»
Home
»
Introduction
»
Activities
»
»
»
»
International Links
»
Tax Structures
»
Economic Indicators
»
General Information
»
Business Code of Conduct
»
Publications
»
Photo Gallery
»
Secretariat
»
Downloads
»
Membership
»
Keyword
Category















निजी क्षेत्रसंगको सहयकार्यलाई अझ मजवूद वनाउने फ्रेडरिक नउमान फाउण्डेशनको प्रतिवद्धता (२०७१/९/३०)


FNF

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष प्रदिपजंग पाण्डे र जर्मन सहयोग संस्था फ्रेडरिक नउमान फाउण्डेशन (Friedrich Naumann Foundation) का क्षेत्रीय निर्देशक डा. रोनाल्ड मेनार्डस (Dr. Ronald Meinardus) बीच महासंघको सचिवालयमा भएको भेटवार्तामा नेपालको आर्थिक/व्यवसायिक वातावरणका विषयमा छलफल भयो ।

क्षेत्रीय निर्देशक डा. मेनार्डसको स्वागत गर्नुहूंदै महासंघका अध्यक्ष पाण्डेले नेपालमा औद्योगिक सम्बन्ध सुधार गर्न तथा साना तथा मझौला व्यवसायको विकासमा फ्रेडरिक नउमान फाउण्डेशनले विगतमा महासंघलाई गरेको सहयोगको प्रशंसा गर्नुभयो । अध्यक्ष पाण्डेले महासंघले फ्रेडरिक नउमान फाउण्डेशनको सहयोगमा औद्योगिक सम्बन्ध सुधारका विषयमा शुरुवात गरेको कार्यले आज यस क्षेत्रमा सकारात्मक परिणामहरु देखा परेको धारणा व्यक्त गर्नु भयो ।

अध्यक्ष पाण्डेले नेपालमा लगानीको वातावरणमा सुधार आइरहेको बताउदै समयमा नै संविधान बनाउन निजी क्षेत्रले वकालत गर्दै आएको र नेपालमा निजी क्षेत्रको विकास र नेपालको आर्थिक क्षेत्रको प्रगतिका लागि महासंघ फ्रेडरिक नउमान फाउण्डेशनसंग सहकार्य गर्न तत्पर रहेको बताउनु भयो । अध्यक्षले नेपाल संघीयतामा जांदा कस्तो किसिमको संघीय कर प्रणाली कार्यान्वयन गर्नु पर्छ भन्ने विषयमा महासंघले आफ्नो धारणा तयार गर्ने क्रममा रहेको समेत बताउनु भयो ।

कार्यक्रममा महासंघका निवर्तमान अध्यक्ष एवं सार्क उद्योग वाणिज्य संघका वरिष्ठ उपाध्यक्ष सुरज वैद्यले फ्रेडरिक नउमान फाउण्डेशनले सार्क चेम्बरको स्थापनादेखि पुऱ्याउदै आएको सहयोगप्रति धन्यवाद व्यक्त गर्नु भयो । उहांले सार्कको हालै सम्पन्न सम्मेलनबाट यस क्षेत्रमा नयां आशा पलाएको बताउंदै सार्क चेम्बरको क्रियाकलापलाई प्रभावकारी र परिणामुखी बनाउन फ्रेडरिक नउमान फाउण्डेशनको अझ बढी सहयोगको अपेक्षा गर्नु भयो ।

क्षेत्रीय निर्देशक डा. मेनार्डसले महासंघ र फ्रेडरिक नउमान फाउण्डेशन बीच गहिरो र लामो सम्बन्ध रहेको बताउनु हुदै आफ्नो कार्यकालमा यो सम्बन्धलाई अझ प्रगाढ बनाउन आफू सक्रिय रहने बताउनु भयो । साथै उहांले नेपालमा आफ्नो संस्था निजी क्षेत्रको विकास, खुला अर्थतन्त्रको प्रर्वद्धन गर्ने जस्ता कार्यमा सक्रिय रहेको बताउनु हुदै नेपालको आर्थिक विकास एवं दक्षिण एशियामानै क्षेत्रीय सहयोग विस्तार गर्ने कार्यमा सहभागी हुन तत्पार रहेको बताउनु भयो ।

सो अवसरमा महासंघको विशिष्ट सदस्य एवं पूर्व अध्यक्ष चण्डिराज ढकाल, कृषि उद्यम केन्द्रका सभापति भवानी राणा र महानिर्देशक डा. हेमन्त दवाडी समेतको सहभागिता रहेको कार्यक्रममा उहांहरुले नेपालको आर्थिक वातावरण र नेपालको आर्थिक सभाव्यताका विषयमा आआफ्नो धारणा राख्नु भएको थियो ।

 © Copyright 2005-2014. All Rights Reserved. FNCCI.
Best Viewed in 1024 x 768.