»
Home
»
Introduction
»
Activities
»
»
»
»
International Links
»
Tax Structures
»
Economic Indicators
»
General Information
»
Business Code of Conduct
»
Publications
»
Photo Gallery
»
Secretariat
»
Downloads
»
Membership
»
Keyword
Category















क्वालालाम्पुरमा आयोजना भैरहेको अन्तर्राष्ट्रिय जडीवूटी मेलामा महासंघका उपाध्यक्ष प्रधान सहित नेपाली व्यवसायीहरुको सहभागिता (२०७१/६/१०)


नेपाल उद्योग वाणिज्य महासंघका उपाध्यक्ष किशोर कुमार प्रधान सहित १७ सदस्यीय नेपाली उद्योगी व्यवसायीहरुको प्रतिनिधिमण्डल यही असोज ९ देखि मलेशियाको राजधानी क्वालाम्पुरमा आयोजना भैरहेको दोश्रो विश्व हर्वल मेला तथा सेमिनारमा भागलिइरहेको छ ।

उक्त मेला गल्फ न्याचुरल(एम) एसडीएन मलेशिया, इन्टरनेशनल सेन्टर फर इन्टिग्रेटेड हर्वल रिसर्च एण्ड डेभलपमेन्ट र इन्टरनेशनल एसोसिएसन फर दि डेभलपमेन्ट अफ न्याचुरल प्रोडक्ट्स (Gulf Natural(M) SDN Malaysia, International Center for Integrated Herbal Research and Development-ICIHRD, International Association for the Development of Natural Products- IADNP) को आयोजना भएको हो ।

नेपाल हव्र्स तथा हर्वल उत्पादक संघ र नेपाल सरकार तथा जर्मन संघीय आर्थिक सहयोग तथा विकास मन्त्रालयको तर्फबाट जिआइजेडको सहयोगमा संचालित व्यापार प्रवद्र्धन कार्यक्रमको प्रवद्र्धनात्मक सहयोगले नेपाली जडीवूटीको बजार प्रवद्र्धन गर्न १५ वटा कम्पनी, उद्योगी व्यवसायी प्रतिनिधिमण्डल असोज ७ गते त्यसतर्फ प्रस्थान गरेको थियो ।

महासंघका उपाध्यक्ष प्रधान सहित प्रतिनिधिमण्डलका सदस्यहरुमा नेपाल हव्र्स तथा हर्वल उत्पादक संघका अध्यक्ष गोविन्द प्रसाद घिमिरे, वनस्पती विभागका महानिर्देशक यम बहादुर थापा, व्यापार प्रवद्र्धन कार्यक्रमका प्रमुख प्राविधिक सल्लाहकार डा.पिटर रिक्टर्र, वरिष्ठ कार्यक्रम अधिकृत हिमाद्री पालिखे सहित हुनुहुन्छ ।

मेलामा नेपाल प्याभिलियन सहित नेपालका महत्वपूर्ण जडीवूटीबाट निर्मित खाद्य सप्लीमेन्ट्री, आयुर्वेदिक औषधि, कस्मेटिक, सुगन्धित तेल सारतत्वको प्रर्दशनी गरिएको छ । क्वालालाम्पुर सम्मेलन केन्द्रमा आयोजना भैरहेको मेलामा विभिन्न ६७ अन्तर्राष्ट्रिय व्यवसायीहरुको सहभागिता रहेको छ । मेलामा नेपालको सहभागिता पहिलो हो ।

कार्यक्रमका अवसरमा नेपाल सरकार वन तथा भूसंरक्षण मन्त्रालय वनस्पति विभागका महानिर्देशक थापाले नेपालमा जडीवूटीको पहिचान श्रोत र यीनको प्रयोग, वैदेशिक लगानीका लागि नीति र अवसर, नेपाल हव्र्स तथा हर्वल उत्पादक संघका अध्यक्ष गोविन्द प्रसाद घिमिरेले लगानी, प्रविधि र मलेशियासंग जडीवूटीको व्यापार अवसर तथा व्यापार प्रवद्र्धन कार्यक्रमको तर्फबाट हिमाद्री पालिखेले जडीवूटी क्षेत्र र यसको व्यापार वृद्धिका लागि जीआइजेडको भूमिकाका विषयमा कार्यपत्र प्रस्तुती गर्नुहुने कार्यक्रम छ ।

मेला अवधिमा नेपाल र मलेशिया बीच आगामी दिनमा जडीबूटीको व्यापार प्रवद्र्धन, लगानी तथा दुई देश बीच आपसी हितका लागि व्यापार अभिवृद्धि गर्ने उद्देश्यले एक सहमतीपत्रमा हस्ताक्षर गर्ने कार्यक्रम छ । सहमतीपत्रमा नेपाल हव्र्स तथा हर्वल उत्पादक संघ, मेला आयोजक सस्था र मलेशिया सरकारका तर्फबाट त्यहांको स्वास्थ्य मन्त्रालय बीच हस्ताक्षर गर्ने कार्यक्रम छ । उक्त सहमतीबाट नेपालको जडीबूटी व्यापार तथा मलेशियाका जडीवूटी कम्पनीहरु बीचको व्यावसायिक सम्बन्धले आगामी दिनमा दुई देश बीचको व्यापार वृद्धिमा सघाउ पुर्‍याउने अपेक्षा गरिएको छ ।

 © Copyright 2005-2014. All Rights Reserved. FNCCI.
Best Viewed in 1024 x 768.