»
Home
»
Introduction
»
Activities
»
»
»
»
International Links
»
Tax Structures
»
Economic Indicators
»
General Information
»
Business Code of Conduct
»
Publications
»
Photo Gallery
»
Secretariat
»
Downloads
»
Membership
»
Keyword
Category















राष्ट्रपतिबाट पूर्वाञ्चल क्षेत्रीय व्यापार मेलाको धनकुटामा समुद्घाटन : दलगत स्वार्थबाट माथि उठेर समयमै संविधान दिन महासंघका अध्यक्ष पाण्डेको आग्रह (२०७१/९/२३)


Dhankuta Mahotshav 2071

पूर्वाञ्चल क्षेत्रीय औद्योगिक व्यापार मेला एवं कृषि प्रदर्शनी तथा धनकुटा महोत्सवको राष्ट्रपति डा. रामवरण यादवले एक विशेष समारोहका बीच आज धनकुटामा समुद्घाटन गर्नुभयो । धनकुटा उद्योग वाणिज्य संघको तत्वावधानमा नेपाल सरकार वाणिज्य तथा आपूर्ति मन्त्रालय र नेपाल उद्योग वाणिज्य महासंघ र अन्य विभिन्न संघ संस्थाको सहभागितामा आयोजना भएको मेलाको समुद्घाटन समारोहलाई संवोधन गर्नुहुंदै प्रमुख अतिथि राष्ट्रपति डा. यादवले पूर्वाञ्चल क्षेत्रको आर्थिक विकासका लागि कृषि र पर्यटन महत्वपूर्ण आधार भएको बताउनु भयो ।

मेला महोत्सवले यस क्षेत्रको सम्भाव्यताको उजागर गर्न सघाउ पुरयाउने भन्दै राष्ट्रपतिले राजनीतिक स्थिरता हुन सकेमा मुलुक चांडै आर्थिक रुपमा सम्पन्न हुने धारणा राख्नु भयो । उहांले मुलुकको कृषि पेशालाई निर्वाहमुखी भन्दा पनि व्यवसायीकरण वनाउने तर्फ नीति निर्माताहरुको ध्यान केन्द्रीत गर्नुभयो ।

वाणिज्य मन्त्री सुनिलबहादुर थापाले पांच विकास क्षेत्रमा आयोजना हुने क्षेत्रीय मेला अन्तरगत यस पटक पूर्वाञ्चल क्षेत्रीय मेला धनकुटामा आयोजना गरिएको जानकारी गराउंदै महासंघ समेतको सहयोगमा यस्ता मेलालाई आगामी दिनमा थप प्रभावकारी वनाउंदै लैजाने प्रतिवद्धता जनाउनु भयो ।

महासंघका अध्यक्ष प्रदीपजंग पाण्डेले महोत्सवले स्थानीय सम्भाव्यताको उजागर गर्नुका साथै निजी क्षेत्रमा प्रतिस्पर्धाको वातावरण सृजनामा समेत सहयोग गर्ने हुंदा महासंघले आफ्ना सदस्यहरुको अगुवाईमा मुलुकभर मेला महोत्सवको आयोजनामा विशेष जोड दिएको वताउनु भयो ।

Dhankuta Mahotshav 2071

अध्यक्ष पाण्डेले यस वर्ष मात्र करिव तीन दर्जन मेला महोत्सव मुलुकभर आयोजना हुने जानकारी गराउनु हुंदै मेला महोत्सवलाई व्यवस्थित आयोजना गर्न सुविधासम्पन्न प्रदर्शनीस्थल निर्माणको माग गर्नुभयो । मुलुकभित्र लगानीको वातावरण वन्दै गएको, आगामी दुई वर्ष भित्रमा लोडसेडिङको अन्त्य हुने भन्दै अध्यक्षले राजनीतिक दलहरुलाई दलगत स्वार्थबाट माथि उठेर समयमै संविधान दिन आग्रह गर्नुभयो । मुलुक वनाउने यीनै राजनीतिक दलहरु र नेपाली जनाताले नै हो तर दलहरु आजसम्म पनि सहमतीका नाउंमा अल्झिरहेको तर्फ चिन्ता प्रकट गर्दै वन्द हड्तालको आव्हानबाट मुलुकलाई अन्धकार तर्फ नलैजान आग्रह गर्नुभयो ।

दोश्रो संविधानसभाको निर्वाचनमा जनतासमक्ष गरेको वाचा नभुल्न समेत उहांले दलहरुको ध्यानाकर्षण गराउनु भयो । लम्विदो राजनीतिक संक्रमणले विस्तारै वन्दै गरेको व्यवसायिक वातावरणमा असर पर्ने तथा लगानीकर्ता हच्कनेतर्फ सचेत गराउंदै जतिसक्दो छिटो संक्रमणकालको अन्त्य गर्न उहांले दलहरु समक्ष आग्रह समेत गर्नुभयो ।

महासंघको पूर्वाञ्चल क्षेत्रीय उद्योग वाणिज्य संघका अध्यक्ष टंक दुलालले पूर्वाञ्चल महोत्सवले समग्रमा पूर्वाञ्चलको आर्थिक गतिविधि बढाउनुको साथै पूर्वाञ्चलका सम्भाव्यताको उजागर गर्ने वताउनु भयो ।

कार्यक्रममा धनकुटा जिल्लाका सभासदहरु धनमाया विक, टिकाराम चेम्जोङ, मनोहर नारायण श्रेष्ठ, पूर्व प्रधानमन्त्री सूर्य वहादुर थापा, धनकुटा उद्योग वाणिज्य संघका अध्यक्ष लालचन्द्र गोङवा, स्थानीय निकायका प्रमुखहरु लगायतले मेलाको सफलताको कामना गर्नु भयो ।

माघ २ गतेसम्म चल्ने मेलामा विभिन्न १५० वटा स्टल मार्फत स्थानीय, राष्ट्रिय तथा अन्तराष्ट्रिय उत्पादनहरुको प्रर्दशनी गरिएको छ । मेला अवधिभर विभिन्न प्रतियोगितात्मक कार्यक्रहरु समेत संचालन गरिने छ ।

 © Copyright 2005-2014. All Rights Reserved. FNCCI.
Best Viewed in 1024 x 768.