नेपाल उद्योग वाणिज्य महासंघको आयोजनामा नेपाल सरकार/वाणिज्य तथा आपूर्ति मन्त्रालय, व्यापार तथा निकासी प्रवद्र्धन केन्द्रको सहयोगमा आयोजित चौथो नेपाल अन्तराष्ट्रिय व्यापार मेला भव्यतापूर्वक आज सम्पन्न भयो । मेलामा स्वदेशी विदेशी गरि ३४० वटा स्टल मार्फत विभिन्न उत्पादनहरुको प्रदर्शनी गरिएको थियो । अर्को वर्षको फागुनमा पााचौ अन्र्ताष्ट्रिय व्यापार मेला २०१६ आयोजना गर्ने प्रतिवद्धता जनाइएको छ ।
पाँचौ दिनसम्म आइपुग्दा करिव एक लाख पच्चिस हजार भन्दा माथिले मेलाको अवलोकन गरेका छन् । मेलामा प्रत्यक्ष अप्रत्यक्ष गरि करिव १२ करोडको व्यापारिक कारोवार र व्यवसायिक सम्बन्ध स्थापित गर्न सफलता प्राप्त भएको छ । अर्को वर्षको मेलाका लागि स्वदेशी तथा विदेशी गरी १०० भन्दा बढी स्टलहरु बुक भैसकेको छ ।
मेलाको आकर्षणमा जडीवूटी, एक गाउं एक उत्पादन कार्यक्रमका वस्तु तथा सेवाहरु रहन गए । मेलामा बंगलादेश ९०, भारत २८, चीन २२, पाकिस्तान २२, मलेसिया १, भुटान २ र बांकी नेपाली कम्पनीहरुले भाग लिएका थिए । यस वर्षको मेलाको कन्ट्रि पार्टनर मित्रराष्ट्र बंगलादेश थियो । यस वर्षको मेलाको प्रमुख आकर्षणमा जडीवूटी रहेको थियो । ६५ वटा स्टल मार्फत जडीवूटीका उत्पादनहरु प्रदर्शनी गरिएको थियो ।
मेलाकै क्रममा बंगलादेश, चीनको तिव्वत र भुटानबाट भाग लिन आएको व्यवसायिक प्रतिनिधिमण्डल बीच दिपक्षीय व्यवसायिक भेटवार्ता सम्पन्न भयो । ती वार्ताहरुमा अन्तराष्ट्रिय व्यापार मेलाले नेपालसंग आर्थिक तथा व्यवसायिक सम्बन्ध विस्तार, नयाा प्रविधि आकर्षण तथा लगानी ल्याउनमा समेत सघाउ पुग्ने विश्वास व्यक्त गरिएको छ । साथै नेपाल र बंगलादेश बीच जडीवूटी, रेडिमेड गार्मेन्ट तथा जुटका उत्पादनका विषयमा व्यवसायिक भेटवार्ता सम्पन्न भयो । नेपाल र बंगलादेश बीच जुट तथा जुटजन्य वस्तुहरुको विकासमा सहकार्य गर्ने प्रशस्त सम्भावना रहेको सो अवसरमा औल्याइयो ।
मेलाबाट नेपालमा अन्तर्राष्ट्रिय लगानी तथा प्रविधि आकर्षण गर्न, नेपाली उत्पादनहरुको अन्तर्राष्ट्रिय बजार प्रवद्र्धन गरी समग्रमा मुलुकको अर्थतन्त्रलाई माथि उठाउन सघाउ पुर्याउने अपेक्षा महासंघको छ । मेला भृकुटीमण्डपमा चैत्र २८ गतेबाट शुरु भएको थियो भने मेलाको उद्घाटन वाणिज्य तथा आपूर्ति मन्त्री सुनिल बहादुर थापाले गर्नुभएको थियो । मेलाको अन्त्यमा महासंघले मेला आयोजना गर्न सहयोग गर्ने नेपाल सरकार वाणिज्य तथा आपूर्ति मन्त्रालय, व्यापार तथा निकासी प्रवद्र्धन केन्द्र, मित्र राष्ट्रहरु भारत, चीन, पाकिस्तान, बंगलादेश, भुटान र मलेशिया, नेपाल हस्तकला महासंघ, नेपाल जडीबूटी उत्पादक संघ, मेलाको सहयात्री अन्तराष्ट्रिय अरेन्ज फेयर एण्ड इभेन्ट्स, संचार माध्यम र संचारकर्मीहरुलाई मेला भव्यतापूर्वक सम्पन्न गर्न सहयोग पुऱ्याएकोमा धन्यवाद दिएको छ ।
त्यसैगरि मेलालाई विभिन्न क्षेत्रबाट सहयोग गर्ने ग्लोवल आइएमई बैक, गणेश कार्गो, नर्भु लिंका, डावर नेपाल, नेपाल टेलिकम, रिडा इनकर्पोरेशन, प्रिमियर इन्स्योरेन्स, इतेहात एयरवेज, प्रसिद्ध वाटर सोलुसन, भृकुटीमण्डप, जुजुवेयर्स, प्लास्ष्ट केयर, म्याव एक्सपोर्टस, समुद्र, वल्र्ड लिंक, अन्नपूर्ण होटल, कार्पेट हाउस, अल्फा एसोसिएट्स, नेड फि, सार्क, लाइट हाउस, सीसीपीआइटी, एक्सपो एण्ड इभेन्ट म्यानेजमेन्ट, नेपाल चाइना एक्जुकेटिम काउन्सिललाई पनि महासंघले धन्यवाद दिएको छ ।