»
Home
»
Introduction
»
Activities
»
»
»
»
International Links
»
Tax Structures
»
Economic Indicators
»
General Information
»
Business Code of Conduct
»
Publications
»
Photo Gallery
»
Secretariat
»
Downloads
»
Membership
»
Keyword
Category















महासंघको चौथो कार्यकारिणी समितिको बैठक महत्वपूर्ण निर्णयहरु गर्दै सम्पन्न


नेपाल उद्योग वाणिज्य महासंघको चौथो कार्यकारिणी समितिको वैठक महासंघका अध्यक्ष प्रदीपजंग पाण्डेको अध्यक्षतामा २०७१ साल भाद्र २७ गते शुक्रबार धुलिखेलमा सम्पन्न भयो । महासंघका पदाधिकारी, कार्यकारिणी समिति सदस्यहरु गरी ३७ जनाको उपस्थिति रहेको थियो ।

Press Meet

बैठकले सर्वसम्मतिबाट देहायका निर्णहरु गरेको छ:

१. महासंघको विधानको दफा ११ मा विशिष्ट सदस्यको व्यवस्था भए अनुसार पूर्व अध्यक्ष श्री चण्डिराज ढकाललाई विशिष्ट सदस्यमा मनोनयन गर्ने,

२. महासंघको विधानको दफा ३८ (क) मा पूर्व अध्यक्ष श्री रविभक्त श्रेष्ठको सभापत्विमा अनुशासन समिति गठन गर्ने,

३. महासंघको विधानको दफा ३४ (छ) अनुसार कार्यकारिणी समितिको सदस्यमा मनोनयन गर्ने व्यवस्था भए अनुसार पूर्व कार्यकारिणी सदस्यद्वय श्री अञ्जन श्रेष्ठ र श्री कृष्ण प्रसाद शर्मालाई कार्यकारिणी समितिको सदस्यमा मनोनयन गरी उहांहरुले पद तथा गोपनीयताको सपथग्रहण लिई वैठकमा सहभागि हुनु भयो ।

४. महासंघको विद्यमान विधानलाई संशोधन तथा परिमार्जन गर्न आवश्यक भएको तथ्यलाई समेत दृष्टिगत गरी पूर्व अध्यक्ष श्री चण्डिराज ढकालको संयोजकत्वमा विधान संशोधन सुझाव कार्यदल गठन गर्ने । कार्यदलको सदस्य संयोजकको सिफारिसमा अध्यक्षले मनोनयन गर्ने,

५. अध्यक्ष लगायत कार्यकारिणी समितिका अन्य सदस्यहरुको योग्यताको प्रश्न उठेमा सोको निकासा दिने एवं आवश्यकतानुसार विधानको व्याख्या गर्ने पूर्णअधिकार कार्यकारिणी समितिमा महासंघको विधानत: रहे भएको हुदा रीतपूर्वक निर्वाचित अध्यक्षको अयोग्यताको प्रश्नमा अव थप निर्णय गरिरहनु नपर्ने एवं सर्वोच्च अदालतबाट अन्तरिम आदेश जारी भई विचाराधीन रहे भएको विषयलाई सम्मान गर्दै उक्त विषय उपर महासंघको कार्यक्रममा उठाउन तथा अन्य कुनै पनि प्रकारले अनरगल, प्रचार प्रसार नगर्न महासंघका सदस्यहरुलगायत सवैलाई आव्हान गर्ने ।

६. आगामी दिनमा महासंघको औपचारिक बैठकमा भागलिन आउंदा औपचारिक रुपमा उपस्थिति जनाएपछि मात्र सहभागी हुने र वोल्न पाउने व्यवस्था मिलाउने,

७. महासंघको कार्यको सिलसिलामा स्वदेश एवं विदेशमा हुने कुनै पनि कार्यक्रमहरुमा महासंघको पदाधिकारीहरु एवं कार्यकारिणी समितिका सदस्यहरुले सहभागिता गर्दा महासंघको कोषबाट खर्च नगरी आफ्नै खर्चमा सहभागिता गर्नु पर्ने संकल्प प्रस्ताव पारित गर्ने,

८. अत्याधिक मात्रामा वृद्धि हुदै गएको लोड सेडिङ्गबाट हाल उद्योग व्यवसाय लगायत आम जनताको जीवनमा गम्भीर नाकारात्मक असर परेको र अर्काे वर्ष अझ लोड सेडिङ्ग बढ्ने देखिएकोले यसबारे वैठकमा गम्भीर छलफल भई विद्युतको उत्पादनका साथै विद्युत प्रशारण लाइन निर्माणमा प्राथमिकताका साथ अगाडी बढाउन निजी क्षेत्रको संलग्नमा नेपाल सरकारले विद्युत उत्पादन वृद्धि र प्रशारण लाइन फाष्टट्रयाकमा निर्माण गर्न जोडदार माग गर्ने,

९. उद्योग व्यवसाय क्षेत्रमा कर राजश्व सम्बन्धी देखा परेका मिस म्याच, मुल्यांकन, थ्रेस होल्ड जस्ता विषयहरुमा वैठकमा व्यापक छलफल भयो । छलफल पश्चात कर राजश्व सम्बन्धी देखा परेका समस्या समाधानका लागि महासंघबाट प्रस्तुत सुझावहरुको कार्यान्वयनको लागि सरकारमा जोडदार माग गर्नुका साथै उच्चस्तरीय कर राजस्व पुनरावलोकन आयोग एवं पुराना कर तथा राजश्वसंग सम्बन्धी समस्याहरुको किनारा लगाउन कर फछैंर्यौट आयोगको गठनलाई अघि बढाउन सरकारसंग जोडदार माग गर्ने,

१०. श्रम सम्बन्धी ऐनहरु, औद्योगिक व्यवसाय ऐन, विशेष आर्थिक क्षेत्र ऐन, सार्वजनिक खरिद ऐन, एण्टिडम्पिङ ऐन जस्ता उद्योग व्यवसायसंग सम्बन्धित ३३ वटा ऐनहरु तर्जुमा एवं संसोधनको कार्य गर्नुपर्नेमा महासंघ समेतको सहभागिता एवं सहकार्यमा कामभई रहेकोमा यथाशीघ्र पूर्णता प्रदान गर्न सरकारसंग माग गर्ने,

११. व्यवसायिक फर्म रजिष्ट्रेशनमा उद्योग वाणिज्य संघको सिफारिस अनिवार्य गर्नुपर्ने बारे वैठकमा छलफल भयो । उद्योग वाणिज्य संघको प्रतिष्ठासंग जोडिएको फर्म दर्ता तथा नविकरणमा उद्योग वाणिज्य संघको अनिवार्य सिफारिसको व्यवस्थाको लागि सरकारसंग जोडदार माग गर्ने,

१२. नेपाल राष्ट्र वैंकले वैंक तथा वित्तिय संस्थाका संचालकहरुले अन्य वैंक तथा वित्तिय संस्थाहरुबाट ऋण लिन नपाइने नीति अव्यवहारिक भएको बारे पनि वैठकमा छलफल भयो । यस व्यवस्थाको संशोधनको लागि सम्बन्धित पक्षको ध्यानाकर्षण गराउने,

१३. व्यवसायीहरुले संस्थागत सामाजिक उत्तरदायित्व (Corporate Social Responsibility) वहन गर्नुपर्ने परिपेक्षलाई समेत गरी दृष्टिगत गरी शिक्षा, स्वास्थ्य, खेलकुद क्षेत्रका साथै दैविक प्रकोपमा परेकाहरुलाई सहयोग गर्ने उद्देश्यले महासंघमा सामाजिक कोष स्थापना गरेको, व्यवसाय प्रवद्र्धन र आर्थिक उन्नतीमा योगदान पुर्‍याउने पत्रकारहरुलाई उद्योग वाणिज्य दिवसमा सम्मान गर्नका लागि महासंघमा पत्रकार पुरस्कार कोष खडा गरिएको,

१४. महासंघको प्रतिष्ठाका साथै छविमा समेत आंच आउने किसिमका अध्यक्ष एवं पदाधिकारीहरु माथि समेत आंच आउने किसिमले केही संचारका माध्यमहरुबाट प्रसारण एवं प्रकाशित भएको समाचार प्रति वैठकले ती संचार माध्यमहरु प्रति खेद व्यक्त गर्ने प्रस्ताव पारित गऱ्यो ।

१५. महासंघको कार्यकारिणी समिति बैठक सफलता पूर्वक सम्पन्न गर्न आतिथ्यता गर्ने महासंघको सदस्य धुलिखेल उद्योग वाणिज्य संघलाई विशेष धन्यवाद प्रस्ताव पारित गरि समग्र धुलिखेलको विकासका लागि महासंघको तर्फबाट आवश्यक पहल गर्ने ।

 © Copyright 2005-2014. All Rights Reserved. FNCCI.
Best Viewed in 1024 x 768.