»
Home
»
Introduction
»
Activities
»
»
»
»
International Links
»
Tax Structures
»
Economic Indicators
»
General Information
»
Business Code of Conduct
»
Publications
»
Photo Gallery
»
Secretariat
»
Downloads
»
Membership
»
Keyword
Category















महासंघका अध्यक्ष पाण्डे र जर्मन राजदूत बीच भेटवार्ता - उपयुक्त वातावरण भएमा नेपालमा जर्मन सहयोग बढ्छ (२०७१/११/२६)


नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष प्रदीपजंग पाण्डे र नेपालका लागि जर्मनका राजदूत म्याथिअस अलफ्रेड मियर (H.E. Matthias Alfred Johannes MEYER, Ambassador of Germany to Nepal) बीच आज महासंघ सचिवालयमा भेटवार्ता भयो ।

Meeting with German Ambassador

महासंघका उपाध्यक्ष दिनेश श्रेष्ठ, नेपाल जर्मन उद्योग वाणिज्य संघका अध्यक्ष सेनोन दोर्जे लामा, महानिर्देशक डा. हेमन्त दवाडी, वरिष्ठ परामर्शदाता धरणीधर खतिवडा र जर्मन राजदूतावासका डेपुटी हेडअफ मिसन ज्याकलिन ग्रोथ (Ms. Jacqueline Groth, DHM, German Embassy) को उपस्थिति रहेको सो भेटवार्तामा नेपाल र जर्मन बीचको व्यापार तथा लगानी विस्तार, पर्यटन तथा प्रविधि आकर्षण लगायतका विषयमा छलफल भयो ।

सो अवसरमा महासंघका तर्फबाट नेपालका लागि यतिखेर वाह्य लगानी आवश्यक भएको र लगानीका लागि समेत यो समय निकै उपयोगी भएकाले नेपालमा जलविद्युत विकास, पूर्वाधार विकास, व्यवसायिक कृषि, पर्यटन, जनशक्ति विकास लगायतका क्षेत्रमा जर्मन लगानी तथा प्रविधिका लागि आग्रह गरियो । खासगरि जर्मन लगायत यूरोपिय वजारमा स्थान वनाउन विगतमा सफल भएका नेपाली उत्पादनहरु जस्तो हाते गलैचा, तयारी पोशाक, हस्ताकलाका उत्पादनहरुको गुणस्तर वृद्धि तथा अन्तराष्ट्रिय वजार प्रवद्र्धन तथा नेपाली अर्गानिक कृषि उत्पादनहरु चिया, अदूवा, अलैची लगायतका उत्पादनहरुको जर्मन निकासीका लागि सहयोग गर्न सो अवसरमा जोड दिइयो ।

Meeting with German Ambassador

लगानी तथा प्रविधि आकर्षणका लागि महत्वपूर्ण आधारका रुपमा रहेका केही ऐन कानून (औद्योगिक व्यवसायिक ऐन, श्रम ऐन लगायत) हरु छिट्टै आउने तरखरमा रहेको र विगतको तुलनामा लगानीमैत्री वातावरण समेत बन्दै गएकाले नेपालमा जर्मन लगानी आकर्षणका लागि जर्मन दूतावासका तर्फबाट सहयोग हुन महासंघका अध्यक्ष पाण्डेले आग्रह गर्नुभयो । नेपालको आर्थिक तथा पूर्वाधार विकासमा जर्मनबाट प्राप्त सहयोगको अध्यक्ष पाण्डेले सराहना समेत गर्नुभयो । उहांले संघीय राज्यमा कर प्रणालीका विषयमा जर्मन विज्ञबाट हालै प्राप्त प्रशिक्षण नेपालका लागि निकै महत्वपूर्ण भएको भन्दै निजी क्षेत्रको विकासमा जर्मन संस्थाहरुबाट पाएको सहयोग निकै लाभदायक भएको वताउनु भयो ।

सो अवसरमा राजदूत म्याथिअस अलफ्रेड मेयर (H.E. Matthias Alfred Johannes MEYER, Ambassador of Germany to Nepal) ले उपयुक्त वातावरण बन्दै गएमा नेपालको आर्थिक विकासमा जर्मनले आफ्ना सहयोगका क्षेत्रलाई अझ विस्तार गर्ने विश्वास दिलाउनु भयो । जनशक्ति विकासमा महासंघका तर्फबाट उपयुक्त र विश्वासिलो प्रस्ताव आएमा आफ्नो तर्फबाट सहयोग गर्ने विश्वास समेत दिलाउनु भयो । खासगरि जर्मन लगानीकर्ताहरुले विश्वासिलो वातावरण खोज्ने भएकाले नेपालमा जारी राजनीतिक अस्थिरता छिटो अन्त्यमा भएमा जर्मन लगानी तथा प्रविधि आकर्षण सहज हुने समेत स्पष्ट पार्नुभयो ।

थप फोटोको लागि यहाँ क्लिक गर्नु होला ।

 © Copyright 2005-2014. All Rights Reserved. FNCCI.
Best Viewed in 1024 x 768.