»
Home
»
Introduction
»
Activities
»
»
»
»
International Links
»
Tax Structures
»
Economic Indicators
»
General Information
»
Business Code of Conduct
»
Publications
»
Photo Gallery
»
Secretariat
»
Downloads
»
Membership
»
Keyword
Category















महासंघद्वारा राजनीतिक दलका शीर्षस्थ नेताहरुको सहभागितामा भोली काठमाडौंमा संविधान वहस आयोजना (२०७१/९/६)


निजी क्षेत्रको संघीय प्रतिनिधिमुलक संस्था नेपाल उद्योग वाणिज्य महासंघले मुलुकको आर्थिक विकासको एजेण्डाका साथै मुलुकको समग्र विकास एवं प्रगतिको लागि अति आवश्यक मानिएको राजनीतिक स्थिरता र नयां संविधान निर्माणको विषयमा प्रमुख राजनीतिक पार्टिहरुको ध्यानाकर्षण गराउंदै आएको छ ।

दोश्रो संविधान सभाको पहिलो वैठकबाट एक वर्षभित्र नयां संविधान जारी गर्ने प्रमुख राजनीतिक दलहरुको प्रतिवद्धताले आम नेपाली जनता निकै उत्साहित भएको तर नयां संविधान जारी गर्ने घोषित मिति २०७१ माघ ८ गते आईपुग्न एक महिना मात्र बांकी रहेको अवस्थामा संविधानका अन्तरवस्तुमा सहमति हुन नसक्दा आम नेपालीमा निराशा बढ्न गएको छ । समयमै संविधान निर्माण गरि मुलुकलाई आर्थिक क्रान्तितर्फ लैजान वारम्वार भन्दै आएको निजी क्षेत्र पछिल्लो समय राजनीतिक दलहरु बीच सहमती बन्न नसक्दा थप चिन्नित भएको छ ।

मुलुकको आर्थिक विकास र समग्र हितको लागि नयां संविधान जारी गर्ने काममा ढिलाई गर्न नहुने र घोषित मितिमा नै संविधान जारी हुनुपर्नेमा निजी क्षेत्रको पनि जोड छ । समयमा संविधान निर्माण हुन नसक्दा राज्यले ठूलो मुल्य चुकाउनु परेको र अर्थतन्त्र थप ओराला तर्फ लाग्दै गएको जगजाहेरनै छ । समग्रमा मुलुकभित्र उद्योग व्यवसाय विस्तार हुन नसकी रोजगारी सृजना नहुंदा मुलुकका होनाहार यूवाहरु अरुको देशको विकासमा रगतपसिना चुहाउन वाध्य हुनुपरेको यथार्थता हाम्रै सामुन्ने छ ।

मुलुक निर्माणको प्रमुख आधार संविधान निर्माण कार्यलाई अव कुनै पनि वहानामा पर धकेल्न पाइदैन । घोषित मितिमै संविधान जारी गर्न राजनीतिक दलहरुमा थप दवाव सृजना होस भन्ने उद्देश्यले महासंघले प्रमुख राजनीतिक दलका शीर्षस्थ नेताहरुको प्रत्यक्ष सहभागितामा भोली पौष ७ गते सोमवारका दिन काठमाडौंमा एक वहस कार्यक्रमको आयोजना गरेको छ ।

मुलुकका प्रमुख राजनीतिक दलहरु क्रमश: नेपाली कांग्रेस, नेपाल कम्युनिष्ट पार्टी(एमाले), एकिकृत नेपाल कम्युनिष्ट पार्टी(माओवादी), मधेशवादी दलहरु समेतको सहभागितामा हुने उक्त वहस कार्यक्रम दिनको २:०० बाट होटल, सोल्टिमा हुनेछ । कार्यक्रमलाई केही संचार माध्यमहरुबाट प्रत्यक्ष प्रशारण गरिने कार्यक्रम पनि छ ।

कार्यक्रममा राजनीतिक दलका नेताहरु सहित, समाजका लव्ध प्रतिष्ठित व्यक्तिहरु, उद्यमी व्यवसायीहरु, विभिन्न संघ संस्थाका प्रतिनिधिहरु, विभिन्न जिल्लाका उद्योग वाणिज्य संघका पदाधिकारीहरु, महासंघका वर्तमान तथा पूर्व पदाधिकारीहरु, कार्य समिति सदस्यहरुको सहभागिता रहने छ ।

 © Copyright 2005-2014. All Rights Reserved. FNCCI.
Best Viewed in 1024 x 768.