उद्योग वाणिज्य संघ नवलपरासीद्वारा नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष प्रदिपजंग पाण्डेको प्रमुख आतिथ्यतामा फागुन १२ गते संघको सचिवालयमा स्वागत एवं छलफल कार्यक्रमको आयोजना गरियो ।
संघका तत्कालिन अध्यक्ष वैजनाथ जैसवालको अध्यक्षतामा सम्पन्न स्वागत तथा छलफल कार्यक्रममा महासंघका अध्यक्ष पाण्डेले उद्योग व्यवसाय ऐन नै नहुदां उद्योगी व्यवसायीले समस्या भोग्नु परेको वताउनु भयो ।
सरकारले ऐन ल्याउने तयारी गरिरहे पनि संसद वैठक नवस्दा समयमा आउन नसकेको गुनासो गर्नुभयो । ३३ वर्ष पुरानो औद्योगिक व्यवसाय ऐन परिवर्तन गर्नका लागि ट्ेरड युनियनसंग सहमति भैसकेको जानकारी गराउनु हुंदै स्पष्ट ऐन अभावकै कारण व्यवसायीहरुले करका धेरै किसिमका झन्झट वेहोर्नु परेको बताउनु भयो । अहिले करमा रहेका समस्या सामाधानका लागि उच्चस्तरिय कर सुधार आयोग गठन भएको वताउदै आफ्नो तर्फवाट उपयुक्त सुझाव दिन व्यवसायीहरुलाई अग्रह समेत गर्नु भयो ।
नवलपरासी उ.वा.संघले उठाउदै आएको मुद्दाहरुको प्रसंगमा मुल भंसारको मान्यता पाएर पनि कार्यान्वयनमा आउन नसकेको महेशपुर मुल भंसारको आगामी आर्थिक वर्ष २०७२/०७३ भित्र कार्यान्वयनमा ल्याउने गरि पहल गर्ने विश्वास दिलाउनु भयो । जिल्लामा कर कार्यालयको आवश्यकता रहेको भन्दै कर कार्यालयको स्थापनाको लागि पनि आफु लाग्ने वताउनु भयो ।
उक्त छलफल कार्यक्रममा महासंघका पूर्व अध्यक्ष एवं विशिष्ट सदस्य चण्डिराज ढकाल, उपाध्यक्ष किशोरकुमार प्रधान, कार्यकारिणी समिति सदस्य एवं कृषि उद्यम केन्दका सभापति भवानी राणा, कृष्ण प्रसाद शर्मा, उ.वा. संघका निवर्तमान अध्यक्ष विरेन्द्र कुमार अग्रहरी, पूर्व अध्यक्षहरु उ.वा.संघका तत्कालिन कार्यकारिणी समिति, नव निर्वाचित कार्य कारिणी समिति, चन्द्रौटा उ.वा.संघका उपाध्यक्ष महादेव पोखरेल, लगायत उद्यमी व्यवसायीहरुको उपस्थिति थियो ।
तत्पश्चात सोही दिन संघको नवनिर्वाचित कार्यकारिणी समितिको पद हस्तान्तरण कार्यक्रम सम्पन्न भयो । पदस्थापन कार्यक्रममा प्रमुख अतिथिको आशनबाट महासंघका वरिष्ठ उपाध्यक्ष पशुपति मुरारकाले नवनिर्वाचित टिमलाई सफल कार्यकालको शुभकामना दिनु भयो । फेरी पनि चन्दा आतंकका लागि व्यवसायीहरुलाई चिठि पठाउन शुरु भएको भन्दै राजनीतिक दललाई व्यवसायिक वातावरण वनाई दिन वरिष्ठ उपाध्यक्ष मुरारकाले आग्रह गर्नुभयो ।
सभापतिको आशनबाट संघका तत्कालिन अध्यक्ष जैसवालले उपस्थित महानुभावलाई स्वागत मन्तव्य व्यक्त गर्नु भएको थियो । कार्यक्रममा निर्वाचन अधिकृत राधेरमण पाण्डेद्वारा नव निर्वाचित अध्यक्ष, पदाधिकारी एवं कार्य समिति सदस्यहरुलाई माला लगाई प्रमाण पत्र प्रदान गर्नुका साथै नव निर्वाचित अध्यक्ष भिम वहादुर थापालाई गोपनियताको सपथ ग्रहण गराउनु भएको थियो र नव निर्वाचित अध्यक्षद्वारा नव निर्वाचित पदाधिकारी एवं कार्य समिति सदस्यहरुलाई गोपनियताको सपथ गराउनु भएको थियो ।
समारोहमा विशिष्ठ अतिथि प्रमुख जिल्ला अधिकारी हरि प्रसाद मैनालीले निजि क्षेत्र र सरकारको सहकार्यवाट मात्रै विकास सम्भव भएकोले जिल्लामा हुने आर्थिक विकासमा साझेदार गरि अगाडी वढ्न जोड दिनु भयो ।
कार्यक्रममा महासंघका का.का.सदस्य गुणनिधि तिवारी, महेन्द्र श्रेष्ठ, लुम्विनी अंचल प्रतिनिधि कृष्ण प्रसाद श्रेष्ठको उपस्थिति रहेको थियो । कार्यक्रममा राजनितिक दलका प्रमुखहरु, संघ संस्थाका प्रमुखहरुले सफल कार्यकालको शुभकामना मन्तव्य दिनु भएको थियो । संघका वरिष्ठ उपाध्यक्ष नरेन्द्र कुमार गुप्ताले उपस्थित महानुभावहरुलाई धन्यवाद ज्ञापन सहित कार्यक्रम समापन गर्नुभएको थियो ।
त्यसअघि उद्योग वाणिज्य संघ नवलपरासीको ३३ औं वार्षिक साधारण सभा एवं १३ औं अधिवेशन माघ ९ गते उद्योग मन्त्री महेश वस्नेतको प्रमुख अतिथ्यमा सम्पन्न भएको थियो । प्रमुख अतिथि उद्योग मन्त्री महेश वस्नेतले समुद्घाटन सत्रलाई सम्वोधन गर्नु भएको थियो ।