नेपाल उद्योग वाणिज्य महासंघको रोजगारदाता परिषदका उपसभापति मनिषकुमार अग्रवाल, रोजगारदाताको प्रतिनिधिको रुपमा अन्तर्राष्ट्रिय श्रम सम्मेलनको १०४ औं महाअधिवेशनमा भाग लिन जेनेभा जानु भएको छ । उहांले महाअधिवेशनलाई आज सम्वोधन गर्ने कार्यक्रम छ ।
उपसभापति अग्रवालले आफ्नो संवोधन भाषणमा मुलुकको सामाजिक-आर्थिक अवस्था, भूकम्पबाट सिर्जित कठिनाई, आर्थिक वृद्धि, रोजगारी सिर्जना र विश्व अर्थतन्त्रमा छिटो छिटो आउने परिवर्तनबाट व्यवसाय संचालनमा आउने समस्याका बारेमा धारणा राख्नु हुने छ ।