»
Home
»
Introduction
»
Activities
»
»
»
»
International Links
»
Tax Structures
»
Economic Indicators
»
General Information
»
Business Code of Conduct
»
Publications
»
Photo Gallery
»
Secretariat
»
Downloads
»
Membership
»
Keyword
Category















न्यानो बांडौं अभियानमा महासंघका अध्यक्ष पाण्डे प्रमुख अतिथि (२०७१/९/१६)


Cloth Distribution

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष प्रदीपजंग पाण्डेले सुनसरी पूर्व कुशाह गाविसमा एक सय ७१ परिवारलाई कम्वल वितरण गर्नुभयो । अध्यक्ष पाण्डेको प्रमुख आतिथ्यतामा अतिविपन्न परिवारलाई पौष १५ गते कम्वल वितरण गरिएको थियो ।

कम्वल वितरण कार्यक्रमलाई जिल्ला प्रशासन कार्यालय सुनसरीले सहजीकरण गरेको थियो भने नयां पत्रिका दैनिकले आफ्नो न्यानो बांडौं अभियान अन्तरगत सो कम्वल वितरण गर्ने व्यवस्था मिलाएको हो । सो कार्यक्रमलाई महासंघका अध्यक्ष पाण्डेले देशभर चिसोका कारण धेरै नेपालीले ज्यान गुमाइरहेको वेला विपन्न वर्गका नेपालीलाई न्यानो बाड्ने अभियान चलाएर नयांपत्रिकाले उदाहरणीय कार्य गरेको वताउनु भयो । अध्यक्ष पाण्डेले उद्योग, व्यापार र आर्थिक क्षेत्रमा लागेकाले सधैभरि कमाउने तर्फ ध्यानदिनुभन्दा सामाजिक सेवातर्फ पनि लाग्नु पर्नेमा उहांको जोड थियो ।

Cloth Distribution

Cloth Distribution

प्रमुख जिल्ला अधिकारीले पनि वोल्नु भएको सो कार्यक्रममा पूर्वाञ्चल उद्योग वाणिज्य संघका सल्लाहकार सुनिल अग्रवालले आफूपनि न्यानो अभियानमा सहभागी हुने प्रतिवद्धता जनाउनु भयो ।

सोहीदिन अर्थमन्त्री प्रमुख अतिथि रहनु भएको पूर्वाञ्चल क्षेत्रीय उद्योग वाणिज्य संघका नवनिर्वाचित पदाधिकारीहरुको पदस्थापन कार्यक्रमलाई विराटनगरमा संवोधन गर्नुहुंदै महासंघका अध्यक्ष पाण्डेले वंगलादेशसंग व्यापार विस्तार गर्नसके पूर्वाञ्चल क्षेत्रको आर्थिक विकासले फड्को मार्ने वताउनु भयो । अध्यक्ष पाण्डेले व्यापार घटाउने एकमात्र उपाय उर्जामा लगानी रहेको दावी पनि गर्नुभयो । बन्द, हड्ताल र आन्दोलनले मुलुकलाई अधोगतितर्फ धकेल्ने वताउनुहुंदै अध्यक्षले दलहरुले बन्द हड्तालका आन्दोलन छाड्नु पर्ने सुझाव दिनु भयो ।

महासंघका उपाध्यक्ष किशोर प्रधानले पूर्वाञ्चलको विकासका लागि जोगवनी किमाथांका सडक विस्तारका लागि १५ वर्षदेखि आवाज उठाउंदै आएपनि त्यसको सुनुवाई नभएको गुनासो गर्नुभयो । मोरंग व्यापार संघका अध्यक्ष एवं सभासद पवन सारडाले जुट उद्योगमा सरकारले दिंदै आएको सहुलियत नदिएका कारण उद्योगहरु संकटमा पर्न थालेको वताउनु भयो ।

प्रमुख अतिथि अर्थमन्त्री डा. महतले अव आयातमुखि भन्दा पनि निर्यातमुखी उद्योग व्यवसायतिर लाग्न उद्यमी व्यवसायीलाई आग्रह गर्नुभयो । निर्यातकर्ताहरुलाई थप सुविधा दिने तयारी भैरहेको पनि जानकारी गराउनु भयो ।

सो अवसरमा पूर्वाञ्चल क्षेत्रीय उद्योग वाणिज्य संघका कार्यवाहक निवर्तमान अध्यक्ष राजेन्द्र राउतले नवनिर्वाचित अध्यक्ष टंक दुलाललाई पद हस्तान्तरण गर्नुभयो ।

 © Copyright 2005-2014. All Rights Reserved. FNCCI.
Best Viewed in 1024 x 768.