»
Home
»
Introduction
»
Activities
»
»
»
»
International Links
»
Tax Structures
»
Economic Indicators
»
General Information
»
Business Code of Conduct
»
Publications
»
Photo Gallery
»
Secretariat
»
Downloads
»
Membership
»
Keyword
Category















१८औं सार्क शीखर सम्मेलन सफलतापूर्वक सम्पन्न भएकोमा निजी क्षेत्र उत्साहित: सार्क घोषणापत्रमा उल्लेखित प्रतिवद्धताहरु अक्षरश कार्यान्वयन गर्न निजी क्षेत्रको आग्रह (२०७१/८/१२)


मंसिर १० र ११ गते, काठमाडौंमा आयोजना भएको दक्षिण एशियाली क्षेत्रीय सहयोग संगठन सार्कको १८ औं शीखर सम्मेलन सफलतापूर्वक सम्पन्न भएकोमा नेपाल उद्योग वाणिज्य महासंघ सम्मेलनको आयोजक नेपाल सरकारप्रति र्हािर्दक बधाई दिन चाहान्छ । समग्रमा सम्मेलनको आयोजनबाट नेपालले आफूलाई क्षेत्रीय एवं अन्तराष्ट्रियरुपमा समेत विकासका दिशामा निरन्तर अगाडी बढी रहेको, शान्ति र स्थायीत्व तर्फ अगाडी बढी रहेको र लगानीका लागि आकर्षक स्थल बन्दै गएको संदेश दिन सफल भएको विश्लेषण महासंघले गरेको छ ।

"शान्ति र समृद्धिका लागि गहन एकता" भन्ने मूल नाराका साथ आयोजना भएको सम्मेलनका दौरानमा सदस्य राष्ट्रका राष्ट्र तथा सरकार प्रमुखहरुबाट दक्षिण एशियाको क्षेत्रीय सहयोग अभिवृद्धिका लागि सार्क संगठनलाई थप वलियो वनाउने र यस क्षेत्रका जनताको जीवनस्तरमा गुणस्तर वृद्धि र सहयोग पुरयाउने प्रतिवद्धताको पनि महासंघ स्वागत गर्दछ ।

सम्मेलन समापन समारोहमा उर्जा सहयोग(विद्युत)का लागि सार्क ढांचा सम्झौतामा भएको हस्ताक्षरको पनि महासंघ स्वागत गर्दछ । साथै जलविद्युत, प्राकृतिक ग्यांस, वायु तथा जैविक उर्जा लगायत विद्युत उत्पादन, प्रशारण र व्यापारका विषयमा क्षेत्रीय र उपक्षेत्रीय परियोजना पहिचान गर्न तथा यस क्षेत्रको बढ्दो विद्युत मागलाई ध्यानमा राखी तिनको उच्च प्राथमिकताका साथ कार्यान्वयन गर्न सम्बन्धित निकायलाई निर्देशन दिने भनि उल्लेखित घोषणा अक्षरश कार्यान्वयन हुन सकेमा यस क्षेत्रको उर्जा विकासमा एक पाइला अगाडी बढन् सकिने हाम्रो विश्वास छ, महासंघ यसको कार्यान्वयनका लागि सार्क अध्यक्ष राष्ट्रका हिसावले नेपाल सरकार समक्ष आग्रह गर्दछ ।

साथै सार्क सवारी सम्झौता, सार्क क्षेत्रीय रेलवे सम्झौतालाई अन्तिमरुप दिनेतर्फ भैरहेको प्रगति र सम्झौतालाई स्वीकृतिका लागि टुंग्याउन तीन महिनाभित्रमा यातायात मन्त्रीहरुको बैठक राख्न भएको सहमतीको महासंघ स्वागत गर्दछ । सडक, रेल्वे, जलाधारित पूर्वाधार, विद्युत प्रशारण लाइन, मानिसहरुको सहज अन्तरसीमा आवागमन सुनिश्चित गर्न निर्वाध तवरमा क्षेत्रीय सम्पर्क (रिजनल कनेक्टिभिटी) को दीगो विस्तार निम्ति भएको प्रतिवद्धताको स्वागत गर्दै निर्धारित समयभित्र कार्यान्वयन हुनेमा निजी क्षेत्र विश्वस्त रहेको छ ।

त्यसैगरि क्षेत्रीय आर्थिक संघको माध्यमबाट चरणवद्ध रुपमा आर्थिक विकासका क्रियाकलाप अगाडी बढाउने, साफ्टा मन्त्रिपरिषद् र साफ्टा विज्ञ समूहलाई दक्षिण एशियाली क्षेत्रमा स्वतन्त्र व्यापारका क्रियाकलापलाई थप गति प्रदान गर्न तथा वस्तु तथा सेवाको स्वतन्त्र व्यापारको अवधारणालाई थप सहजीकरण गर्न, व्यापारका लागि वाधा हुन सक्ने प्रावधानलाई हटाउनुका साथै भंसार सम्बन्धी विधिहरुलाई पनि सहजीकरण गर्न सजिलैसंग व्यापारजन्य यातायात एवं ढुवानीलाई अघि बढाउन गरिएको प्रतिवद्धता इमान्दारिताका साथ कार्यान्वयन हुन सकेमा निश्चयनै यस क्षेत्रको आर्थिक समृद्धिमा आमूल परिवर्तन हुने निजी क्षेत्रको विश्वास छ । साथै यस क्षेत्रलाई एउटा आकर्षक साझा पर्यटन गन्तव्य वनाउने प्रतिवद्धताको पनि महासंघ स्वागत गर्दछ ।

यसै बीच सार्क सम्मेलनकै वेला नेपाल र भारतका प्रधानमन्त्रीको समुपस्थितिमा नेपाल इन्भेष्मेन्ट वोर्ड र भारतको सतलज जलविद्युत निगम लि.बीच अरुण तेश्रोको विकासका लागि भएको विद्युत विकास सम्झौता (पीडीए)ले नेपालको जलविद्युत विकासमा अर्को एक नयां पाइला थप्ने हाम्रो विश्वास छ । महासंघ त्यसको स्वागत गर्दै नेपालको आर्थिक विकास तथा लगानीका सम्भाव्य क्षेत्रहरुमा थप नयां लगानी भित्र्याउन सम्झौता कोशेढुंगा हुने विश्वास व्यक्त गर्दछ ।

 © Copyright 2005-2014. All Rights Reserved. FNCCI.
Best Viewed in 1024 x 768.