संविधानको मस्यौदा माथि राय सुझावका लागि नेउवामहासंघको अनुरोध (२०७२/४/३)
संविधानको प्रारम्भिक मस्यौदा माथि नेपाली जनताको सल्लाह, सुझाव संकलन गर्ने उद्देश्यले नेपाल सरकारले यही साउन ४ र ५ गते दुई दिन सार्वजनिक विदा दिने निर्णय गरेको सन्दर्भमा सुझाव संकलनका लागि आयोजना हुने कार्यक्रमहरुमा सवै क्षेत्र र वर्गबाट बढी से बढी जनसहभागिता होस भन्नका लागि दुई दिन मध्ये कुनै एक दिन आफ्नो अनुकुलता हेरि उद्योग/प्रतिष्ठानमा विदा दिने व्यवस्था मिलाई संविधानको मस्यौदामा उद्योगी व्यवसायी एवं कामदार कर्मचारीहरुका तर्फबाट सल्लाह, सुझाव दिई संविधान निर्माणको ऐतिहासिक कार्यमा सहयोग एवं योगदान पुर्याउन सम्बन्धित सवैसंग महासंघ हार्दिक अनुरोध गर्दछ ।