»
Home
»
Introduction
»
Activities
»
»
»
»
International Links
»
Tax Structures
»
Economic Indicators
»
General Information
»
Business Code of Conduct
»
Publications
»
Photo Gallery
»
Secretariat
»
Downloads
»
Membership
»
Keyword
Category















कान्तिपुर पव्लिकेशन माथिको अवरोधप्रति नेउवामहासंघद्वारा विरोध तत्काल पत्रिका वितरण सुचारु गर्न आग्रह (२०७१/५/९)


विगत पाँचदिनदेखि अखिल नेपाल क्रान्तिकारी संचार, छापाखाना र प्रकाशन मजदुर संघको नाउँमा नेपालको राष्ट्रिय दैनिक कान्तिपुर तथा दि काठमाडौं पोष्टको प्रकाशन तथा वितरणमा गरिएको अवरोधप्रति नेपाल उद्योग वाणिज्य महासंघको गम्भीर ध्यानाकर्षण भएको छ । आम नेपाली जनताको सुसुचित हुन पाउने संविधानप्रदत्त अधिकार माथिनै हस्तक्षेप गर्ने यस प्रकारको क्रियाकलापको महासंघ गम्भीर आपत्ति प्रकट गर्दै निन्दा एवं भत्सर्ना गर्दछ ।

महासंघले कुनै पनि उद्योग प्रतिष्ठानको नियमित कार्य रोक्न नहुने र उद्योग प्रतिष्ठानको संचालन गर्दा श्रम लगायतका विवाद भए आपसी छलफल र वार्ताद्वारा समाधान गर्नुपर्ने स्पष्ट धारणा राख्दै आएको हो । अझ जनतालाई सुसूचित गर्ने अभिभारा वोकेका संचार माध्यम र संचारगृहमा गरिने अवरोधले त जनताको सुसूचित हुने अधिकारको समेत हनन गर्दछ । जुनसुकै समस्याको समाधान वार्ता र संवादका माध्यमबाट शान्तिपुर्ण तवरमा हुनुपर्नेमा एक्कासी पत्रिका प्रकाशन तथा वितरणमै प्रभाव पार्ने गरि गरिएको यस्तो अवरोध कुनै पनि कारणबाट क्षम्य नहुने महासंघको ठहर छ ।

मुलुक संविधान निर्माण तर्फ केन्द्रीत भैरहेको अवस्थामा जनतालाई सुसूचित गराउने संचार माध्यममाथि भएको यस प्रकारको अवरोध तत्काल बन्द गरि पत्रिका सुचारु रुपमा प्रकाशन तथा वितरण गर्ने वातावरण बनाउन महासंघ सम्बन्धित पक्षलाई आव्हान गर्दछ । विगतमा महासंघको सहभागितामा यस्ता समस्या वार्ताद्वारा हल गरिएको स्मरण गराउंदै कुनै पनि संचार माध्यम र संचार गृहको निर्वाध संचालनको वातावरण वनाइदिन समेत महासंघ नेपाल सरकारसंग जोडदार अपिल गर्दछ ।

 © Copyright 2005-2014. All Rights Reserved. FNCCI.
Best Viewed in 1024 x 768.