»
Home
»
Introduction
»
Activities
»
»
»
»
International Links
»
Tax Structures
»
Economic Indicators
»
General Information
»
Business Code of Conduct
»
Publications
»
Photo Gallery
»
Secretariat
»
Downloads
»
Membership
»
Keyword
Category















भुकम्प पिडीतहरुको सहयोगार्थ महासंघले दश करोड वरावरको राहत परिचालन गर्ने (२०७२/१/१६)


वैशाख १२ गते आएको विनाशकारी भुकम्पबाट प्राकृतिक विपत्तिमा परेकाहरुको सहयोगार्थ महासंघको अगुवाईमा २० भन्दा बढी संघ संस्थाहरु/महासंघका सदस्य जिल्ला उद्योग वाणिज्य संघहरुको समेत पहलमा “ओपरेशन रिलिफ” अभियानको थालनी भएको छ । यस अभियान मार्फत राहत स्वरुप नगद तथा उपभोग्य वस्तु (खाद्यान्न, औषधि, लत्ताकपडा, पिउने पानी आदि) संकलन गरी प्रभावित जनतासम्म पुऱ्याइने छ ।

अभियान मार्फत राहत संकलन कार्य शुरु भैसकेको छ । यसका लागि महासंघले भृकुटीमण्डपमा आफ्नो छुट्टै सचिवालय खडा गरि कार्य प्रारम्भ गरिसकेको छ । महासंघले भुकम्प पिडीतहरुको सहयोगार्थ एभरेष्ट बैंक लि., कालीमाटी शाखामा रहेको FNCCI Earth quake Relief Fund, एकाउन्ट नम्वर 03700105200399, (Swift Code- EVBLNPKA) मार्फत नगद सहयोग गर्न सवैमा आव्हान गरिसकेको छ ।

संस्थागत सामाजिक दायित्वलाई आत्मसाथ गरि भुकम्प पिडीतहरुको सहयोगार्थ राहत एवं विपद व्यवस्थापन समेतमा सहयोग पुऱ्याउन महासंघले “अपरेशन रिलिफ” अभियान अन्तरगत भुकम्प पिडीतहरुको सहयोगार्थ करिव रु. १० करोड वरावरको राहत (नगद तथा जिन्सी समेत) परिचालन गर्ने तर्फ तदारुकताका साथ कार्य भैरहेको छ ।

राष्ट्रिय विपतको घडिमा महासंघले पवित्र भावनाले थालनी गरेको यस अभियानमा सम्पूर्ण उद्यमी व्यवसायीहरु, व्यवसायिक घरानाहरु, स्वदेशी एवं विदेशी सहयोगदाताहरु, गैरआवासीय नेपाली समुदायमा महासंघ मार्फत भुकम्प पिडीतहरुमा मानवीय भावनाले सहयोग गर्न महासंघ हार्दिक अपिल गर्दछ ।

 © Copyright 2005-2014. All Rights Reserved. FNCCI.
Best Viewed in 1024 x 768.