»
Home
»
Introduction
»
Activities
»
»
»
»
International Links
»
Tax Structures
»
Economic Indicators
»
General Information
»
Business Code of Conduct
»
Publications
»
Photo Gallery
»
Secretariat
»
Downloads
»
Membership
»
Keyword
Category















महासंघको कार्यकारिणी समितिको छैठौं बैठक विभिन्न महत्वपूर्ण निर्णयहरु गर्दै सम्पन्न (२०७१/११/१९)


नेपाल उद्योग वाणिज्य महासंघको कार्यकारिणी समितिको छैठौं बैठक महासंघका अध्यक्ष प्रदीपजंग पाण्डेको अध्यक्षतामा आज महासंघ सचिवालयमा सम्पन्न भयो ।

महासंघका पूर्व अध्यक्षहरु आनन्दराज मुल्मी, प्रदीपकुमार श्रेष्ठ, रविभक्त श्रेष्ठ, चण्डिराज ढकाल, वरिष्ठ उपाध्यक्ष पशुपति मुरारका, उपाध्यक्षहरु किशोर प्रधान, दिनेश श्रेष्ठ, शेखर गोल्छा र कार्यकारिणी समिति सदस्यहरु उपस्थित बैठकले देहायका निर्णयहरु गरेको छ ।

FNCCI EC Meeting

FNCCI EC Meeting

निर्णयहरु:

१. महासंघको ४९ वार्षिक साधारण सभा र उद्योग वाणिज्य दिवस २०७१ आगामी चैत्र २८ र २९ गते काठमाडौंमा आयोजना गर्ने र वार्षिक साधारण सभा तथा उद्योग वाणिज्य दिवस आयोजना समन्वयको जिम्मेवारी महासंघका वरिष्ठ उपाध्यक्ष पशुपति मुरारकालाई दिने,

२. महासंघका पूर्व अध्यक्ष आनन्दराज मुल्मीलाई महासंघको सल्लाहकार समितिको सभापतिमा, पूर्व अध्यक्ष प्रदीपकुमार श्रेष्ठलाई एफएनसीसीआई-सीआइआई संयुक्त आर्थिक परिषद (FNCCI-CII Joint Economic Council-JEC) को सहसभापतिमा, महासंघका पूर्व अध्यक्ष एवं अनुशासन समिति सभापति रविभक्त श्रेष्ठलाई नेपाल चीन गैर सरकारी सहयोग मंच (Nepal-China Nongovernmental Cooperation Forum) को संयोजकमा, महासंघका पूर्व अध्यक्ष विनोद बहादुर श्रेष्ठलाई कदर सम्मान समितिको संयोजकमा, महासंघका पूर्व अध्यक्ष कुशकुमार जोशीलाई विशिष्ट सदस्य सहित महासंघको सदस्यता समितिको सभापतिको जिम्मेवारी दिने,

३. आगामी वैशाख १ देखि लागू हुने गरि महासंघको महानिर्देशकको जिम्मेवारी महासंघका वरिष्ठ परामर्शदाता धरणीधर खतिवडालाई दिने,

४. डडेलधुराका अग्निपिडीतहरुको सहयोगार्थ उद्योग वाणिज्य संघ डडेलधुरा मार्फत रु. ३ लाख आर्थिक सहयोग दिने र यसको वितरणका लागि महासंघको कार्यकारिणी समिति सदस्य लोकराज भट्टलाई जिम्मेवारी दिने,

५. महासंघको आर्थिक विनियमावली र कर्मचारी नियमावलीलाई अन्तिम रुप दिन महासंघका उपाध्यक्ष दिनेश श्रेष्ठको संयोजकत्वमा कार्यकारिणी समिति सदस्यहरु शंकर पाण्डे, राजन शर्मा, गोपाल खनाल र महासंघका वरिष्ठ परामर्शदाता धरणीधर खतिवडा सदस्य रहनु भएको एक कार्यदल गठन गर्ने,

FNCCI EC Meeting

वैठकको प्रारम्भमा स्वागत मन्तव्य दिनुहुंदै महासंघका अध्यक्ष पाण्डेले यस बीचमा महासंघले सहमतीमा संविधान निर्माणका लागि राजनीतिक दलहरुमा दवाव दिएको, बन्द हड्ताल आव्हान नगर्न र आव्हान गरिएका बन्द हड्तालका कार्यक्रमहरु फिर्ता लिन महासंघले दवाव दिएको जानकारी गराउनु हुंदै मुलुकभर व्यवसायीहरुले भोग्नु परेका कर राजस्व लगायतका समस्या समाधानका लागि सरकारले गठन गरेको कर फछ्र्यौट आयोग मार्फत संवोधन गर्न महासंघले पहल गर्ने विश्वास दिलाउनु भयो । साथै उहांले व्यवसायीहरुले कर राजस्वमा भोग्नु परेका समस्याहरुलाई एकत्रित गर्ने कार्यमा आआफ्नो क्षेत्रमा रहेर सहयोग गर्न कार्यकारिणी समिति सदस्यहरुलाई अनुरोध समेत गर्नुभयो ।

महासंघका पूर्व अध्यक्षहरु आनन्दराज मुल्मी, प्रदीपकुमार श्रेष्ठ र रविभक्त श्रेष्ठले महासंघका सामुन्ने निकै ठूला चुनौतीहरु रहेकाले तीनको सामना गर्दै महासंघलाई एकढिक्का वनाएर प्रभावकारी ढंगमा अगाडी लैजान आफ्ना तर्फबाट सक्रिय रुपमा लाग्ने प्रतिवद्धता जनाउनु भयो । साथै बैठकमा मध्यपश्चिमाञ्चल क्षेत्रीय उद्योग वाणिज्य संघका अध्यक्ष पदम शाहीलाई महासंघको कार्यकारिणी समिति सदस्यको सपथ गराइयो ।

थप फोटोको लागि यहाँ क्लिक गर्नु होला ।

 © Copyright 2005-2014. All Rights Reserved. FNCCI.
Best Viewed in 1024 x 768.