नेपाल उद्योग वाणिज्य महासंघका कार्यवाहक अध्यक्ष पशुपति मुरारकाको नेतृत्वमा गएको महासंघको प्रतिनिधिमण्डलले नेपाल राष्ट्र बैंकका नवनियुक्त गर्भनर डा. चिरञ्जीवी नेपालसंग उहांको कार्यकक्षमा भेटगऱ्यो । सो अवसरमा महासंघको प्रतिनिधिमण्डलले नवनियुक्त गर्भनर डा. नेपाललाई बधाई दिनुको साथै उहांको कार्यकालको सफलताको कामना गऱ्यो ।
महासंघका उपाध्यक्षहरु किशोर प्रधान, दिनेश श्रेष्ठ र शेखर गोल्छा, महासंघको बैकिङ समितिका सभापति शंकर प्रसाद पाण्डे, जेम्स एण्ड ज्वेलरी फोरमका संयोजक ज्योत्साना श्रेष्ठ र कार्यकारिणी समिति सदस्य चोपनारायण श्रेष्ठ सहभागि रहनु भएको सो अवसरमा महासंघका तर्फबाट कर्जा सापटमा नयां वर्गिकरण एवं जोखिम वापत ५ प्रतिशतको व्यवस्था गर्ने वारे नेपाल राष्ट्र बैंकबाट हालै जारि भएको निर्देशनबाट समस्या सृजना भएकोमा ध्यानाकर्षण गराउंदै सो व्यवस्थामा पुन: बिचार एवं परिमार्जन गर्न आग्रह गरियो ।