»
Home
»
Introduction
»
Activities
»
»
»
»
International Links
»
Tax Structures
»
Economic Indicators
»
General Information
»
Business Code of Conduct
»
Publications
»
Photo Gallery
»
Secretariat
»
Downloads
»
Membership
»
Keyword
Category















कर फछ्र्यौट आयोग गठनको महासंघद्वारा स्वागत (२०७१/१०/२९)


नेपाल उद्योग वाणिज्य महासंघको अनुरोधपछि सरकारले कर फछर्यौट आयोग गठन गर्ने निर्णय गरेकोमा महासंघ त्यसको स्वागत गर्दछ । सरकारको राजस्व संकलनमा सघाउन र उद्यमी व्यवसायीलाई परेको अप्ठेरो समाधान गर्न महासंघले आयोग छिटो गठन हुनुपर्ने धारणा सहित आयोग गठनको विषयलाई निरन्तर रुपमा उठाउंदै आएको थियो ।

यसले नेपालमा विगत लामो समयदेखि कर फछ्र्यौट आयोग गठन नहुंदा उद्यमी व्यवसायीका दशौं हजार फाइलमा कर प्रशासन र उद्यमी व्यवसायी बीच कर परिमाणका वारेमा उत्पन्न विवाद समाधान हुने अपेक्षा महासंघको छ ।

आयोगको गठनले नेपाल सरकारको आर्थिक ऐन २०७१ ले दिएका सुविधाको दायरामा पर्न नसकेका स-साना व्यवसायीको समस्या समाधानमा समेत मद्दत मिल्ने छ । यसले ठूलो मात्रामा रहेको कर बक्यौता रकम असुलीमा समेत सरकारलाई सघाउ पुग्न गई स्वच्छ र पारदर्शी व्यवसाय गर्न मद्दत पुग्ने छ । साथै यसबाट अव मुलुकभित्र नयां उद्यम व्यवसाय गर्न, नयां लगानी भित्र्याउन थप वातावरण वन्ने विश्वास महासंघको छ । महासंघ, नवगठित आयोगलाई आवश्यक सहयोग गरि कार्य गर्ने विश्वास दिलाउंदै सम्पूर्ण उद्यमी व्यवसायीहरुलाई आयोगलाई पूर्ण सहयोग गर्न अनुरोध गर्दछ ।

 © Copyright 2005-2014. All Rights Reserved. FNCCI.
Best Viewed in 1024 x 768.