»
Home
»
Introduction
»
Activities
»
»
»
»
International Links
»
Tax Structures
»
Economic Indicators
»
General Information
»
Business Code of Conduct
»
Publications
»
Photo Gallery
»
Secretariat
»
Downloads
»
Membership
»
Keyword
Category















पोलिथिन झोला प्रतिवन्ध लगाउने निर्णयमा पुनरविचार गर्न नेउवामहासंघको आग्रह (२०७२/१/३)


राज्यबाट कानूनी इजाजत लिई संचालनमा रहेका उद्योगहरुले उत्पादन गरेका पोलिथिनका झोलाको वैशाख १ गतेदेखि काठमाडौं उपत्यकामा विक्री वितरण र प्रयोगमा पूर्ण प्रतिवन्ध लगाइएबाट यी उद्योगहरुमा गम्भीर असर पर्न गएको छ । वातावरणको संरक्षणप्रति प्लाष्टिक उद्यमीहरु सहित सिंगो निजी क्षेत्र पूर्ण सचेत छ । पोलिथिन झोलाको प्रयोग समस्या नभै यसको व्यवस्थापन मुख्य समस्या रहेको महासंघको धारणा छ ।

हजारौं मानिसलाई रोजीरोटी दिएका र अर्वौको लगानी रहेको यी उद्योगहरुलाईनै धरासायी बनाउन सक्ने यस्ता निर्णयले कस्तो असर पर्ला संवेदनशील भएर सोच्न महासंघ सम्बन्धित पक्ष समक्ष विशेष आग्रह गर्दछ । यस्ता निर्णयले यसमा आश्रित हजारौलाई विचल्ली बनाउने त छनै साथमा सरकारको करोडौंको राजस्व गुम्नुका साथै यी उद्योगहरुमा लगानी गर्ने बैंकहरुको लगानीमा समेत गम्भीर असर पर्ने र समग्रमा राष्ट्रिय अर्थतन्त्रमै धक्का लाग्न सक्ने ठहर महासंघको छ । कुनैपनि लगानी भैसकेपछि तीनलाई मुनासिव माफिक चल्न दिइनु पर्छ र नयां मापदण्ड लागू गर्दा रुपान्तरणका लागि मनासिव माफिकको समय दिइनु पर्दछ अन्यथा राज्यले क्षतिपूर्ति दिने व्यवस्था गरिनु पर्ने धारणा महासंघको छ ।

राज्यमा रोजगारी, राजस्व दिइरहेका यस्ता उद्योगहरुलाई बन्द गर्ने नीतिमा पुनरविचार गर्न महासंघ सरकारसंग गम्भीर आग्रह गर्दछ । साथै नेपाल प्लाष्टिक उत्पादक संघको अगुवाईमा वैशाख ४ गते, भृकुटीमण्डप देखि वसन्तपुरसम्म आयोजना हुने विरोध र्‍याली कार्यक्रमप्रति महासंघ ऐक्यवद्धता समेत प्रकट गर्दछ ।

 © Copyright 2005-2014. All Rights Reserved. FNCCI.
Best Viewed in 1024 x 768.