भुकम्पग्रस्त १४ जिल्लामा भत्एिका सरकारी प्राथमिक विद्यालयको पुनर्निर्माणमा सहकार्य गर्ने उद्देश्यका लागि नेपाल उद्योग वाणिज्य महासंघ, शिक्षा मन्त्रालय/शिक्षा विभाग र रोटरी इन्टरनेशनल ३२९२ बीच आज शिक्षा मन्त्रालयमा एक सहमतीपत्रमा हस्ताक्षर भयो ।
शिक्षा मन्त्री चित्रलेखा यादवको समुपस्थितिमा सम्पन्न सो सहमतीपत्रमा महासंघका तर्फबाट कार्यवाहक अध्यक्ष पशुपति मुरारका, शिक्षा विभागका महानिर्देशक डा. डिल्लीराम रिमाल र रोटरीका डिष्ट्रिक गर्भनर रविन्द्र पियाले हस्ताक्षर गर्नुभयो ।
सहमतीपत्र हस्ताक्षर कार्यक्रममा शिक्षा मन्त्रालयका सचिव विश्व प्रकाश पंडित, महासंघका पूर्व अध्यक्ष कुशकुमार जोशी, उपाध्यक्षद्वय किशोर कुमार प्रधान र दिनेश श्रेष्ठ, रोटरी इन्टरनेशनल ३२९२ का वर्तमान तथा पूर्व पदाधिकारीहरु, मंत्रालयका वरिष्ठ अधिकृतहरुको उपस्थिति थियो ।
सहमती पत्रको लागि https://drive.google.com/file/d/0Bzw4ht2tyCwCdXV6TEstd0g3QTg/view?