»
Home
»
Introduction
»
Activities
»
»
»
»
International Links
»
Tax Structures
»
Economic Indicators
»
General Information
»
Business Code of Conduct
»
Publications
»
Photo Gallery
»
Secretariat
»
Downloads
»
Membership
»
Keyword
Category















बन्द हड्तालका बैकल्पिक उपायहरु अवलम्वन गर्न नेउवामहासंघको आग्रह (२०७१/१२/२२)


विगतमा भएका श्रृंखलावद्ध बन्द हड्ताल, राजनीतिक अस्थिरताको नकारात्मक असर आजसम्म पनि मुलुकको अर्थतन्त्रमा रहेको जगजाहेर छ । जसबाट मुलुकभित्र उद्योगधन्दा विस्तार हुन सकेन र भएका उद्योगधन्दाहरुमा कतिपय बन्द हुन पुगे र रोजगारीको अवसरको अभावमा दैनिक हजारौं नेपालीहरु विदेशीन वाध्य भएका छन् । मुलुक दैनिक १२/१४ घण्टासम्मको लोडसेडिङको मार खेपिरहेको र अहिलेपनि लगानीको वातावरण वन्न नसकेको नेपाल उद्योग वाणिज्य महासंघ स्मरण गराउन चाहान्छ ।

राजनीतिक पार्टी, तिनका भातृ संगठन, राजनीतिक वा गैर राजनीतिक पार्टी समूहले आयोजना गर्ने बन्द हड्ताल कार्यक्रमले अर्थतन्त्रमा अर्वौको क्षति हुनेमात्र हैन अझ रातदिन काम गरेर विहान वेलुकाको हातमुख जोर्नुपर्ने बाध्य गरिव नेपाली जनता, नेपाल घुम्न महिनौ अगाडीबाट कार्यतालिका वनाई आउने पर्यटक, उपचारको खोजीमा छटपटाई रहेका विरामी, विद्यालय जाने भविष्यका कर्णधार अवोध वालवालिका, चौविसै घण्टा उद्योग कलकारखाना चलाएर राष्ट्रिय अर्थतन्त्रलाई बचाई राख्ने उद्यमी व्यवसायी, उद्योग व्यवसायमा कार्यरत लाखौं कामदार मजदुरहरु त्यसको प्रत्यक्ष शिकार हुनेतर्फ ध्यानाकर्षण गराउंदै सवै प्रकारका बन्द हड्ताल नगर्न महासंघले आग्रह गर्दै आएको हो ।

बन्द हड्तालले संविधान वनाउन सहयोग गर्नुको साटो मुलुकमा द्वन्द वढाउन मद्दत गर्ने तर्फ महासंघ गम्भीर ध्यानाकर्षण गराउंदछ । बन्द हड्ताल नगर्न र त्यसको साटो विरोधका अन्य वैकल्पिक उपायहरु अवलम्वन गर्न राजनीतिक दलहरु समक्ष मौखिक र लिखित रुपमा समेत आव्हान गरेको र राजनीतिक दलहरुबाट सकारात्मक आश्वासन समेत आएको स्मरण गराउंदै यही चैत्र २४ देखि २६ गतेसम्म आव्हान गरिएको आम हड्तालका सवै कार्यक्रमहरु फिर्ता लिन महासंघ जोडदार आग्रह गर्दछ । साथै विरोधका वैकल्पिक उपायहरु अवलम्वन गर्न महासंघ सम्बन्धित पक्षसंग आग्रह गर्दछ र विना अवरोध पेशा व्यवसाय गर्ने वातावरण बनाईदिन महासंघ नेपाल सरकार समक्ष माग समेत गर्दछ ।

 © Copyright 2005-2014. All Rights Reserved. FNCCI.
Best Viewed in 1024 x 768.