»
Home
»
Introduction
»
Activities
»
»
»
»
International Links
»
Tax Structures
»
Economic Indicators
»
General Information
»
Business Code of Conduct
»
Publications
»
Photo Gallery
»
Secretariat
»
Downloads
»
Membership
»
Keyword
Category















महासंघद्वारा अर्थमन्त्री समक्ष आगामी वजेटका लागि सुझाव पेश (२०७२/३/२१)


नेपाल उद्योग वाणिज्य महासंघद्वारा आगामी आर्थिक वर्ष २०७२-७३ को वार्षिक वजेटमा समेटिनु पर्ने निजी क्षेत्रका सुझावहरु अर्थमन्त्री डा. रामशरण महत समक्ष आज प्रस्तुत गरियो ।

अर्थ मन्त्रालयका सचिवद्वय सुमन प्रसाद शर्मा र नवराज भण्डारी, महासंघका अध्यक्ष पशुपति मुरारका, विशिष्ट सदस्य एवं पूर्व अध्यक्ष चण्डिराज ढकाल, उपाध्यक्षहरु किशोर प्रधान, दिनेश श्रेष्ठ र शेखर गोल्छा, कार्यकारिणी समितिका सदस्यहरु, महासंघका सदस्य संघ संस्थाका पदाधिकारीहरु र अर्थमन्त्रालय र सो मंत्रालय अन्तरगतका विभागिय प्रमुखहरुको सहभागितामा आज अर्थ मन्त्रालयमा महासंघको कर तथा राजश्व समितिका सभापति शौरभ ज्योतिले सो सुझाव प्रस्तुत गर्नु भयो । सभापति ज्योतिले प्रस्तुत गर्नुभएको सुझाव यसैसाथ संलग्न छ ।

PreBudget2072

सो अवसरमा महासंघका अध्यक्ष मुरारकाले आगामी आर्थिक वर्षको वजेटमा महासंघका तर्फबाट पेश भएका सुझावहरु समेटिनेमा आफू आशावादी रहेको बताउनु भयो । वैशाख १२ पछि उद्योग व्यवसाय संचालनमा निकै कठिनाई भएकाले उद्योगहरु पूर्ण क्षमतामा संचालन हुने वातावरणका लागि करका दर नबढाउन आग्रह गर्नुभयो ।

PreBudget2072

अध्यक्ष मुरारकाले हालसम्म सबै नागरिकको सम्पत्तिको अभिलेख गर्ने व्यवस्था नभएकोले एकपटकका लागि निश्चित मिति तोकि सम्पत्ति तथा आम्दानीको शुन्यदरमा सम्पत्ति अभिलेखीकरण गर्न पाउनु पर्ने सुझाव दिनु भयो । उहांले २०५४ सालमा कायम गरिएको भ्याटको थ्रेसहोल्डलाई यस अवधिमा भएको मुद्रास्फितिलाई समेत विचार गरि सीमा रु १ करोड बनाउनु पर्ने सुझाव दिनु भयो । उहांले ऐन कानूनको प्रभावकारी कार्यान्वयनमा समेत जोडदिनु भयो ।

निजी क्षेत्रका धारणा तथा सुझावलाई संवोधन गर्नुहुंदै अर्थमन्त्री डा. महतले निजी क्षेत्रका तर्फबाट नीतिगत र ओपरेशनल दुवै प्रकारका सुझावहरु आएकाले तीनको राम्रो विश्लेषण गरि वजेटमा समावेश गरिने विश्वास दिलाउंदै यो अवस्थामा निजी क्षेत्रका सुझावहरु महत्वपूर्ण हुने बताउनु भयो ।

PreBudget2072

उद्योग धन्दा वृद्धि गर्नका लागि सरकारले व्यवसायिक समूदायलाई सहजीकरण गर्ने हो, उद्योग व्यवसाय र आर्थिक गतिविधिहरु वृद्धि भएपछि राष्ट्र आर्थिक प्रगतिको वाटोमा जाने भन्दै अर्थमन्त्रीले त्यसमा सरकारले निजी क्षेत्रका सुझाव अनुसारनै अगाडी बढ्ने विश्वास दिलाउनु भयो ।

उद्योग व्यवसाय बढेपछिनै राज्यको ढुकुटी बढ्ने र त्यसबाट सरकारको खर्च पनि बढ्ने भन्दै अर्थमन्त्रीले सरकार र निजी क्षेत्र बीचको अन्तर सम्बन्धलाई अझ वलियो वनाउनु पर्नेमा जोड दिनु भयो । उहांले मुलुकभित्र औद्योगिक एवं व्यवसायिक वातावरण वनाउन सरकार प्रतिवद्ध रहेको पनि वताउनु भयो ।

भुकम्पपछि नेपालका सम्बन्धमा अनेकन चर्चा परिचर्चा भईरहंदा नेपाल सुरक्षित स्थान र सुरक्षित गन्तव्य हो भन्ने संदेश राष्ट्रिय अन्तराष्ट्रिरुपमा दिननै सरकारले निकै कम समयमै नेपालमा दाता सम्मेलन आयोजना गरेको स्पष्ट पार्दै त्यसलाई सफल पार्न निजी क्षेत्रबाट पाएको सहयोगको प्रशंसा गर्नुभयो । सम्मेलनले नेपालमा उद्योग, व्यवसाय, पर्यटन उद्योगलाई “रिभाइभ” गर्न ठूलो सहयोग गरेको पनि वताउनु भयो ।

अर्थमन्त्रीले स्वदेशी उद्योगधन्दा र उत्पादन प्रतिस्पर्धी हुनुपर्नेमा जोड समेत दिनु भयो । १५ प्रतिशतसम्म महंगो भएपनि स्वदेशी वस्तुनै खरिद गर्ने सरकारको नीति रहेको भन्दै यतिधेरै मार्जिनदिंदा पनि प्रतिस्पर्धी हुन नसके व्यवसाय फस्टाउन नसक्ने बताउनु भयो । भ्याट थ्रेस होल्ड बढाउने सम्बन्धमा छलफल भैरहेको भन्दै अर्थमन्त्रीले यसलाई कसरी व्यवस्थित गर्ने त्यसमा निजी क्षेत्रबाट ठोस सुझावको अपेक्षा गरेको बताउनु भयो ।

Presentation : https://drive.google.com/file/d/0Bzw4ht2tyCwCN1Vhd1FsYktJX2M/view?usp=sharing

Suggestion : https://drive.google.com/file/d/0Bzw4ht2tyCwCNjkzeC05NXZsLXc/view?usp=sharing

 © Copyright 2005-2014. All Rights Reserved. FNCCI.
Best Viewed in 1024 x 768.