प्रमुख राजनीतिक दलहरु बीच संवादहिनताको अवस्थाको अन्त्य भई औपचारिक वार्ताको शुरुवात भएकोमा नेपाल उद्योग वाणिज्य महासंघ त्यसको स्वागत गर्दछ, खुशी व्यक्त गर्दछ ।
संविधान सभाको दोश्रो निर्वाचन पश्चात नेपाली जनताले चाहेको संविधान ल्याउन दलहरु बीच सहमती भएको मिति गुज्रिई दलहरु बीच केही समय संवादहीनताको अवस्था रहंदा आम जनतासहित सिंगो निजी क्षेत्र चिन्तित रहन गयो तर दलहरु बीच औपचारिक संवादको शुरुवात भएबाट पुन: आशाको संचार भएको छ ।
दलहरु बीचको घनिभुत वार्ता र छलफलका माध्यमबाट ढिलो नगरि संविधान ल्याउने विश्वासिलो वातावरण बनाउन महासंघ आग्रह समेत गर्दछ ।