»
Home
»
Introduction
»
Activities
»
»
»
»
International Links
»
Tax Structures
»
Economic Indicators
»
General Information
»
Business Code of Conduct
»
Publications
»
Photo Gallery
»
Secretariat
»
Downloads
»
Membership
»
Keyword
Category















बुटवल उद्योग वाणिज्य संघ, रुपन्देहीको ६१ औं वार्षिक साधारणसभा ( अर्थतन्त्रलाई बलियो बनाउन तिब्र औद्योगिकरण आवश्यक अध्यक्ष पाण्डे (२०७१/६/२७)


नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष प्रदीपजंग पाण्डेले राष्ट्रको अर्थतन्त्रलाई बलियो बनाउन तिब्र औद्योगिकरण आवश्यक रहेको बताउनु भएको छ ।

Butwal CCI AGM

बुटवल उद्योग वाणिज्य संघ, रुपन्देहीको ६१ औं वार्षिक साधारणसभा तथा २२ औं अधिवेशनको प्रमुख अतिथिको आशनबाट आज बुटवलमा उद्घाटन गर्नुहुंदै अध्यक्ष पाण्डेले सो कुरा वताउनु भएको हो ।

Butwal CCI AGM

औद्योगिक क्रान्ति बिना आर्थिक समृद्धी सम्भव नहुने उल्लेख गर्दै अध्यक्ष पाण्डेले उद्योगीहरुले ढुक्क भएर लगानी गर्ने वातावरण निर्माण गर्न पनि आग्रह गर्नु भयो । लुम्बिनी क्षेत्र देशको मेरुदण्ड भएकाले लुम्बिनी क्षेत्रको विकासले समग्र देशको विकासलाई प्रभाव पार्ने उहांको धारणा थियो ।

Butwal CCI AGM

राज्यले नेपाल उद्योग वाणिज्य महासंघलाई विश्वास गरेको चर्चा गर्दै उहांले देशलाई आर्थिक सम्वृद्वि गराउन देशभरका ९३ वटा उद्योग वाणिज्य संघहरुलाई एकतावद्व गराउनुपर्ने बताउनुभयो । प्रमुख अतिथि अध्यक्ष पाण्डेले महासंघको प्रमुख उद्वेश्य देशलाई आर्थिक समृद्व बनाउनु पनि हो भन्नु भयो । उहांले महासंघको लक्ष्य देशलाई आर्थिक सम्वृद्वि गराउने भएपनि देशमा उद्योग व्यवसाय सञ्चालन गर्ने खालको उद्योगमैत्री बातावरण बनाउन राज्य र दलहरुले ध्यान दिनुपर्ने बताउनुभयो । सरकारले ल्याउने तयारी गरेको सामाजिक सुरक्षा ऐन, श्रम ऐन, सेज ऐन जस्ता ऐनहरु आएपछि लगानी कर्ताहरका लागि केही राहत मिल्ने विश्वास व्यक्त गर्नुभयो ।

नेपाली कांग्रेसका सभासद् वालकृष्ण खांणले मुलुकले राजनीतिक स्थिरतापछि मात्र आर्थिक बिकासको बाटो समात्ने चर्चा गर्दै माघ ८ भित्र संविधान जारी गर्नुपर्ने सबैको इच्छा अनुसार नेपाली कांग्रेस र बर्तमान सरकार प्रतिवद्व रहेको बताउनुभयो ।

सभापतिको आशनबाट बुटवल उद्योग वाणिज्य संघका अध्यक्ष सुरेन्द्रप्रसाद श्रेष्ठले राज्यले वातावरण निर्माण गर्न नसक्दा उद्योग ब्यबसाय क्षेत्रमा लगानी गर्न चाहानेहरु निराश बन्दै गैरहेको बताउनु भयो ।

महासचिव अनिलमान श्रेष्ठको संचालनमा सम्पन्न भएको सो कार्यक्रममा बरिष्ठ उपाध्यक्ष महेशमान सिंहले धन्यबाद मन्तब्य ब्यक्त भएको थियो ।

 © Copyright 2005-2014. All Rights Reserved. FNCCI.
Best Viewed in 1024 x 768.