»
Home
»
Introduction
»
Activities
»
»
»
»
International Links
»
Tax Structures
»
Economic Indicators
»
General Information
»
Business Code of Conduct
»
Publications
»
Photo Gallery
»
Secretariat
»
Downloads
»
Membership
»
Keyword
Category















फागुन २८ देखि नेपाल अन्तर्राष्ट्रिय व्यापार मेला : राष्ट्रिय अर्थतन्त्रमा मेला महोत्सवले तरंग ल्याइदिएको छ - अध्यक्ष पाण्डे (२०७१/९/२४)


NITF 2015

नेपाल उद्योग वाणिज्य महासंघको आयोजनामा फागुन २८ देखि चैत्र २ गतेसम्म काठमाडौंको भृकुटीमण्डपमा नेपाल अन्तर्राष्ट्रिय व्यापार मेला आयोजना हुने भएको छ । नेपाल सरकार/वाणिज्य तथा आपूर्ति मन्त्रालय, व्यापार तथा निकासी प्रवद्र्धन केन्द्रको सहयोगमा विभिन्न जिल्ला उद्योग वाणिज्य संघ एवं बस्तुगत संघहरुको सह-आयोजनामा क्यालेन्डर इभेन्टको रुपमा उक्त मेला आयोजना हुंदै आएको छ । यो चौथो संस्करण हो । मेलामा सहभागी हुन चाहने स्वदेशी एवं विदेशी कम्पनीहरुका लागि आजैबाट स्टल खुला समेत गरिएको छ ।

मेलाका वारे जानकारी गराउने उद्देश्यले आज महासंघ सचिवालयमा आयोजित पत्रकार सम्मेलनलाई संवोधन गर्नुहुंदै महासंघका अध्यक्ष प्रदीपजंग पाण्डेले मेलाले नेपाललाई एउटा व्राण्डको रुपमा स्थापित गर्ने विश्वास प्रकट गर्नुभयो । मेलाले आर्थिक गतिविधि बढाउने, स्वदेशी वस्तु तथा उत्पादनको प्रवद्र्धन गर्ने, लुकेर रहेको सृजनालाई उजागर गर्ने र समग्रमा राष्ट्रिय अर्थतन्त्रको उत्थानमा सहयोग पुरयाउने दावी अध्यक्षले गर्नुभयो । मेलामा राष्ट्रिय अन्तर्राष्ट्रिय उद्योग प्रतिस्ठानहरुको सहभागिताबाट प्रविधि तथा लगानी आकर्षणमा समेत सहयोग पुग्ने विश्वास उहांको थियो ।

NITF 2015

३०० सय भन्दा बढी स्टल मार्फत मेलामा स्वदेशी एवं विदेशी वस्तु तथा सेवाको प्रदर्शनी हुनेछ । मेलामा भारत, चीन, वंगलादेश, पाकिस्तान, मलेसिया, भुटान, ताइवान लगायतका देशका कम्पनीहरुको स्टल सहभागिता तथा चीन, जापान, कोरिया, थाइल्याण्ड लगायतका देशहरुबाट खरिदकर्ताहरुले मेलाको अवलोकन गर्ने छन् । नेपाल अन्तराष्ट्रिय व्यापार मेलाको मुख्य आकर्षणमा जडीवूटी प्रदर्शनी हुनेछ जसमा विभिन्न ६५ वटा स्टल मार्फत उत्पादनकर्ता, प्रशोधनकर्ता र निर्यातकर्ताको सहभागिता रहने छ ।

महासंघका उपाध्यक्ष किशोर कुमार प्रधानले मेलाले मुलुकलाई वाह्य रुपमा समेत चिनाउन सहयोग गर्ने विश्वास प्रकट गर्नुभयो ।

नेपाल सरकारको सहयोगमा हुने मेलामा वाणिज्य तथा आपूर्ति मन्त्रालयले निर्यातयोग्य भनि पहिचान गरेका वस्तु तथा सेवाहरु (एनटीआइएस) को प्रचार प्रसार तथा तीनको अन्तराष्ट्रिय खरिदकर्तासंग प्रत्यक्ष अन्तरक्रिया गराउने लक्ष्य मेलाको छ । ती बस्तुहरुको प्रदर्शनीको लागि छुट्टै पेभेलियन बनाईने छ ।

मेलालाई नेपालमा लगानी आकर्षण तथा अन्तराष्ट्रिय व्यवसायिक सम्बन्ध विस्तारमा एक महत्वपूर्ण कडीका रुपमा हेरिएको छ । मेलाका अवसरमा विभिन्न देशबाट आउने व्यापारिक प्रतिनिधिहरुसंग भेटघाट तथा द्विपक्षीय व्यापार प्रवद्र्धन तथा लगानी वारे छलफल हुने छ । नेपाल सरकारको सहभागितामा यो मेलालाई निरन्तर रुपमा अगाडी बढाउने महासंघको योजना छ । मेलालाई अन्तर्राष्ट्रिय व्राण्डको रुपमा लैजाने योजना अनुसार यस वर्षदेखि दुवईस्थित अन्तर्राष्ट्रिय Event Group, Orange Event ले मेलाको व्यवस्थापन हेर्ने भएको छ ।

महासंघको कृषि उद्यम केन्द्रका सभापति भवानी राणाले मेलाको अवसरमा नेपाली उद्योगी व्यवसायी तथा विभिन्न देशहरुबाट आउने उद्योगी व्यापारी बीच B2B Meeting मा विशेष जोड दिने विश्वास दिलाउनु भयो ।

महासंघको व्यापार मेला समितिका सहसभापति मनिषलाल प्रधानले मेलामा नेपालले निर्यात योग्य भनि पहिचान गरिएका अदुवा, कफी, हस्तकला लगायत हर्वल, एक गाउं एक उत्पादन, हिमाली, महिला उद्यमीहरुका उत्पादन लगायतका वस्तुहरुको विशेष प्रवद्र्धन गरिने जानकारी गराउनु भयो । यस वर्षको मेलामा स्वदेशी र विदेशी गरि २ लाख अवलोकनकर्ताहरुले अवलोकन गर्ने लक्ष्य राखिएको छ ।

महासंघको सदस्य नेपाल हस्तकला महासंघ र नेपाल जडीवूटी उत्पादक संघ यस वर्षको मेलाको सहआयोजक रहने छन् । महासंघकै नेतृत्वमा विगत १२ वर्षदेखि मुलुकभित्र हरेक वर्ष क्षेत्रीयस्तर, जिल्लास्तर एवं बस्तुगत गरी करिव ३० देखि ४० वटा मेलाहरु देशका विभिन्न भागमा आयोजना हुदै आईरहेका छन् । केहि मेला सम्पन्न भै सकेका छन् भने केहि तयारी गर्दै रहेका छन् ।

महासंघले सफलतापूर्वक सम्पन्न गरेका यस अघिका मेलामा वंगलादेश, पाकिस्तान, भुटान, चीन, भारत र कोरियाका कम्पनीहरुले भाग लिएका थिए । मेलामा नेपाली निर्यात योग्य बस्तुहरुका साथै बहुराष्ट्रिय नेपाली कम्पनीहरुको समेत उल्लेख्य सहभागिता थियो । मेलाबाट नेपालमा अन्तर्राष्ट्रिय लगानी तथा प्रविधि आकर्षण गर्न, नेपाली उत्पादनहरुको अन्तर्राष्ट्रिय बजार प्रवद्र्धन गरी समग्रमा मुलुकको अर्थतन्त्रलाई माथि उठाउन सघाउ पुर्‍याउने अपेक्षा महासंघको छ ।

 © Copyright 2005-2014. All Rights Reserved. FNCCI.
Best Viewed in 1024 x 768.