»
Home
»
Introduction
»
Activities
»
»
»
»
International Links
»
Tax Structures
»
Economic Indicators
»
General Information
»
Business Code of Conduct
»
Publications
»
Photo Gallery
»
Secretariat
»
Downloads
»
Membership
»
Keyword
Category















आर्थिक विकासमा अघि बढ्न आर्थिक जागरणको आवश्यकतामा जोड (२०७१/१०/५)


नेपाल उद्योग वाणिज्य महासङ्घका अध्यक्ष प्रदीपजङ्ग पाण्डेले आर्थिक विकासमा अघि बढ्न आर्थिक जागरणको आवश्यकतामा जोड दिनु भएको छ । वीरगंज उद्योग वाणिज्य संघको नवनिर्वाचित पदाधिकारीहरुको पदस्थापन कार्यक्रमलाई माघ ५ गते बीरगंजमा आयोजित कार्यक्रमलाई संवोधन गर्नुहुंदै प्रमुख अतिथि अध्यक्ष पाण्डेले सो कुरा वताउनु भयो ।

Oath Taking

अध्यक्ष पाण्डेले वीरगंज उद्योग वाणिज्य सङ्घले अनुकरणीय सक्रियता देखाएको भन्दै विकासका साझा अवधारणामा महासङ्घले सहकार्य गर्ने वताउनु भयो । अध्यक्ष पाण्डेले औद्योगिक तथा व्यावसायिक क्षेत्रका समस्या समाधानको अभियानमा सबैभन्दा पहिला निजी क्षेत्रबीच नै समन्वय हुनुपर्ने धारणा राख्नु भयो ।

प्रमुख अतिथि महासंघका अध्यक्ष पाण्डेको समुपस्थितिमा संघका नव निर्वाचित अध्यक्ष प्रदीपकुमार केडिया, वरिष्ठ उपाध्यक्ष ओमप्रकाश शर्मा, सचिव अनिल अग्रवाल, दिपक डिवरेवाल, कोषाध्यक्ष सुनिल खेतान, सहकोषाध्यक्ष प्रेमचन्द गोयल, सहसचिव मनोज शर्मा र अरविन्द अमात्यले सपथ लिनु भएको थियो ।

महासंघको मध्यमाञ्चल क्षेत्रीय उद्योग वाणिज्य सङ्घका अध्यक्ष अरुणराज सुमार्गीले आर्थिक विकासका लागि सहकार्यमा जोड दिनुभयो । सङ्घका निवर्तमान अध्यक्ष अशोककुमार वैध र नवनिर्वाचित अध्यक्ष केडियाले आर्थिक विकासका लागि सरोकारवालाहरुसंगको सहकार्यमा जोड दिनु भयो ।

कार्यक्रममा न्यू बिजनेस एज प्रालिका अध्यक्ष मदन लम्साल, नेपाल उद्योग वाणिज्य महासङ्घको कार्यकारिणी समिति सदस्य अशोककुमार टेमानी, वीउवासङ्घका पदाधिकारी, कार्यसमिति सदस्य लगायतको सहभागिता थियो ।

वीरगञ्ज उद्योग वाणिज्य सङ्घको रोजगारदाता परिषद्को संयोजकमा सुवोधकुमार गुप्ता मनोनित हुनु भएको छ । सङ्घको नवनिर्वाचित कार्यसमितिको पहिलो बैठकले गुप्तालाई सो पदमा मनोनित गरेको हो ।

सङ्घको विधानअनुसार रोजगारदाता परिषद्को संयोजक कार्यसमितिमा तृतीय उपाध्यक्ष हुने व्यवस्था छ । गुप्तालाई सङ्घका अध्यक्ष प्रदीपकुमार केडियाले पद् तथा गोपनीयताको सपथ ग्रहण गराउनु भएको थियो ।

 © Copyright 2005-2014. All Rights Reserved. FNCCI.
Best Viewed in 1024 x 768.