»
Home
»
Introduction
»
Activities
»
»
»
»
International Links
»
Tax Structures
»
Economic Indicators
»
General Information
»
Business Code of Conduct
»
Publications
»
Photo Gallery
»
Secretariat
»
Downloads
»
Membership
»
Keyword
Category















जनकपुर क्षेत्रमा भएको समस्या वार्ताद्वारा समाधान गर्न महासंघको आग्रह (२०७२/२/२९)


जनकपुरमा नेपाल विद्युत प्राधिकरणले लोडसेडिङ्गको तालिका विपरित लामो समयसम्म विद्युत आपूर्ति वन्दका साथै Low Voltage गरी विद्युत आपूर्ति अवरुद्ध गर्ने गरेबाट जनकपुर उद्योग वाणिज्य संघले गर्दै आएको आमरण अनशन प्रति यस महासंघको गम्भीर ध्यानआकर्षित भएको छ । यस किसिमको समस्या प्रति महासंघले धेरै पहिलेदेखिनै नेपाल विद्युत प्राधिकरणको ध्यानआकर्षित गराउंदै आएको हो तर समस्या समाधान हुनुको साटो समस्या झन झन विकराल अवस्थामा पुग्न गएको छ । यसरी लोडसेडिङ्ग तालिका विपरित विद्युत आपूर्ति नहुंदा उद्योग व्यवसाय एवं सर्वसाधारणको जनजीवनमा समेत प्रतिकूल असर पर्न जाने सर्वविदितै छ । कुनै पनि समस्या आपसी छलफल एवं वार्ताद्वारा समाधान हुने महासंघको मान्यता रहेको छ । अत: जनकपुरमा विद्युत आपूर्तिको अनियमितता सम्बन्धी भएको समस्याको समाधान तत्काल वार्ता गरी समस्या समाधानको लागि महासंघ नेपाल सरकारसंग आग्रह गर्दछ ।

 © Copyright 2005-2014. All Rights Reserved. FNCCI.
Best Viewed in 1024 x 768.