»
Home
»
Introduction
»
Activities
»
»
»
»
International Links
»
Tax Structures
»
Economic Indicators
»
General Information
»
Business Code of Conduct
»
Publications
»
Photo Gallery
»
Secretariat
»
Downloads
»
Membership
»
Keyword
Category















इजरायलका कृषि मन्त्रीसंग काठमाडौंमा छलफल सम्पन्न: नेपालको कषिलाई व्यवसायिक वनाउन सहयोग गर्ने इजरायली मन्त्रीको प्रतिवद्धता (२०७१/९/२५)


नेपालको दुई दिने भ्रमणमा रहनु भएका इजरायलको कृषि तथा ग्रामिण विकास मन्त्री एमके येर समिर (MK Yair Shamir, Ministry of Agriculture and Rural Development of Israel) संग नेपाल उद्योग वाणिज्य महासंघ/कृषि उद्यम केन्द्रले आज काठमाडौंमा एक छलफल कार्यक्रमको आयोजना गर्‍यो । नेपाल र इजरायल बीच कृषिमा लगानीको खोजी गर्ने उद्देश्यले आयोजना गरिएको Business Seminar on "Cooperation between Nepal and Israel: Development of Agricultural Sector" कार्यक्रममा दुवै देशका सरकारी तथा कृषि क्षेत्रमा आवद्ध निजी क्षेत्रका व्यवसायीहरुको सहभागिता थियो ।

Nepal & Israel Agro

सो कार्यक्रमलाई संवोधन गर्नुहुंदै इजरायली कृषि मन्त्री समिरले नेपालको निर्वाहमुखी कृषिलाई व्यवसायिक बनाउन इजरायलले आधुनिक प्रविधिमा सहयोग गर्ने बताउनु भयो । इजरायलको कृषि तथा ग्रामिण विकास मन्त्री समिरले नेपालका युवालाई कृषि तालिम दिइरहेको बताउँदै प्रविधिमा समेत सहयोग गर्ने बताउनु भयो । इजरायलको प्रविधि नेपाललाई सिकाउन पाउँदा खुसी लागेको बताउंदै नेपालका युवालाई इजरायलमा लगेर कृषि तालिम दिइरहेका छौं उहांले भन्नु भयो - आफ्नो शीप नेपाललाई सिकाउन पाउँदा हामी खुसी लागेको छ ।

नेपालको कृषि उत्पादन र कृषि प्रविधिको विकासमा सघाउ पुर्‍याउन इजरायल सधै तत्पर रहेको उहांले जानकारी दिनु भयो । दुई देशका सरकारले निजी क्षेत्रलाई कृषिमा सहयोग र लगानीको बातावरण बनाउन भूमिका खेल्नु वास्तवमै राम्रो अवसर भएको उहांको धारणा थियो । इजरायलको कृषि प्रविधि नेपालले भित्र्याउन चाहे सक्दो सहयोग गर्ने पनि उहांले बताउनु भयो । प्रभावकारी र सुक्षम सिचाई प्रविधि, पानीको स्रोत व्यवस्थापन, उच्च उत्पादन विधि, पोष्ट हार्भेस्ट, आधुनिक डेरी फार्मिङमा आफ्नो देशसंग निकै ठूलो अनुभव रहेकाले नेपालले चाहे यी क्षेत्रमा प्रविधि हस्तान्तरण गर्न सकिने स्पष्ट पार्नुभयो । उहाका अनुसार हाल पाँच सय नेपाली साना किसान इजरायको प्रविधि सिकिरहेका छन् ।

कार्यक्रममा कृषि विकास मन्त्री हरीप्रसाद पराजुलीले इजरायलको आधुनिक कृषि प्रविधि लोभलाग्दो भएको बताउनु भयो । ‘हामी निर्वाहमुखी कृषिलाई व्यावसायीक रुपमा अगाडी बढाउने अभियानमा छौं, यसका लागि इजरायलको आधुनिक प्रविधि हाम्रा लागि महत्वपूर्ण हुन सक्छ, कृषि मन्त्रीले भन्नु भयो ।

नेपालको चिया र कफी आयात गर्न पनि इजरायल सकारात्मक रहेको मन्त्री पराजुलीले बताउनु भयो । त्यस्तै नेपालमा ‘कृषि हब’ निर्माणका लागि पनि इजरायले चासो दिएको उहांले जानकारी गराउनु भयो । कार्यक्रममा कृषि मन्त्रालयका सचिव जयमुकुन्द खनालले दुई देशबीच कृषिमा भएका संभावनाबारे खोजी गर्नपर्ने धारणा राख्नु भयो । इजरायलबाट यतिठूलो प्रतिनिधिमण्डल नेपाल आएको अवसरपारी दुई देशको कृषिमा के कस्ता संभावना छन् खोजी गरी एउटा संयन्त्र मार्फत अगाडी बढ्नु पर्ने धारणा सचिव खानलले राख्नु भयो ।

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष प्रदीपजंग पाण्डेले नेपालको कृषिमा लगानीको ठूलो संभावन रहेको बताउनु भयो । ‘नेपालको कृषिमा लगानीको ठूलो संभावना छ’ उहांले भन्नु भयो - ‘लगानीका लागि इजरायली व्यवसायीलाई स्वागत छ ।’ महासंघले कृषिलाई निर्वाहमुखी पेशाबाट माथि उठाई व्यवसायिक रुपमा अगाडी बढाउन आफ्ना विज्ञ इकाई कृषि उद्यम केन्द्र मार्फत काम गरिरहेको र केन्द्रलाई अझ प्रभावकारी पार्न इजरायलको सहयोग आवश्यक भएको वताउनु भयो । महासंघले केन्द्र मार्फत नेपाल सरकारको समेत सहयोगमा एक गाउं एक उत्पादन, एक जिल्ला एक उत्पादन कार्यक्रम संचालन गरिरहेको र उक्त कार्यक्रमलाई अझ बढी प्रविधियुक्त वनाउन सके थप क्षेत्रमा विस्तार गर्न सकिने उहांको धारणा थियो ।

नेपालका लागि इजरायलका राजदुत यारुम मेयर (Yarom Mayer, Israeli Ambassador to Nepal) र महासंघका उपाध्यक्ष दिनेश श्रेष्ठले समेत संवोधन गर्नु भएको कार्यक्रममा कृषि उद्यम केन्द्रका सभापति भवानी राणाले नेपाल र इजरायलका व्यवसायी बीच कृषिमा लगानीको संभाव्यता खोजीका लागि कार्यक्रम गरिएको जानकारी गराउनु भयो । नेपालका व्यवसायीसँग मिलेर इजरायली व्यवसायी कृषिमा लगानी गर्न तयार देखिएका छन्’ उहांले भन्नु भयो - लगानीका लागि नेपालको कृषिमा ठूलो संभावना देखिएकाले इजरायली प्रविधि ल्याएर व्यावसायीक कृषिलाई अगाडी बढाउने धारणा राख्नु भयो ।

इजरायल कूल कृषि उत्पादन मध्ये १० प्रतिशत मात्रै खपत गरी ९० प्रतिशत निर्यात गर्ने मुलुक हो । कम लागतमा उच्च उत्पादन गर्नु इजरायली कृषिको विशेषता हो । सन् २०१० देखि नेपाल - इजरायलबीच कृषिमा सहयोग आदान - प्रदान गर्नेबारे सम्झौता भएको छ । कार्यक्रममा नेपालको कृषिबारे अध्ययन गरी लगानी गर्ने उद्देश्यले इजरायलबाट पाँच कृषि उद्यमी उपस्थित थिए । त्यस अवसरमा दुवै देशका कृषि क्षेत्रमा संलग्न व्यवसायीहरु बीच व्यवसायिक भेटवार्ता (One to One Meeting) समेत भएको थियो । कार्यक्रममा इजरायली कम्पनीहरु A.R.I. Flow Control Accessories Ltd, Afimilk Ltd, Eshet Eilon, NaanDan Jain, Xmatch Genetics Ltd, Israel Export & International Cooperation Institute ले दुई देश बीच कृषिमा सहकार्यका सम्बन्धमा प्रस्तुतीहरु दिएका थिए ।

 © Copyright 2005-2014. All Rights Reserved. FNCCI.
Best Viewed in 1024 x 768.