»
Home
»
Introduction
»
Activities
»
»
»
»
International Links
»
Tax Structures
»
Economic Indicators
»
General Information
»
Business Code of Conduct
»
Publications
»
Photo Gallery
»
Secretariat
»
Downloads
»
Membership
»
Keyword
Category















महासंघ सचिवालयमा बजेट पश्चातको अन्तरक्रिया कार्यक्रम - निजी क्षेत्रका समस्या समाधान गर्न सरकार र आफ्नो मन्त्रालय सधै तयार रहेको अर्थमन्त्रीको भनाई (२०७१/५/१०)


नेपाल उद्योग वाणिज्य महासंघद्वारा अर्थमन्त्री डा. रामशरण महतको प्रमुख आतिथ्यतामा आज महासंघ सचिवालयमा बजेट पश्चातको अन्तरक्रिया कार्यक्रम आयोजना गरियो ।

Budget Program

अर्थमन्त्रालय र सो मन्त्रालय अन्तरगतका विभागिय प्रमुखहरु, महासंघका पदाधिकारी एवं कार्यकारिणी समिति सदस्यहरु र उद्यमी व्यवसायीहरुको सहभागितामा आयोजित कार्यक्रमलाई संवोधन गर्नुहुंदै प्रमुख अतिथि अर्थमन्त्री डा. महतले सरकारको चालु आर्थिक वर्षको वजेट निजी क्षेत्रमुखी भएको बताउनु भयो । वजेटले साना तथा मझौला सवै किसिमका उद्योगहरुलाई संवोधन गरेको दावी गर्नुहुंदै अर्थमन्त्रीले निजी क्षेत्रका समस्या समाधानमा सरकार र आफ्नो मन्त्रालय सधै तयार रहेको विश्वास दिलाउनु भयो । उहांले भन्नु भयो - साना ठूला सवै उद्योग स्थापनालाई प्रोत्साहन गर्न सरकारी बजेटमा धेरै इन्सेन्टिभ प्याकेजहरु दिइएको छ ।

मुलुकभित्र निकै धेरै समस्याहरु रहेका र समस्याहरु विस्तारै समाधान हुंदै जाने तर्फ विश्वास दिलाउनु हुंदै अर्थमन्त्रीले निजी क्षेत्रलाई समस्याको प्राथमिकता तोकेर अगाडी बढ्न सुझाव दिनु भयो । उहांले भन्नु भयो समस्याको प्रायोरटी छुट्टायाउनु होस अनि विस्तारै समाधान हुंदै जान्छन् । विद्युत व्यापार संझौताका विषयमा सरकारमा आशंका नगर्न निजी क्षेत्रलाई आग्रह गर्नुहुंदै अर्थमन्त्रीले समस्या कहांबाट उत्पन्न भैरहेको छ, त्यसमा निजी क्षेत्र पनि जानकार रहेको हुंदा यस विषयमा जनमत तयार गर्न निजी क्षेत्रलाई आग्रह समेत गर्नुभयो ।

Budget Program

अर्थमन्त्रीले करदातालाई उचित सम्मान दिन आफ्नो मन्त्रालयले कुनै कन्जुस्याइ नगरेको स्पष्ट पार्नुहुंदै कर प्रणालीलाई सरलीकरण गर्ने कार्यमा धेरै प्रगति भैसकेको वताउनु भयो । अर्थमन्त्रीले छिट्टै अर्थमन्त्रालमा कर तथा राजश्वसंग सम्बन्धित समस्या तथा गुनासालाई संवोधन गर्ने छुट्टै प्रणालीको विकास गर्ने जानकारी गराउनु भयो । साथै उहांले निर्माण सामग्री उद्योगहरुले हाल गरेको आन्दोलन तर्क संगत नभएको र आफूले भनेका र आफ्ना मागहरु मात्र जायज भन्ने कुरालाई त्यागेर बीचको वाटोबाट समस्या समाधानमा आउन आग्रह समेत गर्नुभयो ।

Budget Program

त्यसअघि स्वागत मन्तव्य दिनु हुंदै महासंघका अध्यक्ष प्रदीपजंग पाण्डेले बजेटले नेपालको अर्थतन्त्रमा देखिएका चुनौतीलाई राम्रोसंग पहिचान गरेको भन्दै वजेटको भावना र घोषणा गरिएका नीतिगत सुधार कार्यान्वयन भएमा नेपालमा लगानीको वातावरणमा उच्च सुधार हुने अपेक्षा गर्नुभयो । महासंघका अध्यक्ष पाण्डेले दिनु भएको मन्तव्यको लागि यहाँ क्लिक https://drive.google.com/file/d/0Bzw4ht2tyCwCcGFxY2taSUZtSVE/edit?usp=sharing गर्नु होला ।

महासंघका उपाध्यक्ष दिनेश श्रेष्ठले धन्यवाद मन्तव्य दिनु भएको सो कार्यक्रममा महासंघको कर तथा राजश्व समितिका सभापति सौरभ ज्योतीले चालु आवको वजेटका सकारात्मक व्यवस्थाहरु तथा निजी क्षेत्रका सुझावहरु सम्बन्धी एक विस्तृत कार्यपत्र प्रस्तुत गर्नुभयो । सभापति ज्योतिले प्रस्तुत गर्नुभएको कार्यपत्रको लागि यहाँ क्लिक https://drive.google.com/file/d/0Bzw4ht2tyCwCcVdJOGk0TVZlUEU/edit?usp=sharing गर्नु होला ।

थप फोटोको लागि कृपया यहाँ https://picasaweb.google.com/103429292111014541126/InteractionOnBudget207172WithHonBleFinanceMinisterAugust262014?authuser=0&feat=directlink क्लिक गर्नु होला ।

 © Copyright 2005-2014. All Rights Reserved. FNCCI.
Best Viewed in 1024 x 768.