नेपाल अन्तर्राष्ट्रिय व्यापार मेला २०१५ काठमाडौंमा शुरु भएको छ । वाणिज्य तथा आपूर्ति मन्त्री सुनिल बहादुर थापाले एक विशेष समारोहका बीच आज मेलाको समुद्घाटन गर्नुभयो । नेपाल सरकार/वाणिज्य तथा आपूर्ति मन्त्रालय, व्यापार तथा निकासी प्रवद्र्धन केन्द्रको सहयोगमा आयोजना भएको मेला यो चौथो संस्करण हो । मेलामा स्वदेशी विदेशी गरि ३४० वटा स्टल मार्फत विभिन्न उत्पादनहरुको प्रदर्शनी गरिएको छ ।
मेलाको समुद्घाटन समारोहलाई संवोधन गर्नुहुंदै प्रमुख अतिथि वाणिज्य तथा आपूर्ति मन्त्री थापाले मेलाले क्रेता विक्रेता, उत्पादक र उपभोक्तालाई एउटै मंचमा भेला गराई उत्पादन तथा सेवाका विषयमा छलफल अन्तरक्रिया गरि व्यवसायिक सम्बन्ध विस्तार, लगानी तथा प्रविधि आकर्षणमा समेत सहयोग गर्ने वताउनु भयो ।
प्रमुख अतिथि मन्त्री थापाले चोभारस्थित करिव ९ सय रोपनी जग्गामा प्रदर्शनीस्थल निर्माण लगायत अन्य पूर्वाधार विकास गर्ने सरकारको तयारी रहेकाले यसबाट यस प्रकारका मेला महोत्सव आयोजना गर्न सहज हुने विश्वास प्रकट गर्नुभयो । उहांले मुलुकको आर्थिक व्यापारिक उद्योग व्यापार व्यवसाय गर्ने दायित्व निजी क्षेत्रको र लगानी मैत्री, व्यवसायिक मैत्री वातावरण वनाईदिने कार्य सरकारको भएकाले सरकारले महासंघको नेतृत्वमा विभिन्न जिल्लाहरुमा स्थानीय मेला महोत्सव र केन्द्रीयरुपमा नेपाल अन्तराष्ट्रिय व्यापार मेलाको आयोजना भएको स्पष्ट पार्नुभयो ।
हालै सम्पन्न विद्युत विकास (PDA) र विद्युत व्यापार संझौता (PTA) बाट मुलुकभित्र नयां लगानीको ढोका खुलेको वताउनु हुंदै वाणिज्य मन्त्रीले अन्तर्राष्ट्रिय व्यापार मेलाले नेपालका निर्यातयोग्य भनि पहिचान गरिएका वस्तुहरुको प्रवद्र्धनमा समेत सहयोग पुग्ने विश्वास प्रकट गर्नुभयो । स्थानीय उत्पादननै व्यापारको प्रमुख आयाम भएको भन्दै उहांले स्थानीय उत्पादनको स्थानीय वजार प्रवद्र्धन गर्न नसकेसम्म अन्तराष्टिय वजार विस्तार हुन नसक्ने भन्दै यस्ता मेलाले वजार प्रवद्र्धनमा सहयोग पुग्ने विश्वास प्रकट गर्नुभयो ।
त्यस अघि स्वागत मन्तव्य दिनुहुंदै महासंघका अध्यक्ष प्रदीपजंग पाण्डेले सरकारसंगको सहयोग र सहकार्यमा यो मेला आयोजना गर्न पाएकोमा खुशी व्यक्त गर्नुभयो । महासंघले वर्षेनी आयोजना गर्दै आएको यस मेलाले नेपालको आर्थिक विकास, नेपाली वस्तुको प्रवद्र्धन, राष्ट्रिय अन्तराष्ट्रिय बजार प्रवद्र्धनमा मद्दत पुग्ने विश्वास प्रकट गर्नुभयो ।
महासंघले जिल्ला, अंचल, क्षेत्रीय र राष्ट्रिय रुपमा मेला महोत्सव आयोजना गर्दै आएको र यसबाट जनतालाई अर्थतन्त्रको मूल प्रवाहमा समेट्न र आर्थिक क्रियाकलाप बढाउन सहयोग पुगेको वताउनु भयो ।
कूल ३४० स्टल मार्फत मेलामा स्वदेशी एवं विदेशी वस्तु तथा सेवाको प्रदर्शनी गरिएको मेलामा बंगलादेश ९०, भारत २८, चीन २१, पाकिस्तान २२, मलेसिया १, भुटान २, ताइवान १ र बांकी नेपाली कम्पनीहरुले भाग लिएका छन् । यस वर्षको मेलाको कन्ट्रि पार्टनर मित्रराष्ट्र बंगलदेश रहेको छ । नेपाल अन्तराष्ट्रिय व्यापार मेलाको मुख्य आकर्षणमा जडीवूटी प्रदर्शनी हुनेछ जसमा विभिन्न ६५ वटा स्टल मार्फत उत्पादनकर्ता, प्रशोधनकर्ता र निर्यातकर्ताको सहभागिता रहेको छ । मेलाबाट नेपालमा अन्तर्राष्ट्रिय लगानी तथा प्रविधि आकर्षण गर्न, नेपाली उत्पादनहरुको अन्तर्राष्ट्रिय बजार प्रवद्र्धन गरी समग्रमा मुलुकको अर्थतन्त्रलाई माथि उठाउन सघाउ पुर्याउने अपेक्षा महासंघको छ ।
सो समारोहमा मुख्य सचिव लिलामणी पौडेलले प्रधानमन्त्रीको शुभकामना सन्देश पढेर सुनाउनु भएको थियो । कार्यक्रममा धन्यवाद मन्तव्य दिनुहुंदै महासंघको मेला समितिका सभापति केशव पाण्डेले मेला महोत्सवले नेपाली उत्पादनहरुको अन्तराष्ट्रिय वजार प्रवद्र्धनमा सघाउ पुरयाउनुको साथै नेपालको व्यापार घाटा कम गर्नपनि मद्दत गर्ने विश्वास प्रकट गर्नुभयो । सभापति पाण्डेले सरकारले जग्गा उपलव्ध गराइएमा निजी क्षेत्रले सुविधासम्पन्न प्रदर्शनीस्थल निर्माण गर्ने विश्वास दिलाउनु भयो ।
नेपाल सरकारको सहयोगमा भएको मेलामा वाणिज्य तथा आपूर्ति मन्त्रालयले निर्यातयोग्य भनि पहिचान गरेका वस्तु तथा सेवाहरु (एनटीआइएस) को प्रचार प्रसार तथा तीनको अन्तराष्ट्रिय खरिदकर्तासंग प्रत्यक्ष अन्तरक्रिया गराउने लक्ष्य मेलाको छ । ती बस्तुहरुको प्रदर्शनीको लागि छुट्टै पेभेलियन बनाईएको छ ।
कार्यक्रममा निर्यात प्रवद्र्धन केन्द्र वंगलादेशका प्रतिनिधिले नेपाल बंगलादेश बीचको सम्बन्ध प्रगाढ रहेको र व्यापारिक सम्बन्ध पनि निरन्तर प्रगाढ बन्दै गएकाले काठमाडौंमा आयोजना हुंदै आएको नेपाल अन्तराष्ट्रिय व्यापार मेलाले आर्थिक तथा व्यापारिक सम्बन्ध थप मजवुव बनाउंदै गएको वताउनु भयो ।
मेलालाई अन्तर्राष्ट्रिय व्राण्डको रुपमा लैजाने योजना अनुसार यस वर्षदेखि दुवईस्थित अन्तर्राष्ट्रिय Orange Fairs and Events ले मेलाको व्यवस्थापन गरेको छ । मेलालाई इतेहाद एयरलाइन्स, ग्लोवल आइएमई, प्रिमियर इन्स्योरेन्स, गणेश कार्गो र नोर्वुलिंका, वल्र्ड लिंक, डावर नेपाल, प्रासिद वाटर सोलुशन, नेपाल टेलिकम, टिकट स्पोन्र्समा रिडा इन्कर्पोरेटेड रहेका छन् । यस वर्षको मेलामा स्वदेशी र विदेशी गरि २ लाख अवलोकनकर्ताहरुले अवलोकन गर्ने लक्ष्य राखिएको छ ।
महासंघको सदस्य नेपाल हस्तकला महासंघ र नेपाल जडीवूटी उत्पादक संघ यस वर्षको मेलाको सहआयोजक रहने छन् । महासंघकै नेतृत्वमा विगत १२ वर्षदेखि मुलुकभित्र हरेक वर्ष क्षेत्रीयस्तर, जिल्लास्तर एवं बस्तुगत गरी करिव ३० देखि ४० वटा मेलाहरु देशका विभिन्न भागमा आयोजना हुदै आईरहेका छन् । केहि मेला सम्पन्न भै सकेका छन् भने केहि तयारी गर्दै रहेका छन् ।
समुद्घाटन कार्यक्रममा वाणिज्य राज्यमन्त्री, महासंघका वरिष्ठ उपाध्यक्ष पशुपति मुरारका, उपाध्यक्षहरु दिनेश श्रेष्ठ र शेखर गोल्छा, व्यापार मेला समितिका सहसभापतिहरु, नेपालका लागि वंगलादेशका राजदूत, विभिन्न देशका राजदूतहरु, महासंघको कार्यकारिणी समितिका सदस्यहरु, उद्यमी व्यवसायीहरुको उपस्थिति थियो ।
For more photos
FNCCI President's Speech