सेवा केन्द्र विस्तारको विषयलाई लिएर रौतहटको गौरमा जारी आन्दोलन र नेपाल उद्योग वाणिज्य महासंघको नाम समेत जोडिएर आएको समाचारप्रति यस महासंघको ध्यानाकर्षण भएको छ । महासंघ कहिल्यै पनि बन्द हड्तालको समर्थन गर्दैन ।
जिल्लास्थित उद्योग वाणिज्य संघहरु आफैमा स्वतन्त्र संस्थाहरु हुन र महासंघमा सदस्यका रुपमा आवद्ध हुने गरेका छन् । चित्त नवुझेको विषयमा वार्ता र छलफलका माध्यमबाट सरोकारवालाको ध्यानाकर्षण गराउंदै समस्याको समाधान खोजिनु पर्दछ भन्ने महासंघको स्पष्ट मान्यता रहि आएको छ ।
अत: जारी आन्दोलन तत्काल फिर्ता लिई जिल्लामा व्यापार व्यवसाय, उद्योग कलकारखाना यथावत सुचारु गर्न र आम जनताको दैनिक जीवनयापन कष्टकर नवनाउन महासंघ सम्बन्धित सवैमा आग्रह गर्दछ । साथै महासंघ जारी आन्दोलनको गाम्भिर्यता समेतलाई मनन गरि समस्या समाधानमा यथाशीघ्र कदम चाल्न नेपाल सरकार समक्ष माग समेत गर्दछ ।