»
Home
»
Introduction
»
Activities
»
»
»
»
International Links
»
Tax Structures
»
Economic Indicators
»
General Information
»
Business Code of Conduct
»
Publications
»
Photo Gallery
»
Secretariat
»
Downloads
»
Membership
»
Keyword
Category















नेपाल उद्योग वाणिज्य महासंघको ४९ औं वार्षिक साधारण सभा एवं उद्योग वाणिज्य दिवस २०७१ समुद्घाटन


संविधान सभाका अध्यक्ष सुवाषचन्द्र नेम्वाङको प्रमुख आतिथ्यतामा नेपाल उद्योग वाणिज्य महासंघको ४९ औं वार्षिक साधारण सभा एवं उद्योग वाणिज्य दिवस २०७१ समुद्घाटन कार्यक्रम आज काठमाडौंमा सम्पन्न भयो ।

AGM

४९ औं वार्षिक साधारण सभाको समुद्घाटन गर्नुहुंदै प्रमुख अतिथि नेम्वाङले निजी क्षेत्रले समयमै सविधान ल्याउन दलहरुलाई निरन्तर झक्झक्याउन आग्रह गर्नुभयो ।

AGM

प्रमुख अतिथि नेम्वाङले समयमा बजेट ल्याउनु पर्ने विषयमा आफूले पटकपटक सरकार तथा दलहरुको ध्यानाकर्षण गराएको जानकारी गराउनु हुंदै वजेटको नियमित प्रक्रिया जस्तो वजेट पूर्वको छलफल, नीति तथा कार्यक्र प्रस्तुती लगायतका कार्यक्रम कहिले हुने अनिश्चय रहेकाले छिटो वजेट ल्याउन दवाव दिन निजी क्षेत्रलाई आग्रह गर्नुभयो ।

उहांले निजी क्षेत्रलाई आइपरेका समस्या समाधान गर्न महासंघ सक्षम हुने भन्दै महासंघले नेतृत्वदायी भूमिका निर्वाह गर्नेमा आफू विश्वस्त रहेको वताउनु भयो । प्रमुख अतिथि नेम्वाङले निजी क्षेत्रले माग गरिरहेका केही महत्वपूर्ण ऐन कानूहरु छिटो ल्याउन आफ्ना तर्फबाट पनि निरन्तर पहल भैरहेको जानकारी गराउनु हुंदै निजी क्षेत्रले पनि निरन्तर पहल गर्न सुझाव दिनु भयो । उहांले महासंघको ४९ औं वार्षिक साधारण सभा एवं उद्योग वाणिज्य दिवसको सफलताको कामना समेत दिनु भयो ।

AGM

सो अवसरमा प्रमुख अतिथि नेम्वाङले सिन्धुपाल्चोकको जुरेमा गत साउन १७ गते गएको पहिरोबाट त्यस क्षेत्रमा परेको प्राकृतिक विपत्तिका वखत सहयोग गर्नुभएका सिन्धुपाल्चोकका व्यवसायी एवं महासंघको कार्यकारिणी समितिका पूर्व सदस्य विष्णृु वहादुर खत्रीलाई कदर पत्रबाट सम्मानित गर्नुभयो ।

AGM

त्यसैगरि महासंघमा २५ वर्ष सेवा गर्नुभएकी महासंघका निर्देशक जीवन कंसारकारलाई नगद सहिद कदर पत्रबाट सम्मानित गर्नुभयो ।

AGM

सो अवसरमा महासंघका पूर्व अध्यक्ष कुशकुमार जोशीलाई महासंघका कार्यवाहक अध्यक्ष पशुपति मुरारकाले पूर्व अध्यक्षको पिन लगाई दिनु भएको थियो ।

AGM

त्यसअघि महासंघका कार्यवाहक अध्यक्ष मुरारकाले स्वागत मन्तव्य व्यक्त गर्नुभयो ।

AGM

कार्यक्रमको अन्त्यमा महासंघका उपाध्यक्ष किशोर प्रधानले धन्यवाद मन्तव्य दिनु भएको थियो ।

समुद्घाटन समारोहमा सभासद्हरु, मन्त्रीहरु, नेपाल सरकारका उच्च पदस्थ अधिकृतहरु, राजदुतहरु, महासंघका पूर्व अध्यक्षहरु, कुटनीतिक नियोगका प्रतिनिधिहरु, महासंघका वर्तमान तथा पूर्व पदाधिकारीहरु, उद्योगी व्यवसायीहरु, संचारकर्मीहरुको उपस्थिति थियो ।

उद्योग व्यवसाय क्षेत्रमा हुनुपर्ने व्यवस्था सम्बन्धमा छलफल

समुद्घाटन समारोह पश्चात उद्योग मन्त्री महेश वस्नेतको प्रमुख आतिथ्यतामा उद्योग व्यवसाय क्षेत्रमा हुनुपर्ने व्यवस्था सम्बन्धमा छलफल भयो । महासंघको साधारण सभामा मुलुकभरबाट आउनु भएका उद्यमी व्यवसायीहरुले सो अवसरमा भाग लिनु भयो ।

AGM

सो सत्रलाई संवोधन गर्नुहुंदै उद्योगमन्त्री महेश वस्नेतले छिट्टै औद्योगिक व्यवसायिक ऐन र सेज ऐनलाई पारित गराउने विश्वास दिलाउनु भयो । वौद्धिक सम्पत्तिको संरक्षणका लागि उद्योग विभागबाट आवश्यक ऐन कानूनहरु ल्याउनेमा पनि मन्त्री वस्नेतले विश्वास दिलाउनु भयो । उहांले उद्योग स्थापनाका लागि निजी क्षेत्रबाट औल्याइएका कमीकमजोरीहरुलाई सुधार गरि मुलुकभित्र के गर्दा उद्योग विस्तार गर्न सकिन्छ आफू लागि परेको र त्यसमा निजी क्षेत्रबाट समेत सहयोग प्राप्त गरेको वताउनु भयो ।

उहांले छिमेकी देश चीनसंग पनि विपा सम्झौता गर्ने तयारी भैरहेको जानकारी गराउनु भयो । उहांले सरकारले लगानी वर्ष आयोजनाको तयारी गरिरहेको पनि जानकारी गराउनु भयो । उहांले मुलुकलाई समृद्ध र नेपाली जनतालाई शुख र शान्ति दिने कार्यमा सरकार र निजी क्षेत्र बीच े हातेमालो गरि जानु पर्नेमा जोड दिनु भयो । उहांले उद्योग मन्त्रालयले आगामी वर्ष यस मन्त्रालयका लागि करिव ५ अर्व २० करोड वजेट विनियोजन गर्ने पनि विश्वास दिलाउनु भयो । उद्योग मन्त्रीले सार्वजनिक निजी साझेदारीको अवधारणा अनुसार औद्योगिक क्षेत्र स्थापना गर्ने सोंचाई आफ्नो रहेको स्पष्ट पार्नु भयो ।

AGM

त्यसअघि महासंघका कार्यवाहक अध्यक्ष मुरारकाले विषय वस्तुको प्रस्तुती सहित स्वागत मन्तव्य राख्नु भएको थियो । उहांले मुलुकभित्र उद्योग व्यवसाय विस्तारका लागि निजी क्षेत्रले औल्याएका समस्याहरुको समाधान हुनुपर्ने वताउनु भयो । उहांले नीतिगत स्थिरता, लोडसेडिंगको अन्त्य, अनुकुल औद्योगिक तथा लगानी मैत्री वातावरण वनाईदिन उद्योगमन्त्री समक्ष आग्रह गर्नुभयो ।

महासंघका पूर्व अध्यक्षहरु, पदाधिकारीहरुको समेत उपस्थिति रहेको सो अवसरमा कृषि सचिव जयमुकुन्द खनालको पनि सहभागिता थियो । सो अवसरमा सहभागीहरुले स्वदेशी उत्पादनको अनिवार्य प्रयोग, औद्योगिक सुरक्षा वलको व्यवस्था, नियमित विद्युत आपूर्तिको व्यवस्था, औद्योगिक क्षेत्र भित्र आवश्यक पूर्वाधारको व्यवस्था हुनुपर्ने, जिल्लामा नीतिगत स्थिरता हुनुपर्ने लगायतका सुझावहरु दिनु भएको थियो ।

सम्माननीय प्रधानमन्त्रीद्वारा चियापान कार्यक्रमको आयोजना

AGM

आजै विहान प्रधानमन्त्री सुशिल कोइरालाले नेपाल उद्योग वाणिज्य महासंघको ४९ औं वार्षिक साधारण सभामा भाग लिन मुलुकभरबाट आउनु भएका उद्यमी व्यवसायीहरुको सम्मानमा प्रधानमन्त्री निवास वालुवाटारमा चियापान कार्यक्रमको आयोजना गर्नुभयो ।

सो अवसरमा व्यवसायीहरुलाई संवोधन गर्नुहुंदै प्रधामन्त्री कोइरालाले मुलुकभित्र उद्योग व्यवसायको वातावरण वन्दै गएकाले निर्धक्क भएर लगानी विस्तार गर्न आग्रह गर्नुभयो ।

उद्योग व्यवसाय विस्तारका क्रममा कुनै समस्या आइपरेमा सिधा आफूलाई सम्पर्क राख्न अनुरोध गर्दै प्रधानमन्त्रीले आफूले सम्बन्धित मंत्रालयसंग समन्वय गरेर समस्या समाधानमा पहल गर्ने विश्वास दिलाउनु भयो ।

उहांले संविधान निर्माणका विषयमा दलहरु बीच सहमतीका लागि गहनतम प्रयास भैरहेको जानकारी गराउनु हुंदै प्रधानमन्त्रीले नेपालमा लगानीका लागि वाह्य मुलुकहरु समेत लालयित रहेको स्पष्ट पार्नुभयो ।

उहांले लगानी ल्याउने कार्यमा सरकाले सवै प्रकारको सहयोग गर्ने विश्वास दिलाउदै उहांले विगतका आन्दोलनमा निजी क्षेत्रबाट प्राप्त सहयोगको स्मरण समेत गर्नुभयो ।

उहांले नेपाल र छिमेकी भारत र चीनबाट पर्याप्त फाइदा लिनु पर्नेमा आफ्नो पनि जोड रहेको भन्दै पूर्वाधार विकास, पर्यटन, व्यवसायिक कृषिको विकासमा निजी क्षेत्रलाई अगाडी बढ्न उहांले आग्रह समेत गर्नुभयो ।

AGM

प्रधानमन्त्रीले महासंघको ४९ औं वार्षिक साधारण सभा एवं उद्योग वाणिज्य दिवसको सफलताको कामना समेत गर्नुभयो ।

त्यसअघि महासंघका कार्यवाहक अध्यक्ष मुरारकाले उद्यमी व्यवसायीका तर्फबाट मन्तव्य दिनु भएको थियो ।

४९ औं वार्षिक साधारण सभाको पहिलो बन्द शत्र

AGM

AGM

नेपाल उद्योग वाणिज्य महासंघको ४९ औं वार्षिक साधारण सभाको बन्द शत्र चैत्र २९ गते, आर्मि अफिसर्स क्लवमा सम्पन्न भयो ।

महासंघका कार्यवाहक अध्यक्ष पशुपति मुरारको अध्यक्षतामा भएको कार्यक्रममा महासंघका महानिर्देशक डा. हेमन्त दवाडीले वैठकको प्रारम्भमा गणपुरक संख्याको घोषणा गर्नुभयो ।

बन्दशत्रमा कार्यवाहक अध्यक्ष मुरारकाले सभालाई संवोधन गर्नुभयो । उहांले दिनु भएको (संवोधन मन्तव्यको पूर्ण पाठ) । बैठकले कार्यवाहक अध्यक्षबाट प्रस्तुत संवोधनलाई पारित गऱ्यो ।

तत्पश्चात महानिर्देशक डा. दवाडीले महासंघको वार्षिक प्रतिवेदन प्रस्तुत गर्नुभयो । सभाले महानिर्देशकको प्रतिवेदन माथि छलफल गरि पारित गऱ्यो ।

तत्पश्चात महासंघका उपाध्यक्ष दिनेश श्रेष्ठबाट आर्थिक वर्ष २०७०/७१ को आयव्यव विवरण(लेखापरिक्षण प्रतिवेदन) प्रस्तुत भयो । तत्पश्चात उक्त प्रतिवेदन माथि छलफल पश्चात पारित गरियो । तत्पश्चात उपाध्यक्ष श्रेष्ठले आर्थिक वर्ष २०७१/७२ को महासंघको लेखा परिक्षणका लागि लेखा परिक्षकको नियुक्ति तथा पारिश्रमिक निर्धारणका लागि पेश गर्नुभयो । तत्पश्चात भेलाले महासंघको आगामी आर्थिक वर्षको लेखा परिक्षणका लागि साविककै एसआर एण्ड कम्पनीलाईनै लेखा परिक्षक नियुक्ति गर्ने निर्णय गऱ्यो ।

त्यसैगरि कार्यकारिणी समितिद्वारा प्रस्तावहरु वारे छलफल गरि त्यसलाई अन्तिम रुप दिन बैठकले महासंघको कार्यकारिणी समितिका सदस्य अशोक टेमानीको संयोजकत्वमा उद्योग वाणिज्य संघ, सुनसरीका अध्यक्ष सरोज श्रेष्ठ, लेखनाथ उद्योग वाणिज्य संघका अध्यक्ष वावुराम गिरी, नेपालगंज उद्योग वाणिज्य संघका अध्यक्ष कृष्णप्रसाद श्रेष्ठ, सिराह उद्योग वाणिज्य संघका अध्यक्ष संजय महासेठ, नेपाल इटा व्यवसायी महासंघका अध्यक्ष महेन्द्र चित्रकार, नेपाल जडीवूटी उत्पादक संघका अध्यक्ष गोविन्द घिमिरे, नेपाल विद्युत व्यवसायी महासंघका पूर्व अध्यक्ष रामवबहादुर श्रेष्ठ, र व्यवसायी कृष्ण दुलाल सदस्य रहेको एक समिति गठन गऱ्यो ।

मुख्य प्रतिनिधिको मन्तव्य

AGM

तत्पश्चात मुख्य प्रतिनिधिहरुले आआफना क्षेत्रका उद्योग व्यवसाय र अर्थतन्त्र सम्बन्धी विषयमा आआफ्नो धारणा राख्नु भयो ।

सो अवसरमा सहभागीहरुले स्थानीय उद्यमी व्यवसायीहरुले भोग्नु परेका राजस्व सम्बन्धी समस्या, मिसम्याच समस्या, लोडसेडिङका समस्या, वाणिज्य शिफारिस, भारतीय पक्षबाट रेल तथा ढुवानीमा गरिएको अत्याधिक भाडा वृद्धि, भारतका विभिन्न प्रान्तहरुबाट लगाइएको स्थानीय कर र त्यसमा नेपाली उत्पादनको भारत निकासीमा परेको समस्या, वैदेशिक रोजगारमा भएका समस्या, विस्थापित बैंकहरुको पुनरस्थापना, शान्ति सुरक्षाका विषयमा महासंघका तर्फबाट गर्नुपर्ने सहयोगका विषयमा धारणा राख्नु भयो ।

अर्थमन्त्रीसंग उद्यमी व्यवसायीहरुको अन्तरक्रिया

AGM

नेपाल उद्योग वाणिज्य महासंघको ४९ औं वार्षिक साधारण सभाको दोश्रो दिन, चैत्र २९ गते, २०७१ को विशेष शत्रलाई संवोधन गर्नुहुंदै अर्थमन्त्री डा. रामशरण महतले अध्ययन नभएका आयोजनालाई हचुवाको भरमा बजेट विनियोजन नगरिने बताउनु भयो ।

महासंघको साधारण सभामा भागलिन मुलुकभरबाट आएका उद्यमी व्यवसायीहरुलाई संवोधन गर्नुहुंदै अर्थमन्त्री महतले भन्नु भयो—विकास खर्च हुन नसक्नुको प्रमुख कारण मध्ये एक अध्ययन डिजाइन विनाका आयोजनामा बजेट बिनियोजन गर्नुनै हो । यस्तो पम्पराको अन्त्य आगामी वजेटबाट हुने बताउनु भयो ।

उद्यमी व्यवसायीहरुसंग आगामी वजेटका वारेमा छलफल गरिएको उक्त कार्यक्रममा अर्थमन्त्रीले विनातयारीको आयोजनामा आगामी वर्षको वजेटमा रकम नराखिने स्पष्ट पार्दै वजेट कार्यान्वयन गर्ने आर्थिक दस्तावेज भएको वताउनु भयो ।

अध्ययन, डिजाइन र बजेट विनियोजन गरेलगत्तै कार्यान्वयनको चरणमा जाने आयोजनामा मात्रै आगामी वर्षको बजेटले प्राथमिकता पाउने अर्थमन्त्रीले स्पष्ट पार्नुभयो । भवन निर्माण गर्न भनेर बजेट छुट्यायो, जग्गै छैन । अध्ययन डिजाइन पनि छैन । उहांले अघिल्ला वर्षहरुको वजेटलाई सम्झदै भन्नुभयो त्यसैले समयमा खर्च हुन सकेन । रकमान्तर गरेर अर्कैमा खर्च गर्नुपर्छ । अव कसैलाई चित्त वुझाउन वजेट राख्ने पक्षमा आफू नरहेको भन्दै अर्थमन्त्रीले तर वजेट पास गर्ने ६ सय १ जना सभासद्को चित्त वुझाउनु पर्ने वाध्यता आफूमा रहेको पनि वताउनु भयो । कार्यान्वयनको चरणमा गएका आयोजनाका लागि बजेटको चिन्ता नगर्न उद्यमी व्यवसायीलाई आग्रह गर्दै अर्थमन्त्रीले यस वर्षपनि ठेक्का भइसकेका आयोजनामा वजेट चाहिए दिन तयार रहेको वताउनु भयो । ससाना आयोजनाका लागि जिल्ला विकास समिति, गाउं विकास समिति र नगरपालिका मार्फत पनि हुने भन्दै अर्थमन्त्रीले सरकारको ध्यान मेगा प्रोजेक्ट तर्फ हुने वताउनु भयो । उहांले आगामी वर्षको वजेटको प्राथमिकता उर्जामा हुने पनि स्पष्ट पार्नुभयो । विद्युत नभएका कारण उद्योगधन्दा चलाउन समस्या परिरहेको वताउनु हुंदै अर्थमन्त्रीले समग्र मुलुककै विकासका लागि उर्जा अपरिहार्य रहेको वताउनु भयो । अर्थमन्त्रीले अव अर्थतन्त्रलाई निरन्तर अगाडी लैजानुपर्नेमा आफ्नो पनि जोड रहेको वताउनुहुंदै राजनीतिक खिचातानीले मुलुक अगाडी बढ्न नसक्ने बताउनु भयो । संविधान निर्माणका क्रममा दलहरु बीच रहेका विवादहरु मूल विषय नभएको र ती सवै सामान्य विषय भएका र जुन पछि प्रादेशिक सरकारले निर्णय गर्न सक्ने खालका रहेको वताउनु भयो । उहांले बन्द हड्ताल प्रतिगामी कुरा हुन भन्दै यी कहिल्यै पनि प्रगतिशील हुन नसक्ने दावी गर्नुभयो । नविन सोंच, कडा मेहनत, उद्यमशीलता विकासबाट मात्र देश विकास हुने भन्दै अर्थमन्त्रीले निर्धक्कसंग मुलुक निर्माणमा लाग्न उद्यमीहरुलाई आव्हान गर्नुभयो ।

कार्यक्रममा राजस्व सचिव नवराज भण्डारीले आगामी वजेटमा उद्यमी व्यवसायीहरुका सुझावलाई समावेश गर्ने प्रतिवद्धता जनाउंदै मुलुकभित्र आर्थि&#

 © Copyright 2005-2014. All Rights Reserved. FNCCI.
Best Viewed in 1024 x 768.