»
Home
»
Introduction
»
Activities
»
»
»
»
International Links
»
Tax Structures
»
Economic Indicators
»
General Information
»
Business Code of Conduct
»
Publications
»
Photo Gallery
»
Secretariat
»
Downloads
»
Membership
»
Keyword
Category















दुई सातापछि काठमाडौंमा नेपाल अन्तर्राष्ट्रिय व्यापार मेला शुरु हुने (२०७१/११/१५)


नेपाल उद्योग वाणिज्य महासंघको आयोजनामा फागुन २८ देखि चैत्र २ गतेसम्म काठमाडौंको भृकुटीमण्डपमा नेपाल अन्तर्राष्ट्रिय व्यापार मेला आयोजना हुने भएको छ । नेपाल सरकार/वाणिज्य तथा आपूर्ति मन्त्रालय, व्यापार तथा निकासी प्रवद्र्धन केन्द्रको सहयोगमा विभिन्न जिल्ला उद्योग वाणिज्य संघ एवं बस्तुगत संघहरुको सह—आयोजनामा क्यालेन्डर इभेन्टको रुपमा उक्त मेला आयोजना हुन लागेको हो । यो चौथो संस्करण हो । मेलामा सहभागिताका लागि स्वदेशी विदेशी गरि २८० वटा स्टल वुक भैसकेका छन् ।

कूल ३२० स्टल मार्फत मेलामा स्वदेशी एवं विदेशी वस्तु तथा सेवाको प्रदर्शनी गरिने छ । मेलामा भारत, चीन, वंगलादेश, पाकिस्तान, मलेसिया, भुटान, ताइवान लगायतका देशका कम्पनीहरुको स्टल सहभागिता तथा चीन, जापान, कोरिया, थाइल्याण्ड लगायतका देशहरुबाट खरिदकर्ताहरुले मेलाको अवलोकन गर्ने छन् । यस वर्षको मेलाको कन्ट्रि पार्टनरको रुपमा मित्रराष्ट्र बंगलदेशले भाग लिंदैछ । नेपाल अन्तराष्ट्रिय व्यापार मेलाको मुख्य आकर्षणमा जडीवूटी प्रदर्शनी हुनेछ जसमा विभिन्न ६५ वटा स्टल मार्फत उत्पादनकर्ता, प्रशोधनकर्ता र निर्यातकर्ताको सहभागिता रहने छ ।

नेपाल सरकारको सहयोगमा हुने मेलामा वाणिज्य तथा आपूर्ति मन्त्रालयले निर्यातयोग्य भनि पहिचान गरेका वस्तु तथा सेवाहरु (एनटीआइएस) को प्रचार प्रसार तथा तीनको अन्तराष्ट्रिय खरिदकर्तासंग प्रत्यक्ष अन्तरक्रिया गराउने लक्ष्य मेलाको छ । ती बस्तुहरुको प्रदर्शनीको लागि छुट्टै पेभेलियन बनाईने छ ।

मेलालाई नेपालमा लगानी आकर्षण तथा अन्तराष्ट्रिय व्यवसायिक सम्बन्ध विस्तारमा एक महत्वपूर्ण कडीका रुपमा हेरिएको छ । मेलाका अवसरमा विभिन्न देशबाट आउने व्यापारिक प्रतिनिधिहरुसंग भेटघाट तथा द्विपक्षीय व्यापार प्रवद्र्धन तथा लगानी वारे छलफल हुने छ । नेपाल सरकारको सहभागितामा यो मेलालाई निरन्तर रुपमा अगाडी बढाउने महासंघको योजना छ । मेलालाई अन्तर्राष्ट्रिय व्राण्डको रुपमा लैजाने योजना अनुसार यस वर्षदेखि दुवईस्थित अन्तर्राष्ट्रिय Event Group, Orange Event ले मेलाको व्यवस्थापन हेर्ने छ भने मेलाको आधिकारिक एयरलाइन्समा इतेहाद, आधिकारिक विमा कम्पनीमा प्रिमियर इन्स्योरेन्स, आधिकारीक कार्गोमा गणेश कार्गो र नोर्वुलिंका, प्रायोजकमा डावर नेपाल, सहयोगीहरुमा जुजु वेयर्स, प्लाष्टिक केयर इन्डिया, प्राष्टिड वाटर सोलुशनस, टिकट स्पोन्र्समा रिडा इन्कर्पोरेटेड, आधिकारिक बैंकमा ग्लोवल आइएमई बैक रहेका छन् । यस वर्षको मेलामा स्वदेशी र विदेशी गरि २ लाख अवलोकनकर्ताहरुले अवलोकन गर्ने लक्ष्य राखिएको छ ।

महासंघको सदस्य नेपाल हस्तकला महासंघ र नेपाल जडीवूटी उत्पादक संघ यस वर्षको मेलाको सहआयोजक रहने छन् । महासंघकै नेतृत्वमा विगत १२ वर्षदेखि मुलुकभित्र हरेक वर्ष क्षेत्रीयस्तर, जिल्लास्तर एवं बस्तुगत गरी करिव ३० देखि ४० वटा मेलाहरु देशका विभिन्न भागमा आयोजना हुदै आईरहेका छन् । केहि मेला सम्पन्न भै सकेका छन् भने केहि तयारी गर्दै रहेका छन् ।

महासंघले सफलतापूर्वक सम्पन्न गरेका यस अघिका मेलामा वंगलादेश, पाकिस्तान, भुटान, चीन, भारत र कोरियाका कम्पनीहरुले भाग लिएका थिए । मेलामा नेपाली निर्यात योग्य बस्तुहरुका साथै बहुराष्ट्रिय नेपाली कम्पनीहरुको समेत उल्लेख्य सहभागिता थियो । मेलाबाट नेपालमा अन्तर्राष्ट्रिय लगानी तथा प्रविधि आकर्षण गर्न, नेपाली उत्पादनहरुको अन्तर्राष्ट्रिय बजार प्रवद्र्धन गरी समग्रमा मुलुकको अर्थतन्त्रलाई माथि उठाउन सघाउ पुर्‍याउने अपेक्षा महासंघको छ ।

 © Copyright 2005-2014. All Rights Reserved. FNCCI.
Best Viewed in 1024 x 768.