महासंघका अध्यक्ष पाण्डेसंग नेपालका लागि विश्व बैंकका देशिय प्रवन्धक टाकुया कमाता (Takuya Kamata, Country Manager, The Word Bank) ले आज महासंघ सचिवालयमा भेट गर्नुभई नेपालको आर्थिक विकासमा विश्व बैंकको सहयोगका विषयमा छलफल गर्नुभयो । महासंघका उपाध्यक्ष किशोर प्रधान, महासंघका महानिर्देशक डा. हेमन्त दवाडी र विश्व वैक नेपाल कार्यालयका प्रतिनिधि आशिष रौनियारको उपस्थिति रहेको सो भेटवार्तामा नेपालको आर्थिक विकासका लागि राजनीतिक स्थिरता, नीतिगतसुधारमा जोड दिइयो ।