नेपाल उद्योग वाणिज्य महासंघको विशेष साधारण सभाबाट महासंघको रिक्त अध्यक्ष पदमा पशुपति मुरारका सर्वसम्मत रुपमा निर्वाचित हुनु भएको छ । महासंघको आज काठमाडौंमा सम्पन्न विशेष साधारण सभाबाट उहां सो पदमा निर्वाचित हुनु भएको हो ।
नेपाल उद्योग वाणिज्य महासंघमा विक्रम सम्वत २०६०-६२ मा कार्यकारिणी समिति सदस्यबाट प्रवेश गर्नुभएका नवनिर्वाचित अध्यक्ष मुरारका विक्रम सम्बत २०६२-६४ मा महासंघको आयकर तथा मुल्यअभिवृद्धि कर समितिका सह-सभापति, विक्रम सम्बत २०६४-६७ मा बैंक वित्त तथा विमा समितिको सभापति, विक्रम सम्बत २०६७-७० मा महासंघको उपाध्यक्ष, २०७१ फागुनसम्म महासंघको वरिष्ठ उपाध्यक्ष, चैत्र २०७१ देखि २०७२ असार १७ गतेसम्म कार्यवाहक अध्यक्ष हुंदै असार १८ गतेदेखि महासंघको अध्यक्षमा निर्विरोध निर्वाचित हुनु भएको हो ।
सिरहाको लहानमा जन्मनु भएका नवनिर्वाचित अध्यक्ष मुरारका वाणिज्य शास्त्रमा स्नातक हुनुहुन्छ । नेपालका प्रतिष्ठित औद्योगिक समूह मुरारका अर्गनाइजेशनका संचालक समेत रहनु भएका मुरारकाको नेपालमा खानीजन्य उद्योग, रड, पेन्ट्स, जलविद्युत लगायतका क्षेत्रमा लगानी रहेको छ । उहां महासंघका पूर्व उपाध्यक्ष स्वर्गिय आत्माराम मुरारकाका सुपुत्र हुनुहुन्छ । उहांलाई महासंघको अध्यक्षमा लहान उद्योग वाणिज्य संघले मनोनयन गरि पठाएको हो ।
निर्वाचन प्रक्रिय सकिए लगत्तै प्रमुख निर्वाचन अधिकृत गोविन्ददेव पाण्डेले उहां अध्यक्षमा सर्वसम्मत निर्वाचित हुनु भएको घोषणा गर्दै अध्यक्षको प्रमाणपत्र प्रदान गर्नुभयो । तत्पश्चात उहांलाई निवर्तमान अध्यक्ष सुरज वैद्यले अध्यक्ष पदको सपथ ग्रहण गराउंदै महासंघको अध्यक्षको पिन लगाई दिनु भयो । साथै नवनिर्वाचित अध्यक्ष महासंघ सचिवालयमा जानुभई अध्यक्षको पदवहाली समेत गर्नुभयो । सो अवसरमा नवनिर्वाचित अध्यक्षलाई महासंघका महानिर्देशक धरिणीधर खतिवडासहति वरिष्ठ कर्मचारीहरुले स्वागत समेत गर्नुभयो ।
आफू निर्वाचित भएको लगत्तै सभालाई संवोधन गर्नुहुंदै नवनिर्वाचित अध्यक्ष मुरारकाले महासंघलाई एकतावद्ध वनाएर निजी क्षेत्रका मुद्दाहरुलाई सशक्त रुपमा उठाउने दृढता व्यक्त गर्नुभयो । उहांले अव महासंघ एकढिक्का भएर अगाडी बढ्ने धारणा राख्नु हुंदै र मुलुकको आर्थिक विकासमा लाग्ने प्रतिवद्धता जनाउनु भयो ।
अध्यक्षको प्रतिस्पर्धामा रहनु भएका भवानी राणा र भाष्करराज राजकर्णिकारले सर्वसम्मतीको वातावरण निर्माण गर्न पुऱ्याउने भएको सहयोग एवं योगदानका लागि नवनिर्वाचित अध्यक्षले विशेष धन्यवाद समेत दिनु भयो । उहांहरुको साथ र सहयोग आफूले निरन्तर पाइरहने विश्वास समेत प्रकट गर्नुभयो ।
आजै महासंघमा वसेको कार्यकारिणी समितिको वैठकले महासंघमा रिक्त वरिष्ठ उपाध्यक्षमा महासंघको कार्यकारिणी समितिका सदस्य भवानी राणालाई निर्विरोध निर्वाचित गरेको छ । निर्वाचन प्रक्रिय सकिए लगत्तै प्रमुख निर्वाचन अधिकृत धरणीधर खतिवडाले उहां अध्यक्षमा सर्वसम्मत निर्वाचित हुनु भएको घोषणा गर्दै वरिष्ठ उपाध्यक्षको प्रमाणपत्र प्रदान गर्नुभयो । सोही समारोहमा महासंघका नवनिर्वाचित अध्यक्ष मुरारकाले नवनिर्वाचित वरिष्ठ उपाध्यक्ष राणालाई पद तथा गोपनियताको सपथग्रहण गराउनु भयो । निर्वाचित भए लगत्तै संवोधन गर्नुहुंदै वरिष्ठ उपाध्यक्ष राणाले आफू महासंघको निरन्तर प्रगतिमा लाग्ने विश्वास दिलाउंदै आफूले सवैको सहयोग पाउने वताउनु भयो ।
महासंघको विशेष साधारण सभाको समुद्घाटन समारोहमा सम्माननीय प्रधानमन्त्रीले शुभकामना सन्देश पठाउनु भई विशेष साधारण सभाको सफलताको कामना गर्नुभयो ।
आजै विहान काठमाडौंमा आयोजना महासंघको विशेष साधारण सभाको उपप्रधानमन्त्री प्रकाशमान सिंहले एक विशेष समारोहका बीच समुद्घाटन गर्नुभयो । सो समारोहलाई संवोधन गर्नुहुंदै प्रमुख अतिथि उपप्रधानमन्त्री सिंहले निजी क्षेत्रको छाता संस्था महासंघले मुलुकको आर्थिक विकासमा खेलेको भूमिकाप्रति आफू उत्साहित भएको वताउनु भयो । महासंघले भुकम्पका वखत गरेको सहयोग उदाहरणीय रहेको पनि उहांले वताउनु भयो । उप्रधानमन्त्री सिंहले महासंघ भित्र नेतृत्व छनौटमा भएको सहमती राजनीतिक दलहरुका लागि समेत अनुकरणीय रहेको धारणा राख्नु भयो । निजी क्षेत्रले नयां संविधानका लागि दिएका सुझावहरुलाई नयां संविधानमा समावेश गर्न आफूले भूमिका निर्वाह गर्ने विश्वास दिलाउनु भयो ।
वाणिज्य तथा आफूर्ति मन्त्री सुनिलबहादुर थापाको समेत उपस्थिति रहेको विशेष साधारण सभाको समुद्घाटन समारोहमा महासंघका कार्यवाहक अध्यक्षले स्वागत मन्तव्य व्यक्त गर्नुहुंदै मुलुकभित्र राजनीतिक दल बीच भएको सहमतीले सिंगो निजी क्षेत्र उत्साहित भएको र समयमै संविधान निर्माण कार्यसम्पन्न भई मुलुक अव समृद्धिको वाटोमा जाने विश्वास प्रकट गर्नूभयो ।
कार्यक्रमको अन्त्यमा धन्यवाद मन्तव्य दिनु हुंदै महासंघका उपाध्यक्ष किशोर प्रधानले महाभूकम्प पश्चात् सबैको ध्यान पुनरनिर्माण तर्फ केन्द्रित भएको वताउनु हुंदै उपाध्यक्ष प्रधानले भूकम्प प्रभावित क्षेत्रमा गरिने पुनर्निर्माणलाई उत्पादन मूलक र रोजगारी मूलक कार्य तर्फ एकिकृत गरिनु पर्ने सुझाव राख्नु भयो ।
उपाध्यक्ष प्रधानले संविधान निर्माण र राजनीतिक स्थायित्वका लागि राजनीतिक दलहरुको सहमति र सहकार्यले आम नेपाली जनताको भावना र चाहना अनुरुप संविधान निर्माण हुन लागेको शुभ संकेतले नीजि क्षेत्र अत्यन्त उत्साहित भएको वताउनु भयो । नयां संविधानमा निजी क्षेत्रका सुझाव र भावनालाई समेट्न आग्रह समेत गर्नुभयो । साथै उहांले निजी क्षेत्रको सहभागितामा अव पुनरनिर्माणको कार्य तत्काल प्रारम्भ गर्नुपर्ने वताउनु हुंदै पुनरनिर्माणको अभियानमा प्रारम्भदेखिनै निजी क्षेत्रलाई सहभागी बनाएर लैजान जोड दिनु भयो ।
समुद्घाटन समारोहमा महासंघका कार्यवाहक अध्यक्ष मुरारकाले महासंघका पूर्व अध्यक्ष चण्डिराज ढकाललाई पूर्व अध्यक्षको पिन लगाई सम्मान गर्नु भयो ।
समारोहमा सभासद्हरु, राजनीतिक दलका नेताहरु, संवैधानिक अंगका प्रमुखहरु, राजदुत एवं कुटनीतिक नियोगका प्रमुखहरु, नेपाल सरकारका सचिवहरु, महासंघका निवर्तमान अध्यक्ष एवं पूर्व अध्यक्षहरु, उपाध्यक्षहरु, प्रवुद्ध उद्यमी व्यवसायीहरु, संचारकर्मीहरुको सहभागिता थियो ।
सम्माननीय प्रधानमन्त्रीज्यूको सन्देश
कार्यवाहक अध्यक्ष श्री पशुपति मुरारकाबाट दिनु भएको स्वागत भाषण
विशेष साधारण सभाको फोटो