नेपाल विद्युत प्राधिकरणको विद्युत प्रणालीबाट उत्सव बत्ति नवाल्ने सम्बन्धमा संचार माध्यमहरुमा प्रकाशित/प्रशारित समाचारप्रति यस महासंघको गम्भीर ध्यानाकर्षण भएको छ ।
महान चाड तिहारका अवसरमा आम नेपालीहरुको घर तथा कार्यस्थलमा झिलीमिली वत्तिवालेर धनधान्यका लक्ष्मीको आराधना, पूजा गर्नुपर्ने समयमा धम्कीपूर्ण भाषामा उत्सव बत्ति नवाल्न तथा विद्युतीय उपकरणहरु नचलाउन गरेको निर्देशनले आम जनताको भावनामा चोट पुग्न गएको छ ।
साथै यस्तो सूचनाले विद्युतीय सामाग्रीको विक्रिवितरणमा समेत प्रत्यक्ष असर पर्न जानेहुंदा यस प्रकारको निर्णय तत्काल फिर्ता लिई दैनिक विद्युत कटौतीको मार झेलिरहेका आम नेपाली जनतालाई जतिसमय बत्ति आउंछ सो समयमा स्वतन्त्ररुपमा विद्युत उपभोग गर्न दिन महासंघ सरकार तथा सम्बन्धित निकाय समक्ष हार्दिक आग्रह गर्दछ ।