निजी क्षेत्रको प्रतिनिधिमुलक संस्था नेपाल उद्योग वाणिज्य महासंघको खाता जिल्ला प्रशासन कार्यालयको नियन्त्रणमा भन्ने केही संचार माध्यमहरुमा आएको भ्रमपूर्ण समाचारप्रति यस महासंघको गम्भीर ध्यानाकर्षण भएको छ ।
महासंघका विषयमा जिल्ला प्रशासन कार्यालय काठमाडौंले पत्र पठाई जानकारी माग गरे बमोजिम सम्बन्धित कार्यालयलाई रितपूर्वक आजै जानकारी पत्र पठाई सकिएकोमा पत्र प्राप्त नभएको भनी सो कार्यालयबाट कर्मचारी आएकोमा निजलाई कार्यालयमा प्रेशित पत्रको प्रतिलिपि उपलव्ध गराइएको हो । अन्य कुनै पनि कागजात कहिंकतैबाट नियन्त्रणमा नलिएको महासंघ स्पष्ट पार्दछ ।
अत: यस प्रकारको भ्रामक र तथ्यहिन समाचारको खण्डन गर्दै यस्ता विषयमा समाचार प्रकाशन प्रशारण गर्नुअघि महासंघको धारणा लिएर मात्र प्रकाशन प्रशारण गर्न समेत महासंघ सम्बन्धित सवैमा हार्दिक आग्रह गर्दछ ।