»
Home
»
Introduction
»
Activities
»
»
»
»
International Links
»
Tax Structures
»
Economic Indicators
»
General Information
»
Business Code of Conduct
»
Publications
»
Photo Gallery
»
Secretariat
»
Downloads
»
Membership
»
Keyword
Category















नेपाल उद्योग वाणिज्य महासंघको अपिल (२०७१/१२/१७)


निजी क्षेत्रको एकमात्र संघीय प्रतिनिधिमुलक संस्था नेपाल उद्योग वाणिज्य महासंघका निर्वाचित अध्यक्ष श्री प्रदीपजंग पाण्डेको करिव ३२ वर्ष अघिको पंचायतकालिन मुद्दामा भएको फैसला कार्यान्वयन विषय उपर परेको मुद्दामा मिति २०७१ चैत्र ३ गते भएको आदेश एवं सो पश्चात राज्य संयन्त्रबाट गरिएको व्यवहारबाट सिंगो निजी क्षेत्र मर्माहत भएको छ ।

मुलुकभित्र उद्योग व्यवसाय स्थापना गरि राज्यलाई ठूलो मात्रामा राजस्वमा योगदान दिनुको अतिरिक्त ठूलो संख्यामा रोजगारी समेत दिइरहनु भएका महासंघका अध्यक्ष एवं प्रतिष्ठित उद्यमी पाण्डे उपर राज्यबाट भएको यस्तो व्यवहारले सिंगो निजी क्षेत्र हतोत्साहित हुन पुगेको छ ।

सरकारपछिको दोश्रो ठूलो कार्य संजाल भएको महासंघले यसको स्थापना कालदेखि मुलुकको अर्थतन्त्रको सवलीकरण एवं औद्योगिक विकास एवं विस्तारमा सरकारसंग सहकार्य गर्दै आएको स्मरण गराउंदछौं । मुलुकभित्र उद्योग व्यवसाय गर्ने वातावरण वनाउनु पर्ने र मुलुकभित्र उद्योग व्यवसाय गर्ने उपयुक्त वातावरण छ भन्ने संदेश राष्ट्रिय/अन्तराष्ट्रिय परिदृश्यमा दिनुपर्नेमा राष्ट्रको अर्थतन्त्रमा ७२ प्रतिशत योगदान रहेको निजी क्षेत्रलाई नेतृत्व गरिरहनु भएको व्यक्तित्वलाई हठात कठघरामा पुरर्‍याइएको अवस्थाले औद्योगिक व्यवसायको विकास र विस्तारमा प्रतिकुल असर पर्नुको साथै अनुकुल वन्दै गएको लगानी वातावरणलाई समेत निरुत्साहित गर्न सक्ने ठहर महासंघको छ ।

तसर्थ, यस सन्दर्भमा मुलुकको अर्थतन्त्रलाई माथि उठाउन, उद्योग व्यवसाय विस्तार गर्न, सरकारका सवै कार्यक्रममा साथ र सहयोग दिंदै आएको निजी क्षेत्रको प्रतिनिधिमुलक संस्था महासंघ, अध्यक्ष प्रदीपजंग पाण्डेलाई सम्मानजनकरुपमा रिहाई गरि निजी क्षेत्रलाई आफ्नो कर्मपथमा निरन्तर लाग्ने वातावरण वनाई दिन नेपाल सरकार तथा सरोकारवाला अन्य सवै पक्षहरुसंग हार्दिक अपिल गर्दछ ।

 © Copyright 2005-2014. All Rights Reserved. FNCCI.
Best Viewed in 1024 x 768.