वैशाख १२ गतेदेखि पटकपटक आएको शक्तिशाली भुकम्पका कारण महासंघको टेकूस्थित सचिवालयको माथिल्लो तलाको दक्षिणपटिको भाग चर्किन गई सचिवालय संचालन गर्न समेत खतरा पैदा भएकाले महासंघले हिजो देखि आफ्नै भवनको आंगनमा पालटांगी दैनिक सेवा दिइरहेको छ । महासंघ भवनमा महासंघ सचिवालय, कृषि उद्यम केन्द्र र गैर आवासीय नेपाली संघ सचिवालय रहेका छन् ।
महासंघ सचिवालयको सो भाग सार्वजनिक सडक तर्फ पर्ने भएकाले उक्त क्षेत्रमा आवतजावत समेत रोकिन पुग्दा सडक प्रयोगकर्ताहरुमा असुविधा समेत पुगेकाले सो भाग सुरक्षित रुपमा यथाशीघ्र छिटो भत्काई सहयोग गरिदिन महासंघ नेपाल सरकारको सम्बन्धित निकाय समक्ष आग्रह समेत गर्दछ ।