नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष प्रदीपजंग पाण्डेसंग नेपाल भ्रमणमा आएको चाइना काउन्सिल फर प्रमोशन इन्टरनेशनल ट्रेड (China Council for Promotion of Intenational Trade-CCPIT) यूनान सव-काउन्सिल (Sub–Council) का अध्यक्ष वाङ काइलावाङ (Mr. Wang Kailiang, Chairman,CCPIT Yunan Sub Council) को नेतृत्वमा आएको चिनियां प्रतिनिधिमण्डल बीच महासंघ सचिवालयमा भेटवार्ता सम्पन्न भयो ।
महासंघका उपाध्यक्ष किशोर प्रधान, महासंघको मेला समितिका सभापति केशवराज पाण्डे र सदस्यहरु, महासंघको कार्यकारिणी समिति सदस्यहरु, महानिर्देशक डा. हेमन्त दवाडी उपस्थित रहनु भएको सो अवसरमा आगामी जुनमा चीनको यूनानमा हुने चाइना साउथ एशिया वीजनेश फोरम तथा चीन दक्षिण एक्सपो-२०१५ मा नेपालको सहभागिताका विषयमा छलफल भयो ।
सो अवसरमा काउन्सिलका तर्फबाट महासंघलाई उक्त बैठक तथा एक्सपोमा उच्चस्तरीय व्यवसायिक प्रतिनिधिमण्डलका साथ सहभागिताका लागि निम्तो समेत दिइयो । महासंघका तर्फबाट चीन दक्षिण एक्सपोमा भागलिन चाहना राख्ने नेपाली व्यवसायीहरुको संख्या प्रत्येक वर्ष बढ्दै गएकाले २०१५ को संस्करणमा नेपाललाई बढी भन्दा बढी स्टल उपलव्ध गराउन अनुरोध समेत गरियो । साथै महासंघका तर्फबाट नेपाल उद्योग वाणिज्य महासंघको आयोजनामा आगामी मार्चमा काठमाडौंमा आयोजना हुने नेपाल अन्तर्राष्ट्रिय व्यापार मेलामा युनानको सहभागिताका लागि अनुरोध समेत गरियो ।
सो अवसरमा सीसीपीआइटीका तर्फबाट चीन दक्षिण एक्सपो-२०१५ आयोजना गर्ने स्थल नयां निर्माण हुन लागेको जानकारी गराउंदै एक्सपोमा नेपालबाट बढी भन्दा बढी सहभागिताका लागि काउन्सिलले प्रयास गर्ने विश्वास दिलाइयो । एक्सपोमा प्रत्येक वर्ष महासंघको सक्रिया पहलमा भएको सहभागिता प्रति आफूहरु अत्यन्त उत्साहित भएको र एक्सपो द्विपक्षीय आर्थिक तथा व्यवसायिक सम्बन्ध विस्तारमा प्रभावकारी माध्यम हुंदै गएको वताइयो । चीन र दक्षिण एशियाका राष्ट्रहरु बीच नियमित सम्पर्क विस्तार, व्यवसायिक प्रवद्र्धन तथा लगानीका सम्भाव्य क्षेत्रहरुमा सहकार्य गर्न चाइना साउथ एशिया वीजनेश फोरम प्रभावकारी बन्दै गएको धारणा चिनिया तर्फबाट व्यक्त गरियो ।