»
Home
»
Introduction
»
Activities
»
»
»
»
International Links
»
Tax Structures
»
Economic Indicators
»
General Information
»
Business Code of Conduct
»
Publications
»
Photo Gallery
»
Secretariat
»
Downloads
»
Membership
»
Keyword
Category















केएफसी र पिज्जा हट बन्द गरिएकोप्रति महासंघको गम्भीर ध्यानाकर्षण, यथाशीघ्र छिटो सेवा सुचारु गर्न आग्रह (२०७२/२/५)


२०७२ वैशाख १२ गते गएको विनासकारी भुकम्प र तत्पश्चात आएका ठूलठूला पराकम्पनका कारण मुलुक असहज एवं कठिन पस्थितिबाट गुज्रिरहेको अहिलेको अवस्थामा वहुराष्ट्रिय कम्पनीबाट नेपालमा संचालन हुंदै आएको के.एफ.सी रेष्टुँरेन्टहरुमा श्रम विवादका कारण दरवारमार्गस्थित के.एफ.सी रेष्टुँरेन्ट, सोही स्थानमा रहेको पिज्जा हट रेष्टुँरेन्ट तथा ब्लूवर्ड मलमा रहेको पि.एच.डी. रेष्टुँरेन्ट र के. एफ.सी रेष्टुँरेन्टहरु वैशाख ३० गतेदेखि ताला बन्द गरिएको घटनाप्रति नेपाल उद्योग वाणिज्य महासंघको गम्भीर ध्यानाकर्षण भएको छ ।

उत्पन्न असहज र विषम परिस्थितिमा सवै उद्योग व्यवसाय निर्वाध संचालन गरि सेवा पुर्‍याउनु पर्छ भन्ने हाम्रो मान्यता हो । हामी अत्यावश्यक सेवा लगायत जनजीवनमा प्रभाव पार्ने सवै सेवाहरु निर्वाध सुचारु गर्न आव्हान पनि गर्दछौं । होटल रेष्टुँरा सेवामुलक व्यवसाय हुन, मुलुकमा आएको यो संकटको अवस्थामा सवैले आपसी समझदारी, संयम र सुझवुझका साथ अत्यन्त व्यवहारिक भई काम गर्नुपर्छ भन्ने हाम्रो मान्यता र आग्रह पनि हो ।

विनासकारी भुकम्पका कारण मुलुकको पर्यटन व्यवसायमानै प्रतिकुल परिस्थिति सृजना भैरहेको अवस्थामा यस क्षेत्रलाई थप क्षति हुने गतिविधि कहीकतैबाट नहोस भन्ने कुरामा महासंघ अत्यन्त संवेदनशील छ । अन्तराष्ट्रियस्तरको सम्पूर्ण विदेशी लगानीमा संचालित के.एफ.सी र पिज्जा हट रेष्टुँरेन्टहरु हठात बन्द गरिंदा विश्वभर नेपालका वारेमा थप नकारात्मक संदेश जाने तर्फ सचेत रहन महासंघ सम्बन्धित पक्षको गम्भीर ध्यानाकर्षण गराउंदछ ।

अत: मुलुकको विद्यमान अवस्था, पर्यटन उद्योगको संवेदनशीलतालाई मनन गरि आफ्ना समस्याहरु लाई जतिसक्दो छिटो वार्ता र छलफलका माध्यमबाट टुंगोमा पुर्‍याई देवयानी इन्टरनेशनल नेपाल प्रा.लिद्वारा संचालित सवै रेष्टुँरेन्टहरु यथाशीघ्र संचालनमा ल्याउन व्यवस्थापन पक्ष र सम्बन्धित ट्रेड युनियनहरु समक्ष महासंघ हार्दिक आग्रह गर्दछ । त्यसका लागि आवश्यकताका आधारमा मध्यस्थताको भूमिका निर्वाह गर्न महासंघ तयार रहेको विश्वास दिलाउंदै यस कार्यमा आवश्यक सहयोगका लागि नेपाल सरकार समक्ष आग्रह समेत गर्दछ ।

 © Copyright 2005-2014. All Rights Reserved. FNCCI.
Best Viewed in 1024 x 768.