भारतस्थित नेपाली राजदुतावासको आयोजना र भारतीय उद्योग वाणिज्य महासंघ (Federation of Indian Chambers of Commerce and Industry-FICCI) को सहआयोजनामा असार २४ गते भारतको मुम्वईमा आयोजना हुने नेपालको पुनरनिर्माण, नेपालमा व्यापार तथा लगानीका अवसरहरु (REBUILD NEPAL: Trade and Investment Opportunities in Nepal) विषयक कार्यक्रममा भागलिन नेपाल उद्योग वाणिज्य महासंघका उपाध्यक्ष शेखर गोल्छाको नेतृत्वमा महासंघको तीन सदस्यीय प्रतिनिधिमण्डल आज त्यसतर्फ प्रस्थान गर्यो ।
प्रतिनिधिमण्डलमा महासंघको उर्जा समितिका सभापति ज्ञानेन्द्रलाल प्रधान र महानिर्देशक धरणीधर खतिवडा सहभागी रहनु भएको छ ।
नेपाल र भारतका सरकारी र निजी क्षेत्रको सहभागिता रहने उक्त कार्यक्रममा भारतका लागि नेपाली राजदुत दिपकुमार उपाध्याय, महासंघका उपाध्यक्ष गोल्छा, नेपाल पर्यटन वोर्डका उज्ज्वला दली, नेपाल लगानी वोर्डका प्रमुख कार्यकारि राधेश पन्त,नेपाल राष्ट्र बैंकका डेपुटी गर्भनर गोपाल प्रसाद काफ्ले, नेपाली राजदुतावासका मिनिष्टर–इकोनोमिक ढुण्डीराज पोखरेल, महाराष्ट्र सरकारका उच्च अधिकारी र भारतीय उद्योग वाणिज्य महासंघका पदाधिकारी सहितले संवोधन गर्ने कार्यक्रम छ ।
नेपाली तथा भारतीय उद्यमीहरुको सहभागिता रहने सो कार्यक्रममा महासंघका उपाध्यक्ष गोल्छाले नेपालको पुनरनिर्माण: लगानीको अवसरहरु विषयमा नेपाली निजी क्षेत्रका तर्फबाट विस्तृत कार्यपत्र प्रस्तुत गर्नुहुने छ ।
वैशाख १२ र २९ गते गएको विनासकारी भुकम्पबाट नेपाली अर्थतन्त्रले ठूलो क्षति भोग्नु परेको वेला नेपाली दुतावासको पहलमा हुने सो कार्यक्रम नेपालमा भारतीय लगानी तथा प्रविधि आकर्षणमा कोशेढुंगा हुने विश्वास महासंघको छ ।