»
Home
»
Introduction
»
Activities
»
»
»
»
International Links
»
Tax Structures
»
Economic Indicators
»
General Information
»
Business Code of Conduct
»
Publications
»
Photo Gallery
»
Secretariat
»
Downloads
»
Membership
»
Keyword
Category















१० औं चीन-दक्षिण एशिया व्यावसायिक फोरम बैठक: आपसी आर्थिक सम्बन्ध विस्तारका लागि महासंघ र सीसीपीआइटी बीच सम्झौंता (२०७२/३/२)


मित्रराष्ट्र जनवादी गणतन्त्र चीनको युनान प्रान्तको कुनमिङ शहर (प्गलmष्लन, ऋजष्लब) मा जेठ २९-३० (१२ र १३ जुन २०१५) मा आयोजना भएको १० औं चीन-दक्षिण एशिया व्यावसायिक फोरम बैठक (10th China-South Asia Business Forum) मा भाग लिई महासंघको प्रतिनिधिमण्डल स्वदेश फर्किएको छ ।

दक्षिण एशियाली राष्ट्रहरु र चीन बीच आर्थिक, व्यापारिक, लगानी तथा प्रविधि विस्तारमा सहकार्य गर्ने उद्देश्यले प्रत्येक वर्ष आयोजना हुंदै आएको उक्त बैठकमा नेपाल उद्योग वाणिज्य महासंघका उपाध्यक्ष किशोर प्रधानको नेतृत्वमा महासंघको प्रतिनिधिमण्डलले भाग लिएको थियो ।

बैठक अन्तराष्ट्रिय व्यापार प्रवद्र्धनका लागि चीनियां परिषद (China Council for the Promotion of International Trade-CCPIT), सार्क उद्योग वाणिज्य संघ (SAARC Chamber of Commerce and Industry) र युनान प्रान्तीय जनसरकार (People's Government of Yunnan Province) को संयुक्त प्रायोजनामा भएको हो ।

सोही बैठककै क्रममा महासंघ र अन्तराष्ट्रिय व्यापार प्रवद्र्धनका लागि चीनियां परिषद (China Council for the Promotion of International Trade - CCPIT) बीच व्यापार तथा लगानी विस्तारमा सहकार्य गर्ने उद्देश्यले एक सम्झौतापत्र (Cooperation Agreement) मा हस्ताक्षर समेत भएको छ । सो सम्झौतापत्रमा महासंघको तर्फबाट महासंघका उपाध्यक्ष किशोर प्रधान र अन्तराष्ट्रिय व्यापार प्रवद्र्धनका लागि चीनियां परिषदको तर्फबाट उपाध्यक्ष यु पिङ्ग (Yu Ping, Vice Chairman, CCPIT) ले हस्ताक्षर गर्नु भयो । हस्ताक्षर कार्यक्रममा महासंघका उपाध्यक्ष दिनेश श्रेष्ठ सहित प्रतिनिधिमण्डलको उपस्थिति थियो ।

Agreement

Agreement

उक्त सम्झौतामा चीन दक्षिण एशिया व्यावसायिक परिषदको संरचनामा रही सिल्क रोड इकोनोमिक बेल्ट (Silk Road Economic Belt) र २१ औं शताब्दिको सामुन्द्रिक सिल्क रोडको क्षेत्रमा पारस्परिक व्यावसायिक सम्बन्धलाई सुदृढिकरण गर्न संयोजन गर्ने, वार्षिक द्विपक्षीय बैठकको आयोजना गरी द्विपक्षीय सहकार्यको संयोजन, कार्यान्वयन तथा अनुगमन गर्न विशेष टोलीको व्यवस्था गर्ने, सूचनाको आदान प्रदान गर्ने, व्यावसायिक प्रतिनिधिमण्डलको आदान प्रदान गर्न सहयोग गर्ने, संयुक्त रुपमा द्विपक्षीय बैठक, सेमिनार, कार्यशाला गोष्ठि आदिको आयोजना लगायत अन्तर सरकारी तथा निजी क्षेत्र बीचका संवाद र छलफलको आयोजन गर्न एक अर्कालाई सहयोगमा सहजीकरण गर्ने, व्यावसायिक शीप तथा उद्यमी विकासको लागि तालिमहरुको संयुक्त आयोजना गर्नमा एकअर्कालाई सहयोग गर्ने लगायतका बुंदाहरु समेटिएका छन् ।

मुख्य विषय 'Promote the construction of Silk Road Economic Belt; accelerate the pace of business cooperation' रहेको फोरम बैठकलाई संवोधन गर्नुहुंदै महासंघको प्रतिनिधिमण्डलका नेता एवं उपाध्यक्ष प्रधानले चीन-दक्षिण एशिया बीचको आर्थिक व्यापारिक, लगानीको सम्भाव्यताका ढोका खोल्न सिल्क रोड इकोनोमिक बेल्ट अवधारणा कोशेढुंगा हुने वताउनु भयो ।

Agreement

सिल्क रोड इकोनोमिक बेल्टको एक महत्वपूर्ण खण्ड नेपाल भएको हुंदा नेपालमा ठूलो लगानीको संभाव्यताको लागि ढोका खुल्ने विश्वास प्रकट गर्नुहुंदै उपाध्यक्ष प्रधानले यसबाट सिंगो नेपालनै लाभान्वित हुने विश्वास समेत प्रकट गर्नुभयो । उहांले नेपाली निजी क्षेत्र यसबाट हुने लाभ उठाउनका लागि तयार रहेको धारणा समेत राख्नु भयो । विनासकारी भुकम्प पछि नेपालले ठूलो आर्थिक क्षति भोग्नु परेको अन्तराष्ट्रिय व्यवसायिक नेताहरु समक्ष राख्नु हुंदै उहांले विपतको यस अवस्थामा नेपालमा लगानी गरी सहयोग गर्न आग्रह समेत गर्नुभयो ।

बैठकमा महासंघको उद्योग समितिका सभापति उमेशलाल श्रेष्ठ, व्यापार मेला समितिका सभापति केशवराज पाण्डे, झापा उद्योग संघका अध्यक्ष टिकाराज ढकाल, उद्योग संगठन मोरङका उपाध्यक्ष मुकेश कुमार भट्टराई, महासंघका सहायक निर्देशकद्वय विष्णुराज ढकाल, अरुण कुमार श्रेष्ठ तथा उद्योग संगठन मोरङका कार्यकारि अधिकृत सोमनाथ अधिकारी सहित उद्यमी व्यवसायीहरुको सहभागिता थियो ।

Agreement

भ्रमणकै क्रममा महासंघको प्रतिनिधिमण्डलले सोही स्थानमा आयोजना भएको तेश्रो चीन-दक्षिण एशिया व्यावसायिक सम्मेलन (3rd China-South Asia Exposition) र २३ औं चाइना कुनमिङ आयात निर्यात वस्तु व्यापार मेला (23rd China Kunming Import and Export Commodities Fair) को समेत अवलोकन गरेको थियो । गतवर्ष उक्त मेलामा नेपाललाई कन्ट्रिपार्टनरको रुपमा निम्त्याइएको थियो ।

सार्कका सवै सदस्य देशका उद्योग वाणिज्य संघ/महासंघका पदाधिकारी प्रतिनिधिहरु लगायत उद्यमी व्यवसायीहरुको सहभागिता रहने मेलामा नेपालबाट ९६ वटा स्टल मार्फत नेपाली वस्तुहरुको प्रदर्शनी गरिएको थियो ।

Download : The Cooperation Agreement between CCPIT and FNCCI (Kunming, June 12, 2015)

 © Copyright 2005-2014. All Rights Reserved. FNCCI.
Best Viewed in 1024 x 768.