»
Home
»
Introduction
»
Activities
»
»
»
»
International Links
»
Tax Structures
»
Economic Indicators
»
General Information
»
Business Code of Conduct
»
Publications
»
Photo Gallery
»
Secretariat
»
Downloads
»
Membership
»
Keyword
Category















जउवासंघका नवनिर्वाचित कार्यकारिणी समितिको शपथ ग्रहण समारोह - महासंघका अध्यक्ष पाण्डेद्वारा जनकपुरको आर्थिक विकासका लागि धार्मिक पर्यटनमा जोड (२०७१/६/३०)


नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष प्रदीपजंग पाण्डेले सिंगो जनकपुर अंचलको आर्थिक सामाजिक विकासका लागि यहांका सम्भाव्य क्षेत्रको एकिकृत विकास आवश्यक रहेको बताउनु भएको छ । धार्मिक महत्वको जनकपुरधामलाई धार्मिक पर्यटनको रुपमा विकास गर्नुपर्नेमा प्रमुख अतिथि पाण्डेको जोड थियो ।

जनकपुर उद्योग वाणिज्य संघका नवनिर्वाचित कार्यकारिणी समितिको शपथ ग्रहण समारोहलाई आज जनकपुरमा संवोधन गर्नुहुंदै प्रमुख अतिथि महासंघका अध्यक्ष पाण्डेले सो कुरा बताउनु भएको हो ।

प्रमुख अतिथि महासंघका अध्यक्ष पाण्डेले सुरक्षा ऐन, श्रम ऐन, सेज ऐन जस्ता ऐनहरु आएपछि लगानी कर्ताहरुका लागि केही राहत मिल्ने विश्वास व्यक्त गर्नुभयो । मुलुकको व्यापार घाटा वर्षेनी बढ्दै गएको तर्फ चिन्ता प्रकट गर्नुहुंदै अध्यक्ष पाण्डेले व्यापार घाटा घटाउनका लागि पनि सरकारले वेलैमा ध्यान दिन आग्रह गर्नुभयो ।

प्रमुख अतिथि अध्यक्ष पाण्डेले उद्योगीहरुले ढुक्क भएर लगानी गर्ने वातावरण निर्माण गर्न पनि आग्रह गर्नु भयो । जनकपुर क्षेत्र देशको मेरुदण्ड भएकाले यस क्षेत्रको धार्मिक पर्यटन विकासले समग्र देशको विकासलाई प्रभाव पार्ने उहांको धारणा थियो ।

उहांले महासंघको लक्ष्य देशलाई आर्थिक सम्वृद्वि गराउने भएपनि देशमा उद्योग व्यवसाय सञ्चालन गर्ने खालको उद्योगमैत्री बातावरण बनाउन राज्य र दलहरुले ध्यान दिनुपर्ने बताउनुभयो ।

सभापतिको आशनबाट संघका अध्यक्ष श्यामप्रसाद साहले जनकपुरको विकासका लागि राज्यको ध्यानाकर्षण गराउनु भयो । सपथग्रहण समारोहमा जनकपुर उद्योग वाणिज्य संघका नवनिर्वाचित अध्यक्ष शिवशंकर साह (हिरा)ले स्थानीय क्षेत्रका आर्थिक विकासका सम्भाव्य क्षेत्रहरुको पहिचान सहित स्थानीय आर्थिक विकास तथा संघको क्षमता विकासमा आफ्नो टिमले सवैको सहयोगका साथ काम गर्ने प्रतिवद्धता जनाउनु भयो ।

कार्यक्रममा संघका पूर्व अध्यक्ष एवं निर्वाचन समितिका अध्यक्ष निर्मलकुमार चौधरीले पनि नवनिर्वाचित टिमलाई बधाई एवं शुभकामना दिनु भयो । कार्यक्रममा राजनीतिक दलका स्थानीय प्रतिनिधिहरु, स्थानीय निकायका प्रमुखहरु लगायतले शुभकामना व्यक्त गर्नुभएको थियो ।

 © Copyright 2005-2014. All Rights Reserved. FNCCI.
Best Viewed in 1024 x 768.