»
Home
»
Introduction
»
Activities
»
»
»
»
International Links
»
Tax Structures
»
Economic Indicators
»
General Information
»
Business Code of Conduct
»
Publications
»
Photo Gallery
»
Secretariat
»
Downloads
»
Membership
»
Keyword
Category















वागमती अंचल भेलाको वाणिज्य मन्त्रीबाट उद्घाटन : साना व्यवसायको उत्थानका लागि तत्काल राहत प्याकेज ल्याउन निजी क्षेत्रको आग्रह (२०७२/३/११)


नेपाल उद्योग वाणिज्य महासंघको वागमति अंचल भित्रका उद्योग वाणिज्य संघहरुको भेला ललितपुरमा आज सम्पन्न भयो । विनासकारी भुकम्पबाट वागमति अंचल भित्रका उद्योग व्यवसायमा परेको असर सहित प्रभावित अन्य जिल्लाहरुका सम्बन्धमा समेत समिक्षा गरि आगामी रणनीति तय गर्ने उद्देश्यले आयोजना गरिएको भेलाको वाणिज्य तथा आपूर्ति मन्त्री सुनिलबहादुर थापाले उद्घाटन गर्नुभयो ।

Zonal Meet

Zonal Meet

भेलामा वागमति अंचलभित्रका ९ वटा उद्योग वाणिज्य संघहरुको सहभागितामा रहेको थियो । महासंघको सदस्य ललितपुर उद्योग वाणिज्य संघको आतिथ्यतामा भएको भेलालाई संवोधन गर्नुहुंदै प्रमुख अतिथि वाणिज्य मन्त्री थापाले मुलुकभित्र व्यवसाय प्रवद्र्धनमा आफूले सधै निजी क्षेत्रलाई सहयोग गर्ने विश्वास दिलाउनु भयो । निजी क्षेत्रको दरिलो उपस्थितिबाट मात्र दरिलो अर्थतन्त्र निर्माण गर्न सकिन्छ भन्ने आफ्नो मान्यता रहेको धारणा राख्नु हुंदै वाणिज्य मन्त्रीले अर्थतन्त्रको ठूलो हिस्सा ओगटेको निजी क्षेत्रलाई सदैव साथ लिएर कार्य गर्ने विश्वास दिलाउनु भयो ।

वाणिज्य मन्त्रीले भुकम्पपछि निजी क्षेत्रले स्वचालित रुपमा संचालन गरेको राहत वितरण कार्यक्रमको प्रशंसा समेत गर्नुभयो । उहांले भन्नु भयो—महाविपत्तिपछि महासंघको अगुवाईमा निजी क्षेत्रले राहत वितरणमा अवलम्वन गरेको नयां प्रयोगका कारण लाखौं यूवाहरु स्वतस्र्फूत सहयोगमा उत्रिएकाले यसका लागि निजी क्षेत्र वधाईको पात्र भएको छ । सो अवसरमा वाणिज्य मन्त्रीले वागमति अंचलभित्रका उद्योग वाणिज्य संघहरु र यस क्षेत्रको व्यवसाय सम्बन्धी जानकारी दिने एफएनसीसीआइवीटुवी वेभसाइटको अनावरण समेत गर्नुभयो ।

महासंघका पूर्व अध्यक्षहरु महेशलाल प्रधान, विनोद बहादुर श्रेष्ठ, चण्डिराज ढकाल सहभागि रहनु भएको कार्यक्रमलाई संवोधन गर्नुहुंदै महासंघका कार्यवाहक अध्यक्ष पशुपति मुरारकाले भुकम्पले सासाना व्यवसायहरु उठ्नै नसक्ने गरि क्षति भएको भन्दै साना व्यवसायीहरुको उत्थानका लागि तत्काल राहत प्याकेज घोषणा गर्न सरकार समक्ष आग्रह गर्नुभयो । उहांले यस अघि उद्योग वाणिज्य संघहरुलाई दिइएको व्यवसाय दर्ता शिफारिसको सुविधा खोसिएको प्रति गुनासो गर्दै तत्काल उक्त सुविधा उद्योग वाणिज्य संघहरुलाईनै दिन वाणिज्य मन्त्री समक्ष आग्रह गर्नुभयो । व्यवसाय दर्ता तथा नविकरणका क्रममा शिफारिस गर्दा उद्योग वाणिज्य संघहरुले जिल्ला भित्रका उद्योग व्यवसायका विषयमा तथ्यांक समेत अद्यावधिक गर्दै आएकामा सरकारले उक्त सुविधा हटाएपछि विपतको अहिलेको अवस्थामा तथ्यांक संकलनमा समस्या भएको वताउनु भयो ।

महासंघका उपाध्यक्ष किशोर प्रधानले भुकम्पपछिको पुनरनिर्माणमा महासंघले शिक्षा तथा स्वास्थ्यमा काम गर्ने योजना अनुसार अगाडी बढेको बताउनु भयो । उहांले पुनरनिर्माणमा निजी क्षेत्रलाई संगै लैजान पनि सरकारलाई आग्रह गर्नुभयो ।

महासंघको वागमति अंचलप्रति मनिषलाल प्रधानले स्वागत मन्तव्य दिनु भएको कार्यक्रमको उद्घाटन सत्रमा नेपाल चेम्वर अफ कमर्सका अध्यक्ष राजेशकाजी श्रेष्ठ र ललितपुर उद्योग वाणिज्य सघका अध्यक्ष अजरमान जोशी, महासचिव सविन श्रेष्ठले शुभकामना मन्तव्य दिनु भएको थियो ।

 © Copyright 2005-2014. All Rights Reserved. FNCCI.
Best Viewed in 1024 x 768.