Activities
»
»
»
»
International Links
»
Tax Structures
»
Economic Indicators
»
General Information
»
Business Code of Conduct
»
Publications
»
Photo Gallery
»
Secretariat
»
Downloads
»
Membership
»
Keyword
Category















महासंघका अध्यक्ष पाण्डेद्वारा पहिरो निरीक्षण, तत्काल कोदारी राजमार्ग सुचारु गर्न आग्रह (२०७१/४/२७)


नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष प्रदीपजंग पाण्डेले सिन्धुपाल्चोक जिल्लाको राम्चे गा.वि.स. र मांखा गा.वि.स. को सिमाक्षेत्रको जुरे भन्ने स्थानमा केही दिन अघि गएको विनासकारी पहिरोबाट भएको क्षतिको आज स्थलगत निरीक्षण गर्नुभयो ।

Landslide Area

महासंघका उपाध्यक्ष दिनेश श्रेष्ठ, कार्यकारिणी समिति सदस्यहरु राजेन्द्र कुमार श्रेष्ठ, रामकृष्ण प्रसाईं र महासघका महानिर्देशक डा. हेमन्त दवाडीका साथ जानु भएका अध्यक्ष पाण्डेले पहिरोको स्थलगत निरीक्षण पश्चात सिन्धुपाल्चोक जिल्लाका प्रमुख जिल्ला अधिकारी गोपाल पराजुली सहित स्थानीय पदाधिकारीहरु तथा संचारकर्मीहरुसंग सो विषयमा छलफल समेत गर्नुभयो ।

सो अवसरमा अध्यक्ष पाण्डेले विनासकारी पहिरोका कारण भएको जनधनको क्षतिप्रति दु:ख व्यक्त गर्नुहुंदै पहिरो प्रभावितहरुको उद्धार तथा उनीहरुको उचित प्रवन्धका लागि सरकारसंग आग्रह गर्नुभयो । अध्यक्ष पाण्डेले पहिरो प्रभावितहरुका लागि निजी क्षेत्रका तर्फबाट उचित सहयोग हुने विश्वास दिलाउनु भयो ।

Landslide Area

राजमार्ग बन्द हुंदा व्यवसायीहरुद्वारा नेपालीहरुको महान चाड वडादशैंलाई समेत ध्यानमा राखी आयात गरिएका कतिपय उपभोग्य वस्तुहरु बीच बाटोमै अड्किएर रहंदा निकै ठूलो नोक्सानी भएकाले चीनसंग जोडिएको एकमात्र नाका तत्काल खुलाउन आग्रह समेत गर्नुभयो ।

दैनिक २ करोड राजश्व सरकारले गुमाइरहेको, चिनिया पर्यटकहरु नेपाल भित्रने प्रमुख नाका समेत भएका कारण यसबाट पर्यटन क्षेत्र पनि नराम्ररी प्रभावित भएकोमा चिन्ता प्रकट गर्नुहुंदै अध्यक्ष पाण्डेले पहिरोबाट नदी थुनिन जांदा त्यस क्षेत्रमा परेका जलविद्युत संरचना समेत क्षतिग्रस्त हुनगई विद्युत उत्पादनमा कमी आएको र त्यसले मुलुकमा विद्युत कटौतीको मात्रा बढ्न गएको तर्फ समेत सम्बन्धित पक्षको ध्यानाकर्षण गराउनु भयो । अध्यक्ष पाण्डेले अर्थतन्त्रमा पर्ने प्रभाव सकेसम्म कम गर्नका लागि सवैभन्दा पहिले त्यहा जम्मा भएको पानी घटाएर आवागमन सुचारु गर्न सरकारसंग आग्रह समेत गर्नुभयो । अध्यक्ष पाण्डे आज विहान त्यस तर्फ जानु भएको थियो ।

Landslide Area

गत १६ गते आएको पहिरोबाट ठूलो जनधनको क्षति भएको र कयौं मानिसहरु अझैपनि हराई रहेका छन् । सुनकोशी नदी थुनिन गई ताल बन्न जांदा सो क्षेत्र र तल्लो तटीय क्षेत्रका बासिन्दा त्रसिद बन्न गएका छन । पहिरोबाट कोदारी राजमार्गको केही भाग समेत बग्न गई अहिले उक्त क्षेत्र सडक सम्पर्कबाट पूर्णरुपमा विच्छेद भएको र पहिरोका कारण विद्युत सेवा समेत अवरुद्ध भएको अवस्था छ ।

 © Copyright 2005-2014. All Rights Reserved. FNCCI.
Best Viewed in 1024 x 768.