»
Home
»
Introduction
»
Activities
»
»
»
»
International Links
»
Tax Structures
»
Economic Indicators
»
General Information
»
Business Code of Conduct
»
Publications
»
Photo Gallery
»
Secretariat
»
Downloads
»
Membership
»
Keyword
Category















घोराही सिमेन्ट इण्डष्ट्रिजका उत्पादन रोकिएकोप्रति महासंघको गम्भीर ध्यानाकर्षण (२०७१/१०/५)


दाङस्थित घोराही सिमेन्ट इण्डष्ट्रिज प्रा.लि.ले सगरमाथा सिमेन्टको नाउंबाट सिमेन्ट उत्पादन गरि गुणस्तरीय सिमेन्ट विक्री वितरण गर्दै आइरहेकोमा गत पौष १६ गतेदेखि दाङस्थित चुनढुंगा बोक्ने ट्रिपर व्यवसायीहरुले अकस्मात पुरा गर्नै नसक्ने माग राखि उद्योगनै ठप्प पार्ने सम्मको कार्यगरेको प्रति यस नेपाल उद्योग वाणिज्य महासंघको गम्भीर ध्यानाकर्षण भएको छ ।

व्यवस्थापन पक्षले पुरा गर्नै नसक्ने माग राखी आवागमनमा अवरोध गर्ने, बिक्रीका लागि बजार लैजान तयारी अवस्थामा राखेको सिमेन्ट तथा क्लिंकरलाई विक्री गर्न नदिई उद्योगलाई करोडौंको क्षतिपुर्‍याउने गतिविधिलाई कुनैपनि हालतमा क्ष्यम्म मान्न सकिदैंन । यसैत अनेकन समस्याबाट पिडीत उद्यमी व्यवसायीहरुमा यस प्रकारका जवरजस्तीपूर्ण कार्यले थप निराशा उत्पन्न हुन गई लगानीको वातावरण थप विग्रन जाने ठहर महासंघको छ । कसैलाई पनि जवरजस्ती रुपमा कानुन हातमा लिई आफूलाई मनलागेको कार्य गर्ने छुट छैन । राज्यको कानून अनुसार स्थापित उद्योग व्यवसाय निर्वाध रुपमा संचालन हुन पाउनु पर्दछ । कुनै पनि समस्याको समाधान वार्ता र छलफलका माध्यमबाट हुनुपर्नेमा महासंघ दृढ छ, खुला वजार अर्थ व्यवस्थामा कसैलाई पनि भाउ तोक्ने र अनिवार्य गर्ने अधिकार छैन । दर भाउ वजार आफैले निर्धारण गर्दछ, कसैलाई पनि जवरजस्ती गर्ने कार्यको महासंघ घोर निन्दा एवं भत्सर्ना गर्दछ ।

अत: वार्ता र संवादका माध्यमबाट समस्या समाधानका लागि सम्बन्धित पक्षसंग अनुरोध गर्दै आवागमनमा गरिएको अवरोध विनाशर्त तत्काल सुचारु गर्न महासंघ आग्रह गर्दछ, साथै यसरी जवरजस्ती उद्योग व्यवसायनै अवरोध गर्ने कार्यलाई निस्तेज गरि निर्वाध उद्योग व्यवसाय सुचारु गर्ने वातावरण वनाउन महासंघ नेपाल सरकार समक्ष माग समेत गर्दछ ।

 © Copyright 2005-2014. All Rights Reserved. FNCCI.
Best Viewed in 1024 x 768.