»
Home
»
Introduction
»
Activities
»
»
»
»
International Links
»
Tax Structures
»
Economic Indicators
»
General Information
»
Business Code of Conduct
»
Publications
»
Photo Gallery
»
Secretariat
»
Downloads
»
Membership
»
Keyword
Category















भुकम्प प्रभावित जिल्लाका विद्यालय पुनरनिर्माणका लागि महासंघ र रोटरी बीच सहमती (२०७२/२/१४)


MoU

हालै गएको विनासकारी भुकम्पबाट सवैभन्दा बढी प्रभावित जिल्लाहरुमा भत्किएका विद्यालयहरुको पुनरनिर्माणमा सहकार्य गर्ने उद्देश्यले नेपाल उद्योग वाणिज्य महासंघ र रोटरी इन्टरनेशनल डिष्ट्रीक ३२९२ (Rotary International District 3292) बीच आज महासंघ सचिवालयमा एक सहमतीपत्रमा हस्ताक्षर भयो । सहमतीपत्रमा महासंघका कार्यवाहक अध्यक्ष पशुपति मुरारका र रोटरी इन्टरनेशनल डिष्ट्रीक ३२९२ का तर्फबाट डिष्ट्रीक गभर्नर रविन्द्र पियाले हस्ताक्षर गर्नुभयो ।

सहमतीपत्र हस्ताक्षर कार्यक्रममा महासंघका पूर्व अध्यक्ष एवं विशिष्ट सदस्य कुशकुमार जोशी, उपाध्यक्ष किशोर प्रधान, Rotary International sf Past President कल्याण बेनर्जी, Past Rotary Director वाइपी दास, Rotary Foundation Trustee सुशिल गुप्ता, रोटरीका District Secretary नुगल वैद्य, महासंघ र रोटरीका प्रतिनिधिहरुको उपस्थिति रहेको थियो ।

MoU

सहमती अनुसार नेपाल सरकारका नीति तथा निर्देशन अन्तरगत रही कम लागत र सुहाउंदो प्रविधि प्रयोग मार्फत भुकम्पबाट प्रभावित १४ जिल्लामा प्राथमिक तहका सरकारी विद्यालयहरुको पुननिर्माणमा सहकार्य गर्ने, त्यसका लागि महासंघले भवन निर्माणमा योगदान गर्ने छ भने रोटरीका तर्फबाट त्यस्ता विद्यालयका लागि पानी, शौचालय तथा त्यसमा प्रयोग गरिने वस्तुहरु (Sanitations), कम्पाउण्ड वाल, आवश्यक फर्निचरको व्यवस्था गरिने छ ।

यस परियोजनाका लागि दुवै संस्थाले आआफ्नो संयत्र परिचालन गरि आवश्यक कोष जुटाउने छन् । साथै परियोजनाको समन्वयको भूमिका महासंघका तर्फबाट महासंघका पूर्व अध्यक्ष कुशकुमार जोशी र रोटरीका District Secretary नुगल वैद्यले गर्नुहुने छ ।

MoU

सहमतीपत्र हस्ताक्षर कार्यक्रमलाई संवोधन गर्नुहुंदै महासंघका कार्यवाहक अध्यक्ष मुरारकाले भुकम्प पश्चात महासंघले तत्कालै राहत वितरणको अभियान संचालन गरेको र अव पुनरनिर्माणमा जुट्ने प्रतिवद्धता अनुसार रोटरी इन्टरनेशनलसंग मिलेर प्रभावित जिल्लाहरुका विद्यालयहरुको पुनरनिर्माणमा लागेको बताउनु भयो । विद्यालय पुनरनिर्माणमा महासंघ र रोटरी इन्टरनेशनल बीच भएको सहमती अनुसार अगाडी बढने प्रतिवद्धता समेत जनाउनु भयो ।

महासंघका पूर्व अध्यक्ष जोशीले आर्थिक सहयोग भन्दा पनि यस्ता सामाजिक संस्थाहरुको पुनरनिर्माण गर्न सकिएमा यसबाट राष्ट्रलाई ठूलो सहयोग मिल्ने हुंदा महासंघ र रोटरी सहकार्यमा अगाडी बढेको स्पष्ट पार्नुभयो । यस अभियानलाई सफल पार्न सवैतर्फबाट सहयोग हुने विश्वास समेत उहांले व्यक्त गर्नुभयो ।

रोटरी इन्टरनेशनल डिष्ट्रीक ३२९२ का डिष्ट्रीक गभर्नर रविन्द्र पियाले रोटरी र महासंघको संयुक्त अभियानलाई सफल पार्न आफ्नो संस्थाको तर्फबाट प्रतिवद्धता जनाउंदै यस अभियानबाट लाखौ वालवालिकाको शैक्षिक भविष्य सुनिश्चित गर्न मद्दत पुग्ने विश्वास प्रकट गर्नुभयो । उहांले यस अभियानलाई सफल पार्न रोटरी र महासंघमा आवद्ध सवैबाट ठूलो सहयोगको अपेक्षा गर्नुभयो ।

MoU

महासंघका उपाध्यक्ष किशोर प्रधानले स्वागत मन्तव्य दिनु भएको कार्यक्रममा Rotary International का Past President कल्याण वेनर्जीले नेपालको विपत्तिमा सहयोग गर्ने अभियानमा रोटरी इन्टरनेशनल सहभागी हुन पाएकोमा खुशी प्रकट गर्दै महासंघ र रोटरीको सहकार्यमा अगाडी बढाइने परियोजनालाई सफलरुपमा सम्पन्न गर्न आफ्नो तर्फबाट पूर्ण सहयोग रहने विश्वास दिलाउनु भयो ।

MoU

For MoU copy please visit https://drive.google.com/file/d/0Bzw4ht2tyCwCV3h0bmRXdVZ5NEk/view?usp=sharing

 © Copyright 2005-2014. All Rights Reserved. FNCCI.
Best Viewed in 1024 x 768.